अभावमा सिद्ध बहिरा स्कुल

जगतदल जनाला विक
सुर्खेत, १२ भदौ ।

बोल्न र सुन्न नसक्ने शारिरीक अपाङ्गता भएका व्यक्तिहरुलाई शिक्षा दिने उद्देश्यले २०३७ सालमा स्थापना भएको सिद्ध बहिरा बाल विद्याय अभावै–अभावमा चलेको छ । स्कुलमा पुराना भवन छन् ति भवन पनि बिच–बिचमा फुटेका छन् । ९ कोठा जिर्ण भवनहरु छन् त्यही एउटा सानो कोठामा अफिस पनि छ । त्यही भवनमै कक्षा सञ्चालन भएका छन् । वर्षामा पानी पर्दा सबै कक्षाहरु पानीले चुहिन्छन् र गर्मीमा सिधै सुयको प्रकाश कक्षा कोठा भित्रै पर्छ । भवन, शैक्षिक सामाग्री, शिक्षक र स्रोतसाधनको अभावमा स्कुल चलेको छ । कक्षा १० सम्म सञ्चालन भएको स्कुलमा शिक्षक र भवनको अभाव भएपछि कक्षा आठमा झरेको छ । स्कुलको भवन र सौचालय जिर्ण छन् । बोल्न नसक्ने र कान नसुन्ने शारिरीक अपाङ्गता भएका व्यक्तिहरुका लागि अध्ययन गर्ने एकमात्र स्कुलका रुपमा सिद्ध बहिरा स्कुललाई लिन सकिन्छ । सुर्खेतकै बड्डीचौर, मालारानी, गुमी र वीरेन्द्रनगरको गरी ४ वटा स्कुलहरु मर्ज भएपछि सिद्ध बहिरा बाल विद्यालय पनि राम्रै चलेको थियो । उचित स्रोत साधन र अप्रयाप्त दरबन्दीका कारण विद्यालयको स्थिती गुज्रेको प्रध्यानाध्यापक चन्द्रबहादुर कार्कीले बताए । ‘अहिले कक्षा आठ सम्म सञ्चालन गरेका छौं जम्मा ८७ जना विद्यार्थी मात्र छन् ।’ कार्कीले भने,’ ६ जना दरबन्दी भएको स्कुलमा ४ जना मात्र शिक्षक छन् ।
प्राथमिक स्तरमा १ जना, निम्न माध्यामिक तहमा ४ र माध्यामिक तहमा १ जना गरी ६ जनाको दरबन्दी थियो । विशेष शिक्षा मार्फत सञ्चालन भएको स्कुलमा बहिरा विद्यार्थीलाई पढाउने शैक्षिक सामाग्रीहरु नहुँदा गुणस्तरीय शिक्षा दिन नसकेको अंग्रेजी शिक्षक रमेशकुमार कार्कीले बताए । ‘चार वर्ष यहि स्कुलमा अंग्रेजी पढाई रहेको छुँ तर शैक्षिक सामाग्री नभएपछि पढाउँदा समस्या भएको छ ।’ शिक्षक कार्कीले भने, अंग्रेजी पढाउँदा नेपालीमा ट्रान्सलेट गरी फेरी सांकेतिक रुपमा बुझाउँदा सिक्न गाह«ो भएको छ । कतिपय सांकेतिक गरेर नबुझिने शब्दहरु पनि हुन्छन् ।
विशेष शिक्षा अन्तरर्गत शिक्षा मन्त्रालय द्धारा केहि सहयोग भएपनि पुर्णरुपमा विद्यायलाई सहयोग नभएको प्रध्यानाध्यापक चन्द्रबहादुर कार्कीले गुनासो गरे । ‘वीरेन्द्रनगर नगरपालिकाले स्कुलमा पर्खालका लागि ५० लाख दिएको थियो । हामीले वरीपरी पर्खाल लगायौं ।’ उनले भने, राम्रो काम गरेकौ भन्दै नगरपालिकाले पुरस्कार दिएको थियो । अन्य स्कुलका शिक्षक सरह आफुहरुको सेवासुविधा नभएको अंग्रेजी शिक्षक कार्कीले बताए । ‘अरु विद्यालयमा पढाउने शिक्षकहरु भन्दा तलब कम हुन्छ, मेहनत बढी हुन्छ ।’ उनले भने, कान नसुन्ने विद्यार्थीलाई साउण्ड सिस्टम नहुँदा एउटै पाठलाई धेरै पटक सिकाउनुपर्ने हुन्छ ।
आवास सहितको सुविधा भएको स्कुलमा पानीको व्यवस्था नभएपछि होस्टेलमा बस्ने विद्यार्थीहरु बाहिर पसलबाट किन्नेर पिउने गरेका छन् । पहिलो चरणमा उनीहरुलाई सिकाउन मुस्किल भएपनि बिस्तारै अरु विद्यार्थी सरह सिकाईमा सफल हुने गरेको विद्यालयले जनाएको छ । स्थानीयतहले बहिरा, स्रोतकक्षा जस्ता विशेष शिक्षा अन्तरर्गतका स्कुलहरुका लागि केहि योजना ल्याउन नसकेको विद्यालयको गुनासो छ । #education