Encouraging and supporting citizen journalism in Nepal
शुरूमैः नेपालका मूलधारका पत्रिकाहरूको बारेमा लेख्ने क्रममा यसपटक कान्तिपुरका बारेमा लेखिएको हो । कुनै व्यक्ति विशेषलाइ इंगित गर्नुभन्दा पनि प्रवृत्तिलाइ इंगित गरेको हो । यसबाट कुनै व्यक्तिमा असुविधा पर्न गएमा यो ब्लगर क्षमाप्रार्थी छ ।
केस नं. १: २०५६ सालको चुनावमा कान्तिपुरका तत्कालिन साहु बिनोद ज्ञवालीलाइ कांग्रेसको तर्फबाट टिकट नदिएको झोंकमा कान्तिपुरले कृष्णप्रसाद भट्टराइको विरूद्धमा लेख्न शुरू गर्यो । पर्सा र काठमाडौंबाट चुनाव लडेका भट्टराइलाइ हराउने मिसनस्वरूप उनका कमजोरीका बारेमा प्रशस्त लेखहरू छापिए । अहिले नागरिकका प्रधान सम्पादक रहेका नारायण वाग्लेले पनि साहुलाइ सघाउँदै एंकर न्यूज लेखे । भट्टराइको समर्थनमा एउटा समाचार लेखेवापत कान्तिपुरका तत्कालीन एक डेस्क चिफलाइ व्यवस्थापनले एक महिनासम्म निलम्वन गर्यो ।
केस नं. २: केही महिना अगाडि कान्तिपुरमा सरोजराज अधिकारीले सुरक्षा र आइएनजीओहरूले सुरक्षामा गरिरहेको खर्चका बारेमा एउटा रिपोर्ट छापे । केही संस्थाहरूको नाम पनि अतिरञ्जित रूपमा आयो तर उनकै प्रधान सम्पादक सुधिर शर्माले एक आइएनजीओबाट सुरक्षासम्वन्धी रिपोर्टका लागि लिएको पैसाबारे केही उल्लेख भएन ।
केस नं. ३: केही महिनाअघि कान्तिपुरका लागि रिपोर्टिङ गर्ने पश्चिमाञ्चलको एक पहाडी जिल्लाका पत्रकारले एक विकासे संस्थामा काम गर्ने मित्रलाइ थर्काए । सामान्य कुराकानीकै क्रममा विनाप्रसंग "तिमीहरूले के कति पैसा खाएका छौ भन्ने हाम्लाइ थाहा छैन र? के ठूला गफ गर्छौ?" भने । यो जिल्ला मात्र होइन, अन्य जिल्लामा पनि कान्तिपुरका जिल्ला संवाददाताहरू आफूलाइ सिडिओ भन्ने ठान्छन् भन्ने प्रशस्तै सुनिन्छ ।
केस नं. ४: गएको शुक्रबार कान्तिपुरको शुक्रबारे सप्लिमेन्ट हेल्लो शुक्रबारमा सधैजस्तो ट्वीट छापियो । शुरूवातका दिनहरूमा अलिक छानेरै ट्वीट छापिएको महशुस भएको थियो । तर पछिल्लो केही हप्ता छाप्न अलिक अनुपयुक्त लाग्ने ट्वीट छापिएका थिए । गएको शुक्रबार भने यसले नराम्रो मोड लियो । नेपालडायरी नामको ट्वीटर नाम भएका एकजना मित्रले अफिसकी हाकिम्नीका बारेमा लेख्नुभएको ट्वीट पत्रिकामा छापियो जसले गर्दा उहाँको जागिर संकटमा पर्यो । पछि कान्तिपुरसँग सम्वन्धित व्यक्तिहरूसँग कुराकानी गर्दा यस विषयमा उनीहरूलाइ कुनै चासो नभएको र जे गरिरहेका छन्, सही गरिरहेका छन् भन्ने आशयको जवाफ पाइयो । यसैकारण ट्वीटर चलाइरहेका केहीले ट्वीटर अकाउन्ट नै बन्द गरे ।
यी केही प्रतिनिधी घटनाहरू हुन् जहाँ कान्तिपुर आफ्नो देखाउने नारा 'सूचना, तपाइको अधिकार' बाट चुकिरहेको छ, साथै सञ्चारकर्म वा पत्रकारिताको महत्वपूर्ण पाटो सामाजिक उत्तरदायित्वबाट टाढा टाढा पुगिरहेको छ । यो कुरा मलाइ केही महिनाअघि मेरा एकजना मित्रले केस नं. ३ सुनाउँदा नै लेख्न मन लागेको थियो। अहिले केस नं. ४ बहसमा आइरहेको छ, जसबारेमा केही लेख्न मन लागेको छ ।
