MeroReport

Encouraging and supporting citizen journalism in Nepal

ट्वीटरकाण्ड र अनुत्तरित प्रश्नहरू #TwitterKanda #questions #Kantipur

शुरूमैः नेपालका मूलधारका पत्रिकाहरूको बारेमा लेख्ने क्रममा यसपटक कान्तिपुरका बारेमा लेखिएको हो । कुनै व्यक्ति विशेषलाइ इंगित गर्नुभन्दा पनि प्रवृत्तिलाइ इंगित गरेको हो । यसबाट कुनै व्यक्तिमा असुविधा पर्न गएमा यो ब्लगर क्षमाप्रार्थी छ ।

केस नं. १: २०५६ सालको चुनावमा कान्तिपुरका तत्कालिन साहु बिनोद ज्ञवालीलाइ कांग्रेसको तर्फबाट टिकट नदिएको झोंकमा कान्तिपुरले कृष्णप्रसाद भट्टराइको विरूद्धमा लेख्न शुरू गर्यो । पर्सा र काठमाडौंबाट चुनाव लडेका भट्टराइलाइ हराउने मिसनस्वरूप उनका कमजोरीका बारेमा प्रशस्त लेखहरू छापिए । अहिले नागरिकका प्रधान सम्पादक रहेका नारायण वाग्लेले पनि साहुलाइ सघाउँदै एंकर न्यूज लेखे । भट्टराइको समर्थनमा एउटा समाचार लेखेवापत कान्तिपुरका तत्कालीन एक डेस्क चिफलाइ व्यवस्थापनले एक महिनासम्म निलम्वन गर्यो ।

केस नं. २: केही महिना अगाडि कान्तिपुरमा सरोजराज अधिकारीले सुरक्षा र आइएनजीओहरूले सुरक्षामा गरिरहेको खर्चका बारेमा एउटा रिपोर्ट छापे । केही संस्थाहरूको नाम पनि अतिरञ्जित रूपमा आयो तर उनकै प्रधान सम्पादक सुधिर शर्माले एक आइएनजीओबाट सुरक्षासम्वन्धी रिपोर्टका लागि लिएको पैसाबारे केही उल्लेख भएन ।

केस नं. ३: केही महिनाअघि कान्तिपुरका लागि रिपोर्टिङ गर्ने पश्चिमाञ्चलको एक पहाडी जिल्लाका पत्रकारले एक विकासे संस्थामा काम गर्ने मित्रलाइ थर्काए । सामान्य कुराकानीकै क्रममा विनाप्रसंग "तिमीहरूले के कति पैसा खाएका छौ भन्ने हाम्लाइ थाहा छैन र? के ठूला गफ गर्छौ?" भने । यो जिल्ला मात्र होइन, अन्य जिल्लामा पनि कान्तिपुरका जिल्ला संवाददाताहरू आफूलाइ सिडिओ भन्ने ठान्छन् भन्ने प्रशस्तै सुनिन्छ ।

केस नं. ४: गएको शुक्रबार कान्तिपुरको शुक्रबारे सप्लिमेन्ट हेल्लो शुक्रबारमा सधैजस्तो ट्वीट छापियो । शुरूवातका दिनहरूमा अलिक छानेरै ट्वीट छापिएको महशुस भएको थियो । तर पछिल्लो केही हप्ता छाप्न अलिक अनुपयुक्त लाग्ने ट्वीट छापिएका थिए । गएको शुक्रबार भने यसले नराम्रो मोड लियो । नेपालडायरी नामको ट्वीटर नाम भएका एकजना मित्रले अफिसकी हाकिम्नीका बारेमा लेख्नुभएको ट्वीट पत्रिकामा छापियो जसले गर्दा उहाँको जागिर संकटमा पर्यो । पछि कान्तिपुरसँग सम्वन्धित व्यक्तिहरूसँग कुराकानी गर्दा यस विषयमा उनीहरूलाइ कुनै चासो नभएको र जे गरिरहेका छन्, सही गरिरहेका छन् भन्ने आशयको जवाफ पाइयो । यसैकारण ट्वीटर चलाइरहेका केहीले ट्वीटर अकाउन्ट नै बन्द गरे ।

