साझा सभा सम्पन्न

निर्जला पुलामी मगर

मकवानपुर, भदाै २५

मनहरी गाउपालिकाको आयोजना र डेभलपमेन्ट एक्सचेन्ज सेन्टर (डेक) नेपालको सहयोगमा पारस्पारिक जवाफदेहिता परियोजना अन्र्तगतको साझा सभा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा स्थानीय स्तरमा उठेका समस्या तथा सवालहरुलाई समाधान गर्नको लागि सम्वन्धित निकायसंँग बृहत छलफल गरिएको थियो । कार्यक्रममा ३ नम्वर प्रदेश सांसद जुनेली श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा मसिने स्थानीय सभाको विपदको संयोजक श्रीकृष्ण ढकाल तथा ज्यामिरे स्थानीय सभाबाट केदारप्रसाद बतौलाले प्रतिनिधित्व गदै शिक्षा, स्वास्थ्य, कृषि तथा विपद व्यवस्थापन जस्ता विषयमा रहेका सवालहरुलाई पेश गर्नुभएको थियो । साथै शिक्षा, स्वास्थ्य क्षेत्रमा कार्य गर्ने अन्य सहभागिहरुले पनि सवालहरु उठान गर्नु भएको थियो ।

जसअन्र्तग बडा नम्वर ४ को मसिने स्थानीय सभाबाट शिक्षामा शिक्षक अपुग, पशुपति माविमा पिसिएप नआएको, विमा प्रभावकारी नभएको ,औषधी अपुग, स्वास्थ्य शिक्षाको आवश्यकता, जस्ता सवालहरु राखिएको थियो । त्यस्तै ज्यामिरे स्थानीय सभाको प्रतिनिधिबाट स्वास्थ्य चौकिमा वेडको अभाव, ठाउँ अभावको कारण पेटी मै खोप लगाउनुपर्ने अवस्था, धेरै विद्यार्थी अत्यन्त विपन्न तथा आजाको अभाव, फस्ट एड बक्स, आधुनिक कृषि औजारको अभाव, मल अभाव, माटोमा अम्लिए बढेर जादा उत्पादनमा कमी, कृतिम घटना अभ्यास जस्ता सवालहरु उठान गरिएको थियो ।

खुला छलफलमा वडा नम्वर ४ को स्वयमसेविका विष्णुमाया थिङले खोपकेन्द्रको अभाव बारे सवाल उठान गर्नु भएको थियो भने शिक्षक सुसन बानियाले सामुदायिक विद्यालयमा भिडियो शिक्षणको अभाव, नियमित परीक्षाको आवश्यकता तथा खाजाको कारण पनि विद्यार्थी नियमित स्कुल नआउने कारण बनेको जस्ता समस्या राख्नु भएको थियो । साथै सडक, पुल, कृषि, स्वास्थ्य जस्ता सवालहरु उठान भएको थियो ।

साझा सभा छलफलमा शिक्षा, स्वास्थ्य, कृषि, विपद जस्ता विषयमा आएका समस्याहरुलाई सम्वन्धित निकायका व्यक्तित्वहरुले समाधानको पाटो तथा भएका र भईरहेका कार्यबारे जानकारी दिनु भएको थियो । शिक्षक दरबन्दि एक समस्या नै हो, अब शिक्षक मिलानको प्रक्रियामा पनि प्रदेश सरकारको शिक्षा निति पास भएपछिमात्र स्थानिय नीति बमोजिम गर्न मिल्ने कुरा राख्नु भएको थियो ।

पिसिएफमा विद्यालयमा संचित रकमबाट प्रयोग गर्ने जस्ता कुराहरु गर्न सकिने शिक्षातर्फका रमेश पराजुलीले बताउनु भयो । यस्तै, स्वास्थ्यमा आएका सवालको लागि टिकाराम अधिकारीले जुन औषधि अपुग भन्ने समस्या छ यो भन्दा अगाडिका समयमा देखिएको अहिले त्यो समस्या हटेका छन् मंसिरसम्मको लागि पुग्ने औषधिको व्यवस्था भईसकेको जानकारी दिनुभयो । अर्को कुरा भनेको केहि औषधिको कमि भयो भने त्यहा औषधी अभाव छ भन्ने कुरा फैलाउनाले पनि त्यस्तो लागेको हो त्यसो त सहि कुरा बुझ्न पनि आग्रह गर्नुभएको थियो ।

किटबस्कको कुरा गर्नु पर्दा ३२ वटै विद्यालयमा किटबक्स हस्तान्तरण भईसकेको बारेमा जानकारी दिनुभयो भने रजैयाको खोप केन्द्र दयनिय अवस्थाबारेमा गाउपालिका अध्यक्ष मार्फत कुरा राखि दिन उक्तबारे गाउपालिका अध्यक्षले प्रष्टाउने कुरा राख्नु भएको थियो ।

