योजना छनोट प्रक्रियमा रेडियो स्रोता समुहका सदस्यहरु सहभागि हुने

May 11, 2019

सरित चौधरी
बैशाख २७, दाङ 

रेडियो कार्यक्रम साझाबोलीको ६१ औं अंकमा स्थानिय स्तरमा भईरहेको योजना छनोट प्रक्रिया र यसको महत्वको विषयमा कार्यक्रम प्रस्तुत भएको थियो । उक्त विषयामा जनचेतना रेडियो स्रोता समुहका सदस्यहरुमा एक बैठकका बिच छलफल भएको छ । ग्रामिण महिला उत्थान केन्द्रद्वारा सञ्चालित पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत जनचेतना रेडियो स्रोता समुहका गठन भएको हो ।

साझाबोलीको कार्यक्रममा उक्त अंकमा योजना छनोट कसरी गर्ने, कस्तो योजना छनोट गर्ने, समुदायमा के आवस्यकता छ, बस्तीस्तरको योजना कसरी बनाउने जस्ता कुराहरु समेटियका थिए । यो कार्यक्रम सुनेर रेडियो स्रोता समुहका सदस्यहरु पनि स्थानिय तहको योजना छनौट प्रक्रियामा सहभागि हुने बताएका छन । उनिहरुले बस्तिस्तरको योजना बनाई वडामा बुझाउने समेट योजना बनाएका छन् ।

त्यसै बिच स्रोता समुहका सदस्य, स्थानिय समुदायक व्यक्ति, पारस्परिक जवाफदेहिता परियोजनाको पैरवि अधिकृत रजनि श्रेष्ठ, समुदायिक सन्चारकर्मी सरिता चौधरी लगायतको समुहले घोराही उपमाहानगरपालिका वडा नं १, माले गाउँकामा भएको आगलागिको स्थलगत अबलोकन गरेको छ ।

समुहले अग्नी पिडीतलाई राहात उपलब्ध गराउनका लागी सम्बन्धीत निकायसंग पहल गर्नेे  र रेडियो स्रोता समुहको एक महिनाको खाजा खर्च पिडितहरूलाई राहत स्वरुप उपलब्ध गराउने र्निणय समेत गररेको छ । अग्नी पिडीतलाई पारस्परिक जवाफदेहिता परियोजनाका पैरवि अधिकृत रजनि श्रेष्ठले पनि सक्दाे सहयाेग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयाे । 

Member Comment
Rajani Yogi
good work
2 months ago