सम्झौता अनुसार काम नगर्दा कारबाही

Oct 6, 2020

केशर पुन मगर
असोज २०, रुकुम पश्चिम

रुकुम पश्चिमको चौरजहारी नगरपालिकभित्रका बिकास निमार्ण कामको बिषयमा आज स्थलगत अनुगमन गरिएको छ । असोज ८ गते बिहिबार चौरजहारी नगरपालिका र एच.बी. इन्जिनियरिङ्ग एण्ड कन्स्ट्रक्सन प्रा.ली. काठमाण्डौ विच असोज १५ गतेसम्म कार्यसम्पादन गर्नेगरी सम्झौता भएको हो । सो सम्झौतामा १६ गते तिनदिन म्याद थप भएको नगरपालिकाले जनाएको छ ।


                                                          (स्थलगत अनुगमन : फोटो)

अनुगमनमा चिप्लेटि—नार्जि—खोलागाँउ—सिलिङ्गी हुँदै भुरुङ्गखोलाँसम्मको सडक खण्डमा गरिएको मर्मत संभार प्राविधिक स्टिमेट अनुसार सुरुमा ट्रयाक ओपनिङ्ग गर्दा जुन चौडाई र बाटोको तह कायम हुनुपर्ने थियो त्यो नभएको अनुगमन टोलीले बताएको छ । अनुगमन टोलीका अनुसार अधिकांश पहिरो नहटाएको, खाल्डा खुल्डी नपुरेका, जिम्मेवारपूर्ण तरिकाले काम नगरेको सम्झौता अवधीमा अधिकांस सडकहरुमा काम नगरेको, काम गरेका सडकमा प्राबिधिक स्टिमेट अनुसार नभएको पाएको छ ।
नगरपालिका संगको सम्झौता अनुसार एच.बी. इन्जिनियरिङ्ग एण्ड कन्स्ट्रक्सन प्रा.ली. काठमाण्डौले कार्यसम्पन्न नगरेको देखिएकाले सार्वजनिक खरिद ऐन अनुसार कारबाही अगाडि बढाउने लगाएतका निर्णय अनुगमन टोलिले गरेको छ ।


                                    (स्थलगत अनुगमन : फोटो)

आजको स्थलगत अनुगमनमा राष्ट्रिय सभा सदस्य ठकेन्द्र प्रकाश पुरी, जिल्ला समन्वय प्रमुख राजकुमार शर्मा, नगर प्रमुख विशाल शर्मा, प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरे, नगर उप प्रमुख राधा रोका, शान्तिराज प्रसाई समन्वय अधिकारी, ठक बहादुर के.सी जिल्ला प्रहरी प्रमुख, राम बहादुर के.सी प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष महेश स्वर्णकार, यज्ञ बहादुर कार्कि ईन्जिनियर चौरजहारी नगरपालिका, घनश्याम शर्मा ईन्जिनियर जिल्ला समन्वय समिति, पत्रकार गोपाल रेग्मी लगाएतको उपस्थिति रहेको थियो ।

                                                       (स्थलगत अनुगमन : फोटो)