ग्रामीण सडकका कारण विपत्ति

May 6, 2018
एजबी जेराे

ओखलढुंगा, भदाै २१

घरमाथिबाट झरेकाे पहिरोले रागाँदिपमा घर पुरिँदा एकै परिवारका चारजनाको ज्यान गएको छ । मोलुङ गाउँपालिका–८ खिम्लीमा राती सुति रहेको समयमा पहिरोले घर पुरिदा पूर्णबहादुर राई सहित अन्य तिन जनाको ज्यान गएको हो । पहिरोले घर पुरिदा उनकी श्रीमती ४० वर्षिय धनकुमारी राई, ५५ वर्षीया दिदी मित्रमाया राई र तीन वर्षीय छोरा आशिष राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी नायब उपरिक्षक अनन्तराम शर्माले बताउनु भयाे ।

राई परिवारका अन्य तिन छोराछोरी घरमा नभएका कारण जोगिएका छन् । पहिरोमा पुरिएर एकै परिवारका चार सदस्यको ज्यान गएपछी रागाँदिपको खिम्ली गाउँ शोकमा डुबेको छ । घर नजिकै खनिएको सडकका कारण पहिरो गएको प्रहरीले अनुमान लगाएको छ । सडकबाटै सुरु भई झरेको पहिरोले राईको घर पुरिएर चार जनाको ज्यान गएको प्रहरिले बताएको छ ।

गत साल मात्र रागाँदिप शैमल जाने सडक खनिएको थियो । ओखलढुंगामा अव्यवस्थित सडक निर्माणले बस्तिहरुमा जोखिम बढेको छ । न्युनतम मापदण्ड पुरा नगरी डोजर प्रयोग गरि निर्माण गरिएका सडकहरुमा वर्षासंगै पहिरो जान थालेपछी बस्तिहरु जोखिममा परेका हुन् । अधिकांश भिरालो मानव बस्ति भन्दा मुनी र माथि खनिएका सडकमा बर्षाद्का बेला बढी पहिरो जानेगरेको छ ।

“पहिरो खस्ने डरले पानी पर्न थालेपछि निद्रै पर्दैन” खिजीदेम्वा गाउँपालिका–४ खिजीकातिका नानीबहादुर खड्काले भन्नुभयाे “घरमाथि खनिएको सडकबाट पहिरो आउँदा घर छोडर बारीमा टहरा बनाएर बसियो ।” वर्षामा खड्काको घरमाथि खनिएको सडकबाट बग्ने पानीले हरेक वर्ष पहिरो जाने गरेको छ । घरमाथि खनिएको सडकका कारण पहिरो जाने डरले मानेभञ्ज्यांग गाउँपालिका–९ तिल्पुङ डाँडाका नरबहादुर श्रेष्ठले घडेरीनै अर्को ठाउँमा सार्नपर्यो । श्रेष्ठ भन्नुहुन्छ “घर माथिबाट पहिरो झर्ने डरले घडेरी अन्तैसारेर भूकम्प प्रतिरोधी घर बनाउनु भयाे ।”

बर्षात सुरुभएसँगै ओखलढुंगाको खिजिदेम्बा गाँउपालिका वाड नं.६ को वडा कार्यालयमा पहिरोका बस्ती जोखिममा परेको भन्दै निवेदन आउन थालेका छन् । पहिरोका  कारण आफ्नो घर बगाएको तथा बगाउन लागेको भन्दै नागरिकहरुले वडामा गुनासो गरेका हुन् । केही दिन अघि वडा नं–६ का जाङ्बु शेर्पाले वडा कार्यालयमा पहिरोले आफ्नो घर बगाउन लागेको भन्दै निवेदन गर्नभयाे । सोहि गाउँका पासाङ्ग शेर्पाको अवस्था पनि उस्तै छ । उहाँले पनि पहिरोका कारण घर जोखिममा परेका भनि वडा कार्यलयमा गुनासो गर्नुभएकाे छ । वडा कार्यलयका अनुसार वर्षात सुरुभएसंगै यो प्रकृतिको उजुरी बढेको छ । हालसम्म कार्यलयमा २५ वटा निवेदन आएका छन् । निवेदकहरुले घरभन्दा माथि र मुनी खनिएको सडकका कारण पहिरोको जोखिम बढेको उल्लेख गरेका छन् ।

