हाम्रो बारे

मेरोरिपोर्ट (www.meroreport.net) नेपालमा नागरिक पत्रकारिता प्रवर्द्धन र पत्रकार तथा ब्लगरहरुबिच छलफल तथा बिचार आदानप्रदान गर्नका लागि स्थापित इन्टरनेट समुदाय (अनलाईन कम्युनिटी) हो । मेरोरिपोर्ट प्रयोगकर्ताबीच कुनै पनि सवालमा समाचार, बिचार र दृष्टिकोण आदानप्रदान गर्ने लोकतान्त्रिक साझा स्थल हो ।

मेरोरिपोर्टमा राखिएका कुनै पनि सामग्री पढ्न र हेर्न जोसुकैले सक्छ तर आफैले समाचार, बिचार, फोटो वा भिडियोहरु राख्नका लागि भने साइन अप (Sign Up) गरेर सदस्य बन्नुपर्दछ । साइन अप गर्नका लागि इमेल, फेसबुक वा ट्वीटर खोलेजस्तै सजिलो छ । त्यसपछि हरेकपटक साइन इन (Sign In) गरेर आफुले पोष्ट गर्न तथा अरुले पोष्ट गरेका सामग्री साझा (Share) गर्न, प्रतिक्रया दिन तथा छलफलमा सहभागी हुन सकिन्छ ।

मेरोरिपोर्टमा सदस्य भइसकेपछि तपाईले त्यहाँभित्र आफ्नो छुट्टै पाना (Profile Page) पाउनु हुनेछ, जहाँ तपाईले:

  • कुनै पनि बिषयका समाचार, रिपोर्ट, लेख ब्लगको रुपमा पोष्ट गर्न,
  • कुनै विषयमा छलफल शुरु गर्न,
  • फोटो, भिडियोहरु अपलोड गर्न,
  • साथीहरूसँग अनलाइन च्याट गर्न,
  • अरुका सामग्रीहरूमा प्रतिक्रिया दिन तथा छलफलमा भाग लिन,
  • आफ्नो कुनै ब्लग भए त्यसबाट फिड (RSS Feed) लिन पनि सक्नुहुन्छ
  • आफ्नो समुदायमा हुन लागेको गतिबिधि प्रचार गर्न,
  • फेसबुक र ट्वीटरमा जस्तै मेरो रिपोर्टमा आफ्नो Status Update गर्न
  • र उक्त स्टाटसलाइ तत्कालै तपाईको फेसबुक र ट्वीटरमा पनि लिंक साझा (Share)गर्न सक्नुहुन्छ ।

यो बाहेक मेरो रिपोर्टमा नागरिक पत्रकारको रुपमा थाहा पाउनुपर्ने उपयोगी सामग्रीहरु पनि राखिएका छन् । अध्ययनका लागि ती सामग्रीहरु उपयोग गर्न पनि सकिनेछ ।

इन्टरनेट छैन, कसरी सहभागि हुने मेरोरिपोर्टमा?

  • यसका लागि पैसा नलाग्ने फोन नम्बर १६६००१००४५६ मा फोन गरेर कुनै पनि समाचार वा जानकारी आफ्नै आवाजमा रेकर्ड गराउन सकिन्छ । तपाईको रेकर्ड सुनेर त्यसलाई मेरो रिपोर्टमा राखिन्छ ।
  • पैसा नलाग्ने ७१७१ मा पठाइएका एसएमएस सन्देशहरु पनि मेरोरिपोर्टमा राखिनेछ ।

थप जिज्ञाशाको समाधानका लागि बारम्बार सोधिने प्रश्नहरू हेर्नुहोस् अथवाcj@meroreport.net मा इमेल गर्नुहोस् ।