साधारण सभाको अवसरमा जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण

Feb 24, 2020

१० फागुन, गुल्मी
रेसुङ्गा सामुदायिक सिकाइ केन्द्र तम्घास गुल्मीले आफ्नो आठौँ वार्षिक साधारण सभाको अवसर पारी जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । विशाल पन्थीको स्वास्थ्य टोलीले रेसुङ्गा नगरपालिका भित्रका १४ वटै वडाका ७ पुरुष र ११ महिला गरी १८ जना जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरीएको हो ।
सोही कार्यक्रमको अवसर पारी रेसुङ्गा नगरपालिकाका १४ वटा वडाका २८ जना जेष्ठ नागरिक सहित गुल्मी जिल्लामा रहेर अपाङ्गको क्षेत्रमा काम गर्दै आउनुभएकी आशा अपाङ्ग केन्द्रकी उपाध्यक्ष गंगा रायमाझीलाई सम्मान गरेको हो ।
रेसुङ्गा सामुदायिक सिकाई केन्दका अध्यक्ष राधा पन्थीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा रेसुङ्गा न.पा.का नगर प्रमुख डिल्लीराज भुसालको विशेष आतिथ्यता रहेको थियो । ढुन्डिराज पोख्र्रेलको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजिकरण केन्द्रका सदस्य गोपाल पन्थीले गर्नु भएको थियो ।
रेसुङ्गा सामुदायिक सिकाई केन्द्रले आफ्नो स्थापनाकाल देखी नै नियमित रुपमा पुस्तकालय सञ्चालन, महिला शिक्षा कार्यक्रम, विभिन्न सिपमुलक तालिम र भजन कृतनका बाद्यबादन सामग्रीको समेत व्यवस्था गरेको छ ।
अम्बिका आचार्य, गुल्मी