रेडियो श्रोता समुहको नेतृत्वमा वृक्षारोपण

Aug 2, 2019

गगन खड्का
श्रावण १७, सुर्खेत

सुर्खेत जिल्ला कर्णाली प्रदेशको राजधानी हो । यहाँका ५ नगरपालिका र ४ गाउँपालिका छन । जसमा भेरीगंगा नगरपालिका पनि एक हो । त्यहाँ विभिन्न सरकारी र नागरिक समाजहरुले विभिन्न खालका कामहरु सञ्चालन हुदै आएका छन ।

जसमा युएसएडको सहयोग तथा आर्थिक सहयोग एफएचआईको ३६० को प्राविधिक सहयोग र सुन्दर नेपाल संस्था को सहजिकरण संचालित पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत रेडियो श्रोत्ता समुह गठन भयका छन । सुर्खेत जिल्लामा ३ वटा रेडियो श्रोत्ता समुह गठन भयका छन । २०७४ साल असार १९ गतेको दिन गठन भयको लेकवेशी रेडियो श्रोता समुह हो । मासिक रुपमा २ पटक बैठक बस्ने गरेको छ । जब श्रोता समुह गठन भई सकेपछि सदस्यहरुको नियमित र सक्रिक रुपका उपस्थित रहेको छ । जसमा सहजकर्ता सहित १७ जनको सहभागिता रहेको छ । समुहले रेडियो साझा बोली कार्यक्रम नियमित सुन्दै आयको छ । कार्यक्रम सुनिकसे पछि सुनेको कुरालाई कार्यान्वन गदै आएका छन ।
वडा होस गाउँमा होस कुनै नयाँ काम गर्दा पनि रेडियो श्रोता समुहको सहभागिता रहेको पाइन्छ । गाउँमा सरसफाई होस बजारको सरसफाई होस विभिन्न अभियानहरुमा सहभागि हुने गरेका छन । जव रेडियो श्रोता समुहमा आवद्धता भएपछि नयाँ नयाँ कुरा थाहा पाएको र पछि त्यहिअनुसार लागु गरेको कुरा समुहको अध्यक्षको भनाई रहेको छ ।

सामाजिक जवाफदेहिताका औजारहरु सामाजिक परिक्षण , सार्वजजिक , सुनुवाई सामाजिक सुनुवाई र सार्वजनिक खर्चको सोधखोज सर्वेक्षण जस्ता कार्यक्रममा सहभागिता र भाग लिई रहेको कुरा समुहका सदस्यहरुको भनाई रहेको ह । भेरीगंगा नगरपालिकाका वडा ११ मा रामघाटमा विभिन्न विकास निर्माणका कार्यहरु भै रहेका छन । यसै गरि वडा ११ रामघाटका विभिन्न ठाउँमा राष्ट्रपति चुरे संरक्षण समिति द्धारा भिरालो कृर्षि भूमिमा बहुवर्षिय बालि कार्यक्रम अन्र्तगत विभिन्न ठाउँमा वृक्षारोपण भएको छ ।

स्वास्थ्य चौकी रामघाटमा असार २९ गते भएको वृक्षारोपण कार्यक्रममा श्रोता समुहका सदस्यहरुको सहभागिता रहेको कुरा समुहका अध्यक्ष सृजना रसाईलीले बताइन । त्यसै गरी गणेश प्रा वि मा पनि सोहि कार्यक्र अन्र्तगत वृक्षारोपण भएको छ । गणेश प्रा वि मा २०७६ साल साउन ११ गतेको दिन शिखर रेडियो श्रोता समुहका सदस्यहरुको नेतृत्वमा भएको वृक्षारोपण कार्यक्रममा सम्पन्न भएको हो । असोक , स्वामी र बहुवर्षिय घाँस गरी २०० वटा बिरुवा रोपेको कुरा समुहका अध्यक्ष सृजना रसाईलीले बताइन । सबै १३०० बिरुवा रोपेको कुरा स्थानीय बासी मिना शाहीले बताईन ।
रेडियो श्रोता समुहले गरेको कामले गाउँमा अरु युवाहरुले पनि केहि सिकेको कुरा रामघाट स्थानीय सभाका संयोजक चन्द्रा आर्चायले बताइन । त्यसै गरी अरु काम पनि गर्ने योजना रहेको कुरा समूहकी सहजकर्ता पुष्पा खड्काले बताइन ।