यी सडकहरु प्राविधिक विना डोजरमार्फत निर्माण गरिएका हुन् । नयाँ निर्माण गरिएका सडकमुनि र माथिल्लो भेगका घरहरु पहिरोको उच्च जोखिममा रहेको खिजिदेम्बा गाउँपालिका–६ का वडा अध्यक्ष छत्रबहादुर तामाङ्गले बताउनु भयाे । विद्यालय मुनिबाट खनिएको सडकमा पहिरो झर्न थालेपनी जिल्लाको लिखु गाउँपालिकाको एक विद्यालय जोखिममा परेको छ ।

पहिरोका कारण लिखु गाउँपालिका वाड नं. ३ मा रहेको भिमसेन स्थान मावि जोखिममा परको छ । विद्यालयको पठनपाठन प्रभावित भएको प्रधानाध्यपक श्रीराम श्रेष्ठले बताउनु भयाे । प्रधानाध्यपक श्रेष्ठका अनुसार पहिरो विद्यालयको एउटा कक्षा कोठा नजिक आईपुगेको छ । उहाँ भन्नुहुन्छ “उक्त कक्षाकोठामा विद्यार्थी राखेर पठन पाठन गर्न जोखिम छ । अन्य कक्षा कोठा नभएकाले विद्यार्थी पढाउन समस्या भयो ।”  विद्यालयमा २ सय १३ जना विद्यार्थी अध्ययनरत छन् ।

प्राबिधिक स्टिेमेट र सल्लाह विना गाउँले, उपाभोक्ता समितीले आफुखुशी डोजरले सडक खन्दा विद्यालय जोखिममा परेको हो । डोजरको प्रयोग गरेर ८ महिना अघी विद्यालय भन्दा करीव २० मिटर मुनिबाट उपभोक्ता समितिले सडक निर्माण गरेएको थियो । भुगोलको अध्ययन, जोखिम पुर्वानुमान नगरी र ग्रेड नमिलाई खनिएको ग्रामिण सडकहरुले मानव बस्तिहरु पहिरोको उच्च जोखिममा परेका छन् । स्थानीय सरकारले सडक निर्माणलाई प्राथामिकता दिए पनि न्युनतम मापदण्डलाई ख्याल नगर्दा मानव बस्तिहरु जोखिममा परेका हुन् ।

ओलढुंगाका आठ वटै स्थानीय तहका नागरिकहरु टोल टोलमा मापदण्ड विपरित खनिएका सडकले निम्याएको विपत्ति भोग्न बाध्य छन् । जताततै खनिएका सडकले भिरालोमा रहेका बस्तीहरु पहिरोको उच्च जोखिममा परेका छन् । ओखलढुंगाका आठ वटै स्थानीय तहले गत आर्थिक वर्षमा कुल बजेटको ६० देखि ७५ प्रतिशत भन्दा बढी रकम नयाँ सडक खन्न खर्च गरेका थिए । स्थानिय तहको पहिलो प्राथामिकता सडक निर्माण देखिन्छ । तर निर्माण गरिने सडकको मापदण्ड पुरा नहुदा विपतको जोखिम बढेको छ ।

मानेभञ्ज्यांग गाउँपालिकाका अध्यक्ष मोतिराज राईले भन्नुहुन्छ “विकास गरियो भनेको विपत्ति पो निम्याइए छ ।” उहाँ भन्नुहुन्छ “सबै वडाहरुबाट बढी सडक निर्माणका लागि योजना माग आयो, हिउँदभरि खनिएका सडकमा अहिले पहिरो गएर विपत्तिको डर भयो ।” मानेभञ्ज्यांग गाउँपालिकाले गत अार्थक वर्षको कुल बजेटको ७५ प्रतिशत सडक निर्माणकै लागि बिनियोजन गरेको थियो ।

यता मोलुङ गाउँपालिकाका अध्यक्ष मणीराज राई भन्नुहुन्छ “सबै गाउँमा सडक पुर्याउने योजना अनुसार सडकमा धेरै रकम खर्च गरियो, सडक निर्माणले समस्या ल्याउने भयो ।” उहाँ भन्नुहुन्छ “विपत्ति आईपरे सामना गर्न सक्ने हाम्रो क्षमता छैन ।” मोलुङ गाउँपालिकामा पुराना तथा नयाँ खनिएका सडकमा पहिरो जादा बस्तिमा जोखिम बढेको छ । जिल्लाका अधिकांश सडक निर्माण योजनाका अगुवाहरुकै तजविजमा खनियका सडकले बढी विपत निम्तयाएको हो । डोजर अपरेटरलाई यता–उता भनेर संकेत गरेका भरमा खनियका सडकहरु वर्षा लागेसंँगै अवरुद्ध छन् ।