सुरु भयो स्थानिय तहको सुशासनको स्थितिलाई अंकमा मापन गर्ने कार्य

Feb 5, 2018

गुल्मी जिल्लामा स्थानिय तहको सुशासनको स्थितिलाई अंकमा मापन गर्ने काम सुरु भएको छ । सुशासनको स्थितिलाई अंकमा मापन गर्ने कार्य पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत एकिकृत ग्रामीण विकास समाज गुल्मीले सुरु गरेको हो । सो संस्थाले सुशासन मापन विधि (Good governance Barometer) अन्तर्गत सुशासनको अवस्थालाई अंकमा मापन गर्दैछ ।

जिल्लाको गुल्मीदरबार गाउँपालिका वडा नम्बर-२ जुभुङ र छत्रकोट गाउँपालिका वडा नम्बर-३ हर्दिनेटामा नमुनाको रुपमा उक्त सामाजिक जवाफदेहिताको नयाँ औजारको प्रयोग गरि शिक्षा र कृषि क्षेत्रको सुशासनको अवस्था मुल्यांकन गर्न थालिएको परियोजनाका गुल्मी संयोजक हिरा कुवँरले बताउनुभयो । यस बिधिमा सेवाप्रदायक र सेवग्राहीबिचका ६ वटा गोष्ठी सम्पन्न गरि आवश्यक सुधारका लागि कार्ययोजना तयार गरिन्छ । यसैबिच सुशासन मापन विधिकै निम्ति गुल्मीदरबार गाउँपालिका-२ जुभुङमा तेस्रो कार्यशाला गोष्ठी समेत सम्पन्न भइसकेको छ ।

हालै सम्पन्न तेश्रो गोष्ठीमा गुणस्तरीय शिक्षा र विद्यालयको भौतिक अवस्थामा सुधारका लागि बिभिन्न सुचकहरुको छ्लफल गरि न्युनतम र अधिकतम अङ्क तय गरियो । कार्यक्रममा संस्थाका अध्यक्ष हिरा अर्याल, कार्यकारी निर्देशक गणेश श्रीपाली लगायतको सहभागिता रहेको थियो । कार्यक्रम वडाध्यक्ष हरिहर गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो । एकिकृत ग्रामीण विकास समाज संस्थाले पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत गुल्मी र अर्घाखाँचीमा सुशासनको क्षेत्रमा काम गर्दै आएको छ ।

Member Comment