स्वास्थ्य चौकीको गुणस्तरीय सेवा प्रवाहमा नागरिककाे निगरानी

Mar 25, 2019

स्वास्थ्य चौकीको सेवा प्रवाहमा नागरिक निगरानी

स्वास्थ्य चौकीले नागरिकलाइ प्रदान गरिने सरकारी सेवा सुबिधाका बारेमा स्थानीय नागरिकले चासाे ब्यक्त गर्न थालेका छन् । 

सार्वजनिक निकायले प्रदान गर्दै अाएका सेवाप्रवाहको  प्रभावकारिताका बारेमा स्थानीय नागरिकले निगरानी गरिएको हुन् ।

रेसुंगा नगरपालिका वडा नं १० मा रहेको सिमिचौर स्वास्थ्य चौकीको सेवाका बिषय अन्तर्गत सुचनाको सार्वजनिकीकरण, औषधीको उपलब्धता, कर्मचारीको कार्यसम्पादन प्रकृया र नियमित उपस्थिति, नागरिकको खोपकेन्द्रमा पहुँच अबस्था  लगाएतका विषयमा स्वास्थ्य चौकीमा स्थानीय नागरिक र सेवाप्रदायक बीच प्रत्यक्ष भेटघाट तथा अवलोकन मार्फत उक्त विषयमा जानकारी लिइएको   हो ।

जिल्लाका अन्य स्वास्थ्य चौकीको तुलनामा व्यवस्थित भवन, औषधीको पर्याप्तता र उपलब्धता, नियमित सामाजिक परीक्षण लगाएतका सवल पक्षहरु रहेको उक्त स्वास्थ्य चौकीमा  खानेपानीको पर्याप्त उपलब्धता हुनुपर्ने, स्वास्थ्य चौकीको मासिक प्रगति सुचना पाटीमा टाँस गर्नुपर्ने, निशुल्क औषधीको विवरण सहित टाँसिएको सुची अद्यावधिक गर्नुपर्ने लगाएतका सुधारात्मक पक्षहरु देखिएका छन् । एकीकृत ग्रामीण विकास समाज गुल्मी र एफ.एच.आई ३६० द्jfरा सञ्चालित पारस्पारिक जवाफदेहिता परियोजनाअन्तर्गत सुशासन प्रवद्र्धनका लागि  गठन भएकाे जिल्ला स्तरीय सञ्जालद्धारा उक्त निगरानी गरिएको सहभागी सञ्जालका सदस्य कमला बरालले बताइन् ।

उहाँले सञ्जालले अब छिट्टै नै सामुदायिक विद्यालयको समेत निगरानी गरी आवश्यक सुधारका लागि सम्बन्धित सेवाप्रदायक संस्थालाई सुझाव दिने बताएकी छन् ।