भ्रष्टाचार विरुद्द नागरिक समाजसंस्था विच अन्र्तक्रिया र ध्यानाकर्षण पत्र

भ्रष्टाचार विरुद्दको अन्र्तराष्ट्रिय दिवसको अवसरमा हेटौडामा जिल्लामा क्रियाशिल नागरिक समाज संस्थाहरु एकजुट भई अन्र्तक्रिया र ध्यानाकर्षण बुझाएर मनाईएको छ । स्वास्थ्य अधिकार तथा सूर्ति नियन्यत्रण संजाल मकवानपुरको आयोजना र डेभलवमेन्ट एक्सचेन्ज (डेक) नेपालको समन्वय र सहयोगमा भ्रष्टाचार दिवसको अवसरमा अन्र्तक्रिया तथा ध्यानाकर्षण बुझाएको हो । कार्यक्रममा डेक नोपालका कार्यकारी निर्देशक पंकजराज देवकोटाले कार्यक्रमको उद्देश्य, पैरवी सवाल आगमी योजना तथा गरिरहेका कार्यको बारेमा जानकारी दिनुभएको थियो ।

यर्सै गरि कार्यक्रममै भ्रष्ट्राचारविरुद्ध एक्यवद्ध नागरिक समाज “भ्रष्टाचारविरुद्ध शून्यसहनशीलता व्यवहारमा कार्यान्वयन गरियोस्् ” भन्ने नाराका साथ ध्यानाकर्षण पत्रमा जिल्लामा क्रियाशिल नागरिक समाज संस्थाहरुको सयुक्त हस्ताक्षर सहितको ज्ञापन पत्र बुझाईएको हो । जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल मार्फत जिल्लाका ८ गाउपालिका र नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाईएको हो । त्यस्तै आईतबारै हेटौडा उपमहागरपालिकाका मेयर हरिबहादुर महतलाई पनि ध्यानाकर्षणपत्र बुझाएको हो । जिल्लामा अभिभावकिय भुमिका निभाउदै आएको सार्वजानिक सेवा प्रदायक संस्थाहरुबाट भष्ट्राचार हुन नदिन र रोक्नको लागि जिल्लामा क्रियाशिल नागरिक समाज संस्थाको सयुक्त पहलमा ध्यानाकर्षणपत्र बुझाईएको स्वास्थ्य नियन्त्रण संजालकि संयोजक कुमारी वाईबाले बताउनुभयो ।

विश्वमा भष्ट्राचार बढ््दै गएको छ । ट्रान्पसपरेन्सी इन्टरनेशनलको बार्षिक प्रतिवेदन २०१७ ले विश्वका १८० मुलुकमध्ये नेपाल १२२ औ स्थानमा परेको तथ्य समेत प्रस्तुत गरेको छ । भ्रष्ट्राचार अहिले पुरै विश्वको नै समस्या बनेकोले सयुक्त राष्ट्र संघले सन २००५ मा “भ्रष्टाचारविरुद्धको महासन्धि” पारित गरेर लागु गरेको छ । नेपालमा पनि सन्् २०१२ देखि नै सो सन्धिको पक्ष राष्ट्र भैसकेको छ । सन्् २०१२ देखि नै पहल गर्दै आएको र भ्रष्ट्राचार न्यूनीकरणको निमिक्त नागरिक समाजले आफ््नो तर्फबाट सयुक्त रुपमा ११ बुदे सहितको ध्यानाकर्षणपत्र बुझाएको हो । ध्यानाकर्षणपत्रमा भ्रष्ट्राचार नियन्त्रणको लागि बनेका कानुन पालना गर्न, स्थानिय तथा प्रदेश तहमा अनुकुल हुने भ्रष्ट्राचार विरुद्धको कानुन निमार्ण गर्न, उक्त स्थानिय तथा प्रदेश तहमा भ्रष्ट्राचार हुने जोखिम स्थानको पहिचान र निगरानि बढाउनुपर्ने, नया“ बन्ने कानुनले भ्रष्ट्राचार र अनुचित कार्य सम्वन्धि स्पष्ट पार्नपर्ने, निर्वाचित जनप्रतिनिधिहरुले जिम्मेवारीपुर्ण भुमिका निर्वाह गर्न र गराउर्ने, सरकारी सेवा प्रवाहमा विद्युतिय प्रविधिको प्रभावकारीता बढाउन, भ्रष्ट्राचार विरुद्ध शून्य सहनसिलता व्यवहारमा लागू गर्न, आफु नि भ्रष्ट्राचार गर्दिन र गर्न पनि दिन्न भनेर सार्वजानिक प्रतिवद्धता जनाउन र भ्रष्ट्राचार विरुद्धको अभियानमा हातेमालो गर्न र पार्दशितामा कार्य गर्दा भ्रष्ट्राचार न्यून हुन सक्ने जस्ता बुदाहरु समावेश गरिएका थिए ।

 

कार्यक्रममा गैरसरकारी संस्था महासंघका प्रदेश ३ का ईन्चार्ज बुद्धशरण लामा, मकवानपुरका अध्यक्ष कृष्ण धिताल, माईती नेपालकी माया लामा, बाल हेल्पलाईनका झविन्द्र ज्ञवाली अस्मिता नेपालकी आरती पाठक लगायतको उपस्थित रहेको थियो । अन्र्तक्रियामा मित्र समाजका शुसासन तथा क्षमता विकास विज्ञ कर्णबहादुर नेपालीले नागरिक समाज संस्था र विद्यमान साझा कार्यभार विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । सार्वजानिक सेवा प्रदायक संस्थाहरुले ३÷३ महिनामा सुचना सार्वजानिक गरेको नगरको पैरवी गर्ने कुरा त छदै छ अव ति सुचना सार्वजानिक गर्ने कार्य नागरिक समाजबाट सुरु गरौ । जवाफदेहिताको सुरुवात लागि नागरिक समाजसंस्थाले आफैबाट पनि पहल गर्न सकिन्छ र उक्त कार्य प्रभावकारी पनि हुन सक्छ भन्दै नेपालीले सुझाउनुभएको थियो ।