नुवाकोटको ७ स्थानीय तहमा कोरोना सङ्क्रमित सून्य

Jan 12, 2021

नुवाकोट । नुवाकोटको १२ स्थानीय तह मध्ये हाल ७ स्थानीय तहमा कोरोना भाइरस सङ्क्रमित सून्य रहेको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटको अनुसार जिल्लाको ककनी गाउँपालिका, सूर्यगढी गाउँपालिका, लिखु गाउँपालिका, पञ्चकन्या गाउँपालिका, तादी गाउँपालिका, दुप्चेश्वर गाउँपालिका र म्यागङ गाउँपालिकामा कोरोना भाइरस सङ्क्रमित सून्य रहेको छ । यस अघि ककनी गाउँपालिकाका ३१, सूर्यगढी गाउँपालिकाका ६९, लिखु गाउँपालिकाका २८, पञ्चकन्या गाउँपालिकाका ३०, तादी गाउँपालिकाका ३१, दुप्चेश्वर गाउँपालिकाका २८ र म्यागङ गाउँपालिकाका १२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । उनीहरु सबै कोरोना मुक्त भइसकेका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटको अनुसार विदुर नगरपालिकामा २४ जना, बेलकोटगढी नगरपालिकामा ३ जना, शिवपुरी गाउँपालिका, किस्पाङ गाउँपालिका र तारकेश्वर गाउँपालिकामा १÷१ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यी सबै गरी जिल्लामा ३० जना सक्रिय कोरोना सङ्क्रमित रहेका छन् । ती सबै सङ्क्रमित होम आइशुलेसनमा रहेका छन् ।
जिल्लाको १ हजार ४० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको रिपोर्ट प्राप्त भएकोमा १ हजार ९ जना कोरोना मुक्त भइसकेका छन् भने यस अघि १ जनाको मृत्यु भएको थियो । जिल्लाका ६ हजार ३ सय ३३ जना पुरुष र २ हजार ३ सय ७१ महिला गरी ८ हजार ७ सय ४ जनाको पिसिआर विधिबाट कोरोना परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।