७५ प्रतिशत अनुदानमा मनहरीमा कृषि सामग्री वितरण

मनहरी गाउँगालिकाले ७५ प्रतिशत अनुदानमा रोटाभेटरको साथै अन्य कृषिका सामानहरु वितरण कार्य सुरु गरेको छ । गाउँपालिकले कृषिमा यान्त्रिकीकरणको साथै गाउँपालिकालाई कृषिमा समृद्ध बनाउने उद्धेश्यले कृषि सामाग्रीहरु वितरण गरेको हो ।


मनहरी गाउपालिकाले कृषिका सामाग्रीहरु मनहरी गाउँपालिकामा रहेका कृषि सहकारी तथा कृषि फर्महरुलाई वितरण गरेको हो । गाउँपालिकाले ९ औ वटा वडामा रहेका कृषि फर्म तथा सहकारीहरुलाई आवश्यक सामानको माग गर्नको लागि आवह्रान गरेर कृषकको माग अनुसार गाउम्पँलिकाले कृषि सामाग्री ७५ प्रतिशत अनुदानमा र माछा पालनको लागि सतप्रतिशत अनुदानमा सामाग्री वितरण गरेको हो । गाउँपालिकाले ४ लाख ८० हजार बराबरको ३ थान रोटाभेटर वितरण गरेको हो । यस्तै, ३ लाख बराबरको ३ थान हाते ट्रयाक्टर, ३ लाख ६३ हजार बराबरको ६६ थान स्पे्रपम्प वितरण गरेको हो ।
त्यस्तै गाउँपालिका र कृषकको लगानीमा ४१ थान टनेल पाईप वितरण भएको छ । कुल ३८ लाख ९५ हजार लगानी लाग्ने टनेल पाईपको लागि गाउपालिकाको २४ लाख ६० हजार र कृषकको १४ लाख ६० हजारको लगानी रहेको गाउपालिकाको अध्यक्ष एकराज उप्रतीले बताउनुभयो ।


गाउँपालिकाले स्प्रेपम्प, रोटाभेटर हातेट्रयाक्टर, टनेलपाईप मात्र नभएर साना सिचाई, माछा पालन जालि तथा दाना वितरणको पनि कार्य भएको अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो । साना सिचाईको लागि १४ थान मोटर ३ लाख बराबरको वितरण भएको छ भने माछा पालन तर्फ १५ लाख राखिएको छ । जसबाट माछाको भुरा, जालि पानि तान्ने मोटर तथा २० टन दाना लगायतको सामाग्री वितरण भएको छ । मनहरी गाउपालिका कृषि कार्यमा अग्रसर भएर लागेको छ । मनहरीले कृषिलाई अझै प्रभावकारी र कृषिलाई अझै यान्त्रीकिकरण गरेर लैजाने गाउपालिकाको उद्धेश्य रहेको गाउपालिकाको अध्यक्ष उप्रतीले बताएका छन् ।