योजना निर्माण प्रक्रियासम्वन्धी अभिमुखीकरण

Apr 18, 2019

बैसाख ५, प्यूठान

योजना निर्माण प्रक्रियासम्वन्धी अभिमुखीकरण प्यूठानकाे सरुमारानी गाउँपालिकामा सम्पन्न भएको छ । 

अभिमुखीकरणमा वित्तीय हस्तान्तरण खाका र मार्गदर्शन प्राप्ती, स्रोत अनुगमन र कुल बजेट सिमा निर्धारण, बस्तीटोल स्तरबाट योजना छनोटसम्वन्धी विषयहरु समावेश गरिएका थिए ।

यसैगरी वडास्तरीय योजना प्राथमिकिरण, एकीकृत बजेट तथा कार्यक्रम तर्जूमा, गाउँनगर तथा कार्यपालिकाबाट स्वीकृती र गाउँनगर सभाबाट स्वीकृती गरी योजना निर्माण प्रक्रियाका कुल सात वटा चरण बारे अभिमुखीकरण गरिएकाे थियाे ।  

अभिमुखीकरणमा योजनाको प्राथमीकीकरण किन, योजना कसरी प्राथमिकिरण कसरी गरिन्छ, प्राथमिकताका आधारहरु, योजना कार्यान्वयन, स्थानीय तहमा आउने वजेटका प्रकार, स्थानीय तहमा विषयगत क्षेत्रगत समितिको संरचनाको बारेमा पनि जानकारी गराईएको थियो ।

मानवअधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र हरप्लेसको आयोजना र USAID/FHI360 को सहयोगमा सरुमारानी गाउँपालिका ४ वडामा स्थानीयसभाका सदस्य र स्थानीय नागरिकको सहभागितामा कार्यक्रम भएको थियो भने कार्यक्रमको सहजिकरण हरप्लेस कार्यक्रम अधिकृत टेक रानाले गर्नु भएको थियो ।