 

यी केही प्रतिनिधी घटनाहरू हुन् जहाँ कान्तिपुर आफ्नो देखाउने नारा 'सूचना, तपाइको अधिकार' बाट चुकिरहेको छ, साथै सञ्चारकर्म वा पत्रकारिताको महत्वपूर्ण पाटो सामाजिक उत्तरदायित्वबाट टाढा टाढा पुगिरहेको छ । यो कुरा मलाइ केही महिनाअघि मेरा एकजना मित्रले केस नं. ३ सुनाउँदा नै लेख्न मन लागेको थियो। अहिले केस नं. ४ बहसमा आइरहेको छ, जसबारेमा केही लेख्न मन लागेको छ ।

ट्वीटर सोसल मिडिया हो । अन्य सोसल मिडियामा जस्तै यहाँ पनि एउटा सोसाइटी/कम्युनिटी निर्माण भएको हुन्छ विशेष गरि आफूले पछ्याउने र आफूलाइ पछ्याउनेको बीचमा । त्यही सोसाइटीबिच ट्वीटहरू बाँडिन्छन् वा साझा गरिन्छन् । तीनै ट्वीटमध्येबाट केही ट्वीटहरू कान्तिपुरको युवाकेन्द्रीत शुक्रबारे सप्लिमेन्ट हेल्लो शुक्रबारले छाप्न थाल्यो, ब्रायन आडम्सले काठमाडौंमा कन्सर्ट गरेलगत्तैदेखि । यही क्रममा गएको शुक्रबार उल्लेखित केस नं. ४ मा भनिएको घटना भयो । हरेक शुक्रबार ट्वीटरमा हुने ट्वीटडिबेटमा यही विषयलाइ ल्याइयो, जसबारे जानकारी यहाँ छ । त्यसलगत्तै, कान्तिपुरका सम्पादकलाइ सम्वोधन गरेको एउटा खुलापत्र लेखियो । प्रत्यक्ष ट्वीटडिबेटमा भाग नलिएपनि भोलिपल्ट हेल्लो शुक्रबारका संयोजक आशिष लुइटेल (आलु) र केही ट्वीटर चलाउनेहरूबीच ट्वीटरमा छलफल भयो । साथै, कान्तिपुरमा लामो समयदेखि कार्यरत र अहिलेका शनिबार पेजका संयोजक दिनेश वाग्लेका ट्वीट पनि देखियो, जसको स्न्यापसट यहाँ छ । 


यी स्न्यापसट वा उहाँहरूको टाइमलाइन हेर्दा यस्तो लाग्छ की उहाँहरूलाइ जे पनि गर्ने अधिकार छ । उहाँहरू आफूले चाहेको काम गर्न सक्नुहुन्छ, अरूको मतलब छैन । उहाँहरूले त्यसो गर्न सक्ने हतियार भनेको पत्रकारिता हो । यी ट्वीटहरूबाट सिधै बुझ्ने एउटा पाटो, उहाँहरूको पत्रकारिताको कुनै सोसल रेस्पोन्सिबिलिटी अर्थात् सामाजिक उत्तरदायित्व छैन । अर्को पाटो भनेको, उहाँहरू 2.0 को कुरा गर्नुहुन्छ तर व्यवहारमा 1.0 मै हुनुहुन्छ, अर्थात् उहाँहरू संवाद (Conversation) गर्न चाहनुहुन्न वा पाठकसँग अन्तरक्रिया गर्नुहुन्न भन्ने मानसिकतामा हुनुहुन्छ ।

