छेडागाटमा साझेदारी मञ्च गठन

Oct 30, 2018

गगन खड्का

जाजरकोट, कार्तिक १३  

सुशासनका लागि विभिन्न सवालामाथी छलफल गर्दै नगरपालिका स्तरमा जवाफदेहिता अभिबृद्धिका लागि छेडागाट नगरपालिकामा साझेदारी मञ्च गठन गरिएको छ । सुन्दर  नेपाल संस्था जाजरकोटले आईतबार आयोजना गरेको अन्तक्रिया कार्यक्रममा मञ्च गठन भएको हो ।

कर्णाली प्रदेशका विभिन्न जिल्लामा सुशासनको क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको सुन्दर  नेपाल संस्थाले युएसएआईडी र एफएचआई ३६० सँगको साझेदारीमा सञ्चालन गर्दै आएको पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत गठित साझेदारी समुह खासगरी नगरपालिका स्तरका शिक्षा, स्वास्थ्य, कृषि र विपद् जोखिम व्यवस्थापन क्षेत्रका सवालमाथी छलफल गरिने बताईएको छ । 

नगरपालिकाका प्रमुख लालबहादुर महताराको संयोजकत्वमा गठित मञ्चमा नगरपालिकाका उप-प्रमुख सरिता वली, नगर शिक्षा प्रमुख चक्रबहादुर रावत, नगर स्वाथ्य प्रमुख धनसिं खड्का, नगर कृषि प्रमुख तेज बहादुर खनाल, उधोग वाणिज्य संघका प्रतिनिधि नरबहादुर थापासहित सबै वडाध्यक्षहरु रहनु साथै स्थानीय सभाका सदस्यहरुको पनि उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा नगर प्रमुख लालबहादुर महताराको भनाईमा स्थानीय सरकार, नागरिक समाज र संचार माध्यमको साझेदारीबाट नगरपालिकाले प्रधान गर्ने सेवा सुविधामा छिटो, छरितो, प्रभाकारी र पारदर्शी हुने कुरा बताउनु भयो । कार्यक्रम नगर उप-प्रमुख सरिता वलीको भनाईमा सूचनालाई प्रभाकारी बनाउने, स्थानीय सभा नगरपालिकाका १३ वटै वडामा लागु गर्दा राम्रो हुने र स्थानीय स्तरमा योजना संचालन र कार्यान्वयन गर्न सहज हुने कुरा बताउनुभयो ।

सुन्दर  नेपाल संस्थाले  पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत भेरी नगरपालिका र छेडागाट नगरपालिकामा  सामाजिक जवाफदेहिताको औजारहरुको प्रर्वद्धन अन्र्तगत सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण, सुशासन लागि क्षमता अभिवृद्धिका गतिविधि सञ्चालन गर्दै आयको  जिल्ला कार्यक्रम अधिकृत चन्द्र बहादुर वि.क.ले बताउँनु भयो ।कार्यक्रमा ३५ जना सहभागिता रहेको साथै सुशासन अभिवृद्धिका लागि नागरिक समाज र सञ्चार क्षेत्रसँगको समन्वयमा नगरपालिकालाई आवश्यक सहयोग गर्ने वि.क.ले बताउँनु भयो ।