भ्रष्टाचारविरुद्दको अन्तरास्ट्रिय दिवसको अवसरमा रसुवामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

Dec 10, 2018

संगिता लामा ,मंसिर २४

भ्रष्टाचारविरुद्दको अन्तरास्ट्रिय दिवसको अवसरमा रसुवामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । हरेक वर्ष संयुक्त राष्ट्रिसङको आहानमा भ्रष्टाचारविरुद्दको अन्तराष्ट्रिय महासन्धि पारित भएको दिन अर्थात ९ डिसेम्बरलाई भ्रष्टाचारविरुद्दको अन्तरास्ट्रिय दिवसको रुपमा मनाउने गरिएको छ ।


नेपाल पत्रकार महासंघ रसुवा ,सामुदायिक विकास केन्द्र नेपाल र मानव अधिकार तथा सामुदायिक विकास सा्रेत केन्द्र रसुवाको आयोजना तथा नागरिक समाज,पारस्पारिक जवाफ देहिता परियोजना सामुदायिक विकास केन्द्र नेपाल को सहजीकरणमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाल पत्रकार महासंघ,अदक्ष्य जनप्रनिधिहरु, सरकारी कर्मचारीहरु र अन्य सरोकारवाला निकायका प्रतिनिधि, पत्रकार नागरिक समाज प्रतिनिधिले भ्रष्टाचारका विरुद्ध सुन्य सहनशीलता आवश्यक रहेको वताएका थिए । भ्रष्टाचार विरुद्धको दिवसको यस वर्षको नारा म खान्न ,म दिन्न ,म सहन्न , भन्ने रहेको छ । कार्यक्रममा प्रमुख अथिति पुष्पराज न्यौपाने ले भ्रष्टाचार गर्ने भन्दा पनि भ्रष्टाचार हुनै नदिन तर्फ खबरदारी गर्नुुपर्ने बताउनु भएको छ । उहाँले सरकारी गाडिको दुरुपयोग हुन नदिने प्रतिबद्धता पनि व्यक्त गर्नु भएको छ ।


कर्यक्रमको सभापति झम्कनाथ न्यौपाने ले रकम लिन मात्र नभएर सार्बजनिक पदमा रहेका ब्यक्तिहरुले जिम्मेवारी बहन गरेन भने त्यो पनि भ्रष्टाचार भएको मानिने बताउदै उहाँले यस्ता कुराहरुलाई पनि कानुनको दायरामा ल्याउनु पर्ने बताउनु भयो । मानिसले आर्थिक पाटोलाई मात्र भष्ट्रचार भन्ने बुझेकाले भ्रष्टाचार कहाँ कहाँ कसरी हुन्छ भन्ने कुरा नागरिकलाई चेतना हुनुपर्ने बताउनु भयो । भ्रष्टाचार बिकास बिरोधी भएकाले सबैले यसतर्फ ध्यान दिएर पुर्ण रुपमा शुन्य झार्नुपर्ने उहाँको भनाई थियो ।
नेपाल पत्रकार महासंघका अध्यक्षय हेमनाथ खतिवडाले असल समाज निर्माणको लागी भ्रष्टाचार खतरनाक शब्द हो भन्दै भ्रष्टाचारले कुसस्कार निर्माण गर्ने बताउनु भयो । भ्रष्टाचार हुनदिन्न, म सहदिन भनेर आफु संयम यो अभियानमा लाग्न सबैलाई आग्रह गर्नुभयो । कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधि, जनप्रतिनिधि, संघ सस्थाका प्रमुख तथा प्रतिनिधि पत्रकार लगायतको उपिस्थति रहेको थियो ।