जाजरकोटमा नयाँ रेडियो श्रोता समूह गठन

Jan 11, 2018

जाजरकोटको छेडागाड नगरपालिका वडा नम्वर १३ कार्किगाउँको थर्पुमा कार्कीगाउँ रेडियो श्रोता समूह गठन भएको छ । नागरिक समाज, आमसंचारमाध्यम र सरकारी निकायबिचको पारस्परिक जवाफदेहिता, स्थानिय विकास र सुशासनसंग सम्बन्धित रेडियो कार्यक्रम साझाबोली र साथीसंग मनका कुरा सुन्नका लागि स्थानिय युवा जयबहादुर खत्रीको अध्यक्षतामा गत पुष २५ गते मंगलबार १८ सदस्यिय सो समुह गठन भएको हो ।

समुहको सचिव तथा सहजकर्ताको रूपमा मनमाया पुन चयन हुनुभएको छ । स्थानीय तहले प्रदान गर्ने कृषि, स्वास्थ्य, शिक्षा र विपत ब्यवस्थापन सम्बन्धी सेवाको प्रभावकारितामा रेडियो कार्यक्रम सुनेर थाहा पाएको सुचना अनुसार निगरानी राख्ने, सहकार्य गर्ने र स्थानीय तहबाट प्राप्त हुने विभिन्न सेवाहरु के कसरी प्रवाह भैरहेका छन, लेनदेनमा केही भ्रष्टाचार भएका छन् कि भन्ने सवालमा खबरदारी गर्ने पनि यो समुहको योजना रहेको छ । युएसएआईडिको आर्थिक सहयोगमा एचएफआई-३६० इक्वल एक्सेस र आईसिएनएल साझेदार रहेको पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत उत्पादित रेडियो कार्यक्रम साझाबोली सुन्न स्थानीय साझेदार संस्था सुन्दर नेपालले यो समूह गठनमा सहयोग गरेको छ ।

श्रोता समुहका सदस्यहरु हरेक महिनामा दुईपटक बैठक बसी विभिन्न विषयमा छलफल गर्ने योजनामा छन् । परियोजनाको साझेदार संस्था सुन्दर नेपालका जिल्ला अधिकृत धन बहादुर रावतको सहजिकरणमा छेडागाड नगरपालिका वडा नं.१३ का वडाध्यक्ष मोतिलाल वली, वडा सदस्यहरु पदम खत्री, मैसरी सार्की, स्थानीयसभाका संयोजक संगीता शाही सिंह लगायतको उपस्थितिमा समुह गठन गरिएको हो । सो अवसरमा समुहको पहिलो बैठक बस्नुका साथै परियोजनाको साझेदार संस्थाका जिल्ला संयोजक रावतले रेडियो कार्यक्रम साझाबोलीको परिचय, रेडियो श्रोता समुहको भुमिका तथा जिम्मेवारी, समूह गठनका विधि एवं आधार बारे जानकारी दिनुभएको थियो ।

जाजरकोटमा रेडियो कार्यक्रम साझाबोली रेडियो हाम्रोपाइलाबाट प्रत्येक हप्ताको आइतबार साँझ ७ बजेदेखि आधाघण्टा प्रसारण हुन्छ । यो रेडियो कार्यक्रम काठमाडौबाट ईक्वल एक्सेसले र स्थानीय तहमा सुर्खेतबाट रेडियो भेरी एफएमले उत्पादन गर्छ । साझबोलीको केन्द्रिय र स्थानीय संस्करण प्रत्येक हप्ता आलोपालो गरेर प्रसारण हुन्छ । प्रत्येक जिल्लामा रहेका सामुदायिक सञ्चारकर्मीहरुले पठाएका आवाजहरु संकलन गरेर यो कार्यक्रम तयार गरिन्छ ।

सामुदायिक सञ्चारकर्मी सपना ओलीबाट

Member Comment
Sharda KC
good work sapana jee
3 months ago