“अपाङ्गता समाबेशी विकासका लागि अबको बाटो”अन्तरक्रिया कार्यक्रम तथा गाउँपालिका स्तरीय अपाङ्ग सन्जाल गठन

Feb 27, 2021

“अपाङ्गता समाबेशी विकासका लागि अबको बाटो” बिषयमा शुक्रबार उत्तरगया गाउँपालिकामा छलफल भएको थियो । कार्यक्रममा गाउँपालिकाको उपप्रमुख चमेली गुरुङको अध्याक्षतामा रहेको कार्यक्रममा विभिन्न प्रकारका अपङ्गाता भएका ब्यक्तिहरु उत्तरगया गाउँपालिका वडा नं १ देखि ५ सम्मको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी अपाङ्गता भएका ब्यक्तिहरुले आफनो गुनासो राख्नुभएको थियो । अहिले स्थानिय तह आएपछि वडा स्तरीय कार्यक्रममा समावेसी नभएको लक्षित बर्गको रकममा अर्थपुर्ण सहभगिता नभएको स्वास्थ्य बिमामा अपङ्गाता भएको ब्याक्तिलाई निशुल्क ब्यबस्था मिलाउनको लागि आग्रह गाउँँपालिकामा दोभासे ब्यक्तिको ब्यबस्थापन मिलाउनको लागि आग्रह गर्नुभएको थियो ।


गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत अर्जुन ब.खडकाले यस बर्ष पनि परिचय पत्र बितरण चाडै संचालन गर्ने र स्वास्थ्य बिमाको कार्यपालिकामा छलफलको बिषय बनाउने ब्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा उत्तरगया गाउँपालिकाको वडा अध्यक्ष ,गाउँसभाको सदस्य , रसुवा अपाङ्ग पुनस्र्थापन केन्द्रका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो । उत्तरगया गाउँपालिकामा रसुवा अपाङगता पुनस्र्थापना केन्द्र नेपालको मातहतमा रहने गरी पालिका स्तरीय अपाङग सन्जाल गठन भएको छ । अध्यक्षमा पुर्ण बहादुर घले,उपाध्यक्ष निर्मला अधिकारी, सचिब महिला तथा बालबालिका शाखा उत्तरगया गाउँपालिकाको प्रमुख बिनिता कार्की, कोषाध्यक्ष सुबिना गुरुङ,सदस्य रितमान वाईबा सहित नौ सदस्य कोष समिती गठन भएको थियो । उक्त कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजनामा भएको थियो भने समन्वय सहकार्य उत्तरगया गाउँपालिका रसुवा , अपाङ्ग पुनस्र्थापना केन्द्र र सिडस नेपालले गरेको थियो ।