डोटीमा नौ वटै स्थानिय तहका स्वास्थ्य संयोजकहरु सम्मानित

Sep 19, 2020

सरिता कठायत
आश्विन ३
डोटी विश्वव्यापी रुपमा फैलिएको कारोना महामारी नियन्त्ररण र रोकथाममा महत्वपुर्ण योगदान दिएको भन्दै स्वास्थ्य कार्यालय,डाटीले जिल्लाका नौ वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरुलाई सम्मान सम्मान गरेको छ । कार्यालयमा शुक्रबार सम्मान आर्थिक वर्ष २०७६ र ७७ वार्षिक समिक्षा गोष्ठीमा उनिहरुलाई टोपी,दोसल्ला र पुस्पगुच्छाले सम्मान गरिएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासिले जानकारि दिए । जिल्लाका स्वीकृत दरबन्दिको करिब ३५ प्रतिशत स्वास्थ्यकर्मीको पद रित्त छ मलासीले भने जनशक्ति कम हुदा पनि उँहाहरुले रातदिन खटेर काम गर्नु भएको छ उँहाहरुको खटाई सम्मानयोग्य छ । क्वारेन्टाइन व्यवस्थापन,स्वाब सङ्कलन,सङक्रमितको हेरचाह सुचना सम्पेषणमा स्थानीय तहका स्वास्थ्य संयोजकहरुको महत्वपुर्ण भुमिका रहेको मलासीले बताए । उनले भने स्वास्थ्यकर्मीको दरबन्दी रित्त हुदाँ निकै समस्या भएको छ ।