कृषि मन्त्री चौधरी द्धारा शीत भण्डारको अनुगमन

Nov 3, 2019

वीरेन्द्र शाह,कात्तिक १७ सुखड
कैलालीको मध्यक्षेत्र घोडाघोडी नगरपालिका–१० पहलमानपुरमा निर्माणाधीन शीत भण्डारको सुदुर पश्चिम प्रदेशका कृषि,भुमि व्यवस्था तथा सहकारी मन्त्री बिनिता चौधरीले अनुगमन गर्नु भएको छ । मन्त्री सगैँ गौरी गंगा नगरपालिकाका नगर प्रमुख भिम बहादुर देउबा,कृषि निर्देशानालय प्रमुख यज्ञराज जोशी लगायत बिभिन्न व्यक्तिहरुले निर्माणाधीन शीत भण्डारको अनुगमन गर्नु भएको हो । अनुगमनमा आउनु भएका टोलीलाई शीत भण्डारका संचालक मदन राज जोशीले प्रगति बिवरणको बारेमा जानकारी गराउनु भएको थियो ।

निर्माणाधीन शीत भण्डारको ९० प्रतिशित काम सम्पन्न भएको हुदा यही माघमा शीत भण्डार संचालनमा ल्याउने तयारी भईरहेको उहाँले जानकारी गराउनु भयो । निर्माणाधीन शीत भण्डारको अनुगमन पश्यात सुदुर पश्चिम प्रदेशका कृषि,भुमि व्यवस्था तथा सहकारी मन्त्री बिनिता चौधरीले प्रदेश सरकारले शीत भण्डार संचालनको लागी आवश्यक पर्ने रकम सहयोग गर्ने समेत बताउनु भएको छ । तिनै तहका सरकार सगँ समन्वय गरी शित भण्डार संचालनमा आएको खण्डमा किसानहरुले भोग्दै आएको समस्या समाधान हुने समेत मन्त्री बिनिता चौधरीले बताउनु भएको छ ।