कार्यक्रममा गैसस महासंघ मकवानपुरका सदस्य कुमारी वाईबाले जसरी मनहरी गाउपालिकामा डेक नेपालले विषयगत सेवा अन्र्तगत कार्य गरेको तथा पारस्पारिक जवाफदेहिता अन्र्तगत साझा बोली कार्यक्रमले राम्रो प्रभाव जमाएको कुरा राख्नु भएको थियो । स्थानिय स्तरमा आवश्यक रहेको शिक्षा, स्वास्थ्य, कृषि तथा विपत जस्ता कुराको जानकारी लिएर यतिसम्म छलफल गर्नसक्ने हुनु राम्रो हो भन्ने धारणा राख्नु भएको थियो ।

गैसस महासंघ मकवानपुरले पनि स्वास्थ्य संजालमार्फत दवाबमुलक तथा स्वास्थ्य शिविरहरु संचालन गरिरहेको र आवश्यक परेको खण्डमा स्वास्थ्य सिविर ल्याउने प्रतिवद्दता व्यक्त गर्नु भएको थियो । यस्तै प्रदेश नम्वर ३ को सांसद जुनेली श्रेष्ठले पनि महिला हिंसा सम्वन्धिका सवालहरुमा पनि छलफल आवश्यक रहेको बताउनुभएको थियो आगामी दिनमा यस्ता कार्यक्रम गर्न पनि सुझाउनुभयो ।

सुकुम्वासी व्यवस्थापन ३ नम्वर प्रदेशको प्राथमिकीकरणमा परेको र त्यसको लागि कार्य तथा ठाउसम्मको खोजी कार्य भएको बताउनु भयो । प्रदेश अहिले नीतिनियम बनाउने र कसरी समेटेर लैजाने भन्ने कुरामा केन्द्रित र रहेको तथा जिल्लाको अवस्था विशलेषण गरेर सोहि अनुसारको कार्य थालनीको सुरुवात गर्ने कुराको सम्पुर्णमा जानकारी दिनुभएको थियो । स्थानीय सरकार तथा प्रदेश सरकार सबै मिलेर बनाउनुपर्छ समृद्द बनाउनु पर्छ भन्दै आफ्नो भनाई व्यक्त गर्नु भयो ।

कार्यक्रममा सभाध्यक्ष रहनुभएको मनहरी गाउपालिका अध्यक्ष एकराज उप्रतीले शिक्षा राष्ट्रिय सवाल भएको र शिक्षक मिलानको कार्यलाई प्रक्रियागत रुपमा अगाडि लैजाने योजना रहेको बताउनुभयो । शिक्षामा ईहाजिरी सेवा तथा कालापाटि सबै विद्यालयमा हटाएपछि अबको समयमा विद्यालय हातामा तारबारको समस्या पनि हट्ने बताउनुभयो ।  भिडियो शिक्षण प्रभावकारी हुने भन्दै यो सवालमा पनि ध्यानाकर्षण गर्ने बताउनुभयो । गुणस्तरीय शिक्षाको लागि शिक्षक विद्यार्थी अभिभावकसंग अन्र्तक्रियाको कार्यक्रम राख्ने र शिक्षा सम्वन्धी सरोकारवाला संघसंस्थाको बैठक राख्ने बताउँदै उहाँले स्वास्थ्य क्षेत्रमा विमा तथा स्वास्थ्य शिक्षाको लागि अझै प्रभावकारी रुपमा संचालनमा ल्याउने र स्थानीय जनतालाइ सुझाव दिन अनुरोध गर्नु भयाे ।

विगतमा वाढी प्रभावले धेरै कुरा सिकाएकोले विपद व्यवस्थापन कोष स्थापना गरेर उक्त कोषको रकम पनि छ्ट्टाएको जानकारी दिनुभयो । मनहरी पालुङपछि कृषिमा अब्बल देखिन्छ भन्दै कृषिमा लाग्नका लागि युवालाई आवहान पनि गर्नु भयो । उहाँले गाउँपालिकाले अनुदानमा बाडेको मल तथा विउ विजनको प्रभावकारिता तथा उत्पादन समेतको जानकारी राख्ने बताउनुभयो ।

कृषिमा अर्गानिक खेतीक लागि गाउँपालिकाले रकम छुट्टाएको भन्दै उहाँले अर्गानिक खेती गर्न सबैलाई सुझाउनु भयाे। माटो परीक्षण तथा पुल पुलेसोको कुरा, रजैया गागनेपानिको बाटो रातो किताबमा आएको सम्वन्धित ठाउमा समेत कुरा पुर्याईरहेको जानकारी अध्यक्ष उप्रतीले दिनुभयो ।

साझा सभा कार्यक्रममा शिक्षा स्वास्थ्य कृषि तथा विपत क्षेत्रमा क्रियाशिल व्यक्तित्व, मनहरी गाउपालिकाको अध्यक्ष तथा उपाध्यक्ष, प्रदेश नम्वर ३ को सांसद जुनेली श्रेष्ठ, गैसस महासंघ मकवानपुरको सदस्य, पत्रकार, स्थानीय सभा तथा रेडियो श्रोता समुहको सदस्य तथा सहजकर्ताको उपस्थिति रहेको थियो ।

साझा सभा कार्यक्रम एकदमै प्रभावकारी रहेको र आजको कार्यक्रमका सवालहरुलाई समावेश हुने गरी कार्य गर्दै अगाडि लैजाने कुरासहित अध्यक्ष एकराज उप्रतीको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियाे ।