गाउँपालिकाको पहलमा १ हजार ५ जनाको निशुल्क स्वास्थ्य परिक्षण सम्पन्न

Jun 10, 2018

कमला पाख्रीन । जेष्ठ, २७ । सिन्धुपाल्चोक । इन्द्रावती गाँउपालिकाको आयोजनामा भएको बृहत घुम्ती स्वास्थ्य शिविरबाट १ हजार ५ जनाले निशुल्क स्वास्थ्य परिक्षण गराएका छन् । शिविरमा ६६ जनाले नाक कान घाँटी ,२ सय १० जनाले हाड जोर्नी, ६३ जना महिलाले पाठेघर र स्त्री रोग सम्बन्धी परिक्षण गराएका छन् । यस्तै ६१ जनाले दन्त सेवा, २ सय ५ जनाले आँखा जाँच, १ सय ९६ जनाले मुटु तथा सामान्य रोगको परिक्षण गराएका छन् ।
शुक्रबार र शनिबार इन्द्रवाती गाँउपालिकाको आयोजनामा नेपाल चिकित्सक संघ, भक्तपुर क्यान्सर अस्पताल, समाज डेण्टल अस्पताल र जिल्ला सामुदायिक स्वास्थ्य प्रतिष्ठानको सहकार्यमा गाँउपालिकाले शिविर सन्चालन गरेको हो । गम्भीर खालको रिपोर्ट आएका विरामीहरुलाई अर्काे अस्पतालमा लगि नि:शुल्क उपचार गराउने ब्यवस्था मिलाईने गाँउपालिकाले जनाएको छ ।