यो मानसिकताको पछाडि माथिका केसहरूमा उल्लेख समान पाटो छ, कान्तिपुर । झण्डै दुइ दशक लामो इतिहास बनाउन लागेको कान्तिपुरले अहिले सबैभन्दा धनी सञ्चारमाध्यम र सबैभन्दा बढी अडियन्स भएको दावी गर्छ, तर किन यसमा काम गर्ने सञ्चारकर्मी अथवा पत्रकारहरू बढी व्यवसायिक (Professional) हुन नसकेका होलान्? के एउटा कमन सेन्स पनि लगाउन सक्दैनन् हेल्लो शुक्रबारका कोर्डिनेटर? के उनीहरूलाइ इथिक्स वा कोड अफ कन्डक्टको बारेमा थाहा छैन? यो समाचार, तस्वीर वा सामग्रीले भविष्यमा उनीहरू स्वयं र पाठकलाइ कस्तो प्रभाव पार्छ भन्ने सोच्ने क्षमता छैन उनीहरूमा? के एकपटक पाठकको नजरबाट हेर्न सक्दैनन् उनीहरू? सेड (Said) जर्नालिज्मबाट बाहिर निस्किन सक्दैनन्? के उनीहरूमा गल्ती महशुस गर्न सक्दैनन् अथवा भविष्यमा सुधार गर्छौं भन्न सक्दैनन्? के उनीहरू नरम भएर संवाद गर्न सक्दैनन्? के यो संसारमा पत्रकारिता जानेका उनीहरू मात्रै हुन्? के उनीहरूको कुनै सामाजिक उत्तरदायित्व छैन?

पत्रकारिता राज्यको चौथो अंग, समाजको अग्रदूत हो र पत्रकारहरू वाचडग हुन् । पत्रकारहरू जिम्मेवार हुन्छन् भन्ने मेरो बुझाइ हो । म त्यति जिम्मेवार हुन सक्दिन जस्तो लाग्छ, त्यसैले म पत्रकार बन्न सक्दिन । पत्रकारहरू समाजप्रति उत्तरदायि हुनुपर्छ भनिन्छ, तर तपाइहरूको चाला देख्दा लाग्छ, तपाइ आफू र साहुप्रति मात्र उत्तरदायी हुनुहुन्छ । तपाइका पाठकहरूलाइ त तपाइहरू केही गन्नुहुँदोरहेनछ भन्ने भान हुन्छ ।

अहिले युनिभर्सिटीमा मिडिया पढ्नेहरूलाइ हेर्नुभयो भने उनीहरूमा मूलधारको सञ्चारमाध्यममा काम गर्ने उत्साह छैन । उनीहरू भन्छन्, उनीहरू मिडिया लिट्रेसीका लागि मात्र युनिभर्सिटीमा मास कम्युनिकेसन वा जर्नलिज्म पढेका हुन् । पत्रिकामा छापिने समाचार वा सामग्रीप्रति उनीहरूको विश्वास छैन । यसको पछाडि कतै न कतै तपाइहरूले गर्नुभएको पत्रकारिता जिम्मेवार छैन र???

ट्वीट स्क्रिनसटहरू साभारः http://tweetdebate.net/?p=115

Views: 58

Tags: aashishluitel, dineshwagle, journalism, kantipur

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Kalyan on April 21, 2011 at 9:56pm

जव पत्रकारहरूले अपराधीले जस्तै धम्क्याउँछन्, र जनताहरू डराउँछन्... 

http://xnepali.com/when-journalists-threaten-like-criminals-and-peo...

Comment by Santosh Devkota on April 21, 2011 at 12:05pm
सञ्चार जस्तो संवेदनशील विषयमा “जे पनि गर्ने” अधिकार कुनै पनि सञ्चार माध्यमलाई छैन्, न यो अधिकार (जे पनि गर्ने) अधिकार व्यक्ति, परीवार, समाज कसैलाई छैन । झन यस्तो संस्था जसले १० लाख पाठकलाई सु–सुचित पार्न जिम्मेवार छ, त्यस्तो ठाउँबाट (टुइटरको स्क्रिन सट मार्पmत) भद्र भदालमी साथीले बोल्नु भएको कुरा साह्रै नै लज्जास्पद\हास्यासपद र गैर जिम्मेवारीपूर्ण लाग्यो । वहाँहरुले गर्ने काम वहाँहरुलाई जम्मै ठिक लाग्दो रहेछ, वहाँहरुलाई आपूmलाई विशेषज्ञ\ज्ञाता ठान्नुहुँदो रहेछ यो वहाँहरुले देख्नु भएको भ्रम हो या सत्य यसको लागि फेरी एक अर्कैखाले बुजुकीको आवश्यक्ता मैले फेला पारे । मैले नबुझेको कुरा यति हो ।

