पनौती नगरको प्रार्थमिकता परिवर्तन कृषि छोडेर कोभिड

May 31, 2021

मालती कुँवर, पनौती काभ्रे, जेठ १७ - कृषिलाई सधै पहिलो प्राथमिकतामा राख्दैँ आएको पनौती नगरपालिकाले अब स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नथालेको छ । कोरोना भाइरसको संक्रमण फैलिएसँगै नगरपालिकाको प्रार्थमिकता फेरिएको हो ।
स्वास्थ्य क्षेत्रमा नगरपालिकाले आफ्नो आन्तरिक बजेटबाट मात्रै २ करोड भन्दा धेरै रुपैयाँ विनियोजन गरेको नगरपालिकाका प्रमुख भिमप्रसाद न्यौपानेले बतउनुभयो । उहाँका अनुसार जिल्लामा भाइसरको दोस्रो लहर सुरु भएर संक्रमण दर बढेलगतै पिसिआर परिक्षण बढाईएको छ । स्वाव संकलन गर्न सुरु भएको एक महिना धेरै भइसक्यो । अहिलेसम्म हजार भन्दा धेरैको परिक्षण भइसकेको छ । त्यसमध्ये करिव ८ सय जनाको रिपार्ट पोजेटिभ छ भने १५ जनाको निधन भैसकेको छ ।
नगरपालिका भित्रका संक्रमित मध्ये अधिकांस होम आइसोलेशनमा रहेका नगर प्रमुख न्यौपानेले बताउनुभयो । नगरपालिकाले अस्पतालमा मात्र नभएर टोल बस्तिमा गएर स्वाव संकलन गरिरहेको छ । ३ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमितको अवस्था बुझ्नको लागि मात्र पनि नगरपालिकाले खटाएको छ । संक्रमितलाई स्वास्थ्य सामाग्री भएको किट दिने व्यवस्था छ । त्यस्तो किट नगरपालिकाको १४ स्वास्थ्य संस्थाका कर्मचारीले संक्रमितलाई वितरण गर्छन् । नगरपालिकाले २५ शैयाको अक्सिजन सहितको आइसोलेशनको पनि व्यवस्था गरेको छ । नगरपालिकाको वडा नं. १० मा २५ शैयाको नगरस्तरीय अस्पताल निमार्णको चरणमा छ ।