सायद वहाँहरुले आप्mनो सम्मानीत संगठन “प्रेस काउन्सिल नेपाल”को पत्रकार आचार संहिताको केही बुँदा बुभ्mनु भएन वा बुभ्mनै खोज्नु भएन वा १० लाख पाठक दावी गर्नेको बेग्लैखाले आचार सहिता छ, के हो शायद त्यस्तै नेपत्थ्य भित्रको वास्तविकताले दिएको उत्तर हुनुपर्छ ।

म न कुनै पत्रकार हो, न म कुनै विशेषज्ञ वा ज्ञाता नै हुँ । तर प्रेस काउन्सिल नेपालले आम प्रेस र पत्रकारका लागि जारी गरेको सम्मानीत आचारसंहिता ले पहिले देखि बोल्दै आएको कुरा र –२०६० मार्पmत मैले बुझेका दुइटा मात्र बुँदा १० लाख पाठकका सारथीबिच राख्न चाहन्छु...........

पुस्तक -: पत्रकार आचार संहिता–२०६० संशोधित २०६४
विषय सुची नं. ३ पाना नं. ४ बुंदा नं. ६ गोपनीयताको हकको सम्मान -: सार्वजनिक हितमा प्रतिकूल असर पार्ने बाहेकको अवस्थामा वैयक्तिक एवं व्यवसायिक गोपनीयताको सम्मान गर्नुपर्दछ ।

विषय सूची नं. ४ पाना नं. ६ बुंदा नं. ४ निजी स्वार्थपूर्तिका लागि प्रयोग गर्न नहुने -: सञ्चार माध्यम वा पत्रकारले प्रकाशन–प्रसारण वा समाचार सामग्रीको रुपमा वितरण गर्ने उद्देश्यले लिइएका सूचना सामग्री सार्वजनिक प्रयोग नगरी व्यक्ति वा संस्थाको निजी स्वार्थपूर्तिका लागि प्रयोग गर्नुहुँदैन ।
========================================================================
बाँकी जहाँसम्म पासवर्ड बाहिरको संसारमा साथिले जसरी खानदानी सम्पति माथिको अधिकार भैm गर्नुभएको छ, सत्य पनि हो तर मेरोलागि पत्रकारीता जस्तो सम्मानजनक\मयार्दित पेशा कपि अनि पेस्ट भन्दा धेरै पर छ जस्तो लाग्छ । वहाँहरुले भनेभैm “जे पनि गर्ने” अधिकार त समाज तथा मानवीयताका विरुद्ध एकखाले भद्र रावणराज म ठान्छु । बाँकी विज्ञ भने पनि ज्ञाता भनेपनि वहाँहरु हुँदै हुनुहुन्छ ।
Comment by सरोज कार्की on April 21, 2011 at 8:19am
paathak patra ko mahatwa napadekaa ni patrakaar , ha ha ha ... @आलु @wagle
Comment by Bhumika Ghimire on April 21, 2011 at 12:49am

interesting post. i blogged about this at Nepal Blogs and Mukunda ji has linked to my post in his comment (thanks!).

 

by adding historical context you have added more to discussion, not just the recent "twitter kanda". true, we should use this  as an opportunity to debate and improve standrad of journalism and not focus on personal issues.

 

also, it is troubling to see that Kantipur has not been able to be truly professional in many occasion.

 

Comment by ajay raj rijal on April 20, 2011 at 10:34pm
maile ashish luitel ka ghamanda le bhari purna kaiyaun lekh haru padhya chhu.... patrakar ko naam ma atyanta ghamandi yesta byakti sanga mukh lagera kei faida chaina..... manau samaj afu bina chaldaina bhanne sochai rakhne yesta lai sanga bahas garera kei faida chaina..... 3rd class ni haina ...class nabhayeka patrakar ka naam ma kalanka huun yi chor haru
Comment by Raju Dawadi on April 20, 2011 at 10:02pm
यस्ता 3rd class सोचाई भएका पनि 'पत्रकार' हुनु नै दुर्भाग्य
Comment by Mukunda Nepal on April 20, 2011 at 9:46pm

© 2012   Created by Equal Access.

Badges  |  Report an Issue  |  Terms of Service