ट्वीटर सोसल मिडिया हो । अन्य सोसल मिडियामा जस्तै यहाँ पनि एउटा सोसाइटी/कम्युनिटी निर्माण भएको हुन्छ विशेष गरि आफूले पछ्याउने र आफूलाइ पछ्याउनेको बीचमा । त्यही सोसाइटीबिच ट्वीटहरू बाँडिन्छन् वा साझा गरिन्छन् । तीनै ट्वीटमध्येबाट केही ट्वीटहरू कान्तिपुरको युवाकेन्द्रीत शुक्रबारे सप्लिमेन्ट हेल्लो शुक्रबारले छाप्न थाल्यो, ब्रायन आडम्सले काठमाडौंमा कन्सर्ट गरेलगत्तैदेखि । यही क्रममा गएको शुक्रबार उल्लेखित केस नं. ४ मा भनिएको घटना भयो । हरेक शुक्रबार ट्वीटरमा हुने ट्वीटडिबेटमा यही विषयलाइ ल्याइयो, जसबारे जानकारी यहाँ छ । त्यसलगत्तै, कान्तिपुरका सम्पादकलाइ सम्वोधन गरेको एउटा खुलापत्र लेखियो । प्रत्यक्ष ट्वीटडिबेटमा भाग नलिएपनि भोलिपल्ट हेल्लो शुक्रबारका संयोजक आशिष लुइटेल (आलु) र केही ट्वीटर चलाउनेहरूबीच ट्वीटरमा छलफल भयो । साथै, कान्तिपुरमा लामो समयदेखि कार्यरत र अहिलेका शनिबार पेजका संयोजक दिनेश वाग्लेका ट्वीट पनि देखियो, जसको स्न्यापसट यहाँ छ ।








यी स्न्यापसट वा उहाँहरूको टाइमलाइन हेर्दा यस्तो लाग्छ की उहाँहरूलाइ जे पनि गर्ने अधिकार छ । उहाँहरू आफूले चाहेको काम गर्न सक्नुहुन्छ, अरूको मतलब छैन । उहाँहरूले त्यसो गर्न सक्ने हतियार भनेको पत्रकारिता हो । यी ट्वीटहरूबाट सिधै बुझ्ने एउटा पाटो, उहाँहरूको पत्रकारिताको कुनै सोसल रेस्पोन्सिबिलिटी अर्थात् सामाजिक उत्तरदायित्व छैन । अर्को पाटो भनेको, उहाँहरू 2.0 को कुरा गर्नुहुन्छ तर व्यवहारमा 1.0 मै हुनुहुन्छ, अर्थात् उहाँहरू संवाद (Conversation) गर्न चाहनुहुन्न वा पाठकसँग अन्तरक्रिया गर्नुहुन्न भन्ने मानसिकतामा हुनुहुन्छ ।
यो मानसिकताको पछाडि माथिका केसहरूमा उल्लेख समान पाटो छ, कान्तिपुर । झण्डै दुइ दशक लामो इतिहास बनाउन लागेको कान्तिपुरले अहिले सबैभन्दा धनी सञ्चारमाध्यम र सबैभन्दा बढी अडियन्स भएको दावी गर्छ, तर किन यसमा काम गर्ने सञ्चारकर्मी अथवा पत्रकारहरू बढी व्यवसायिक (Professional) हुन नसकेका होलान्? के एउटा कमन सेन्स पनि लगाउन सक्दैनन् हेल्लो शुक्रबारका कोर्डिनेटर? के उनीहरूलाइ इथिक्स वा कोड अफ कन्डक्टको बारेमा थाहा छैन? यो समाचार, तस्वीर वा सामग्रीले भविष्यमा उनीहरू स्वयं र पाठकलाइ कस्तो प्रभाव पार्छ भन्ने सोच्ने क्षमता छैन उनीहरूमा? के एकपटक पाठकको नजरबाट हेर्न सक्दैनन् उनीहरू? सेड (Said) जर्नालिज्मबाट बाहिर निस्किन सक्दैनन्? के उनीहरूमा गल्ती महशुस गर्न सक्दैनन् अथवा भविष्यमा सुधार गर्छौं भन्न सक्दैनन्? के उनीहरू नरम भएर संवाद गर्न सक्दैनन्? के यो संसारमा पत्रकारिता जानेका उनीहरू मात्रै हुन्? के उनीहरूको कुनै सामाजिक उत्तरदायित्व छैन?
पत्रकारिता राज्यको चौथो अंग, समाजको अग्रदूत हो र पत्रकारहरू वाचडग हुन् । पत्रकारहरू जिम्मेवार हुन्छन् भन्ने मेरो बुझाइ हो । म त्यति जिम्मेवार हुन सक्दिन जस्तो लाग्छ, त्यसैले म पत्रकार बन्न सक्दिन । पत्रकारहरू समाजप्रति उत्तरदायि हुनुपर्छ भनिन्छ, तर तपाइहरूको चाला देख्दा लाग्छ, तपाइ आफू र साहुप्रति मात्र उत्तरदायी हुनुहुन्छ । तपाइका पाठकहरूलाइ त तपाइहरू केही गन्नुहुँदोरहेनछ भन्ने भान हुन्छ ।
अहिले युनिभर्सिटीमा मिडिया पढ्नेहरूलाइ हेर्नुभयो भने उनीहरूमा मूलधारको सञ्चारमाध्यममा काम गर्ने उत्साह छैन । उनीहरू भन्छन्, उनीहरू मिडिया लिट्रेसीका लागि मात्र युनिभर्सिटीमा मास कम्युनिकेसन वा जर्नलिज्म पढेका हुन् । पत्रिकामा छापिने समाचार वा सामग्रीप्रति उनीहरूको विश्वास छैन । यसको पछाडि कतै न कतै तपाइहरूले गर्नुभएको पत्रकारिता जिम्मेवार छैन र???
ट्वीट स्क्रिनसटहरू साभारः http://tweetdebate.net/?p=115
Comment
Comment by Kalyan on April 21, 2011 at 9:56pm जव पत्रकारहरूले अपराधीले जस्तै धम्क्याउँछन्, र जनताहरू डराउँछन्... 
http://xnepali.com/when-journalists-threaten-like-criminals-and-peo...
Comment by Santosh Devkota on April 21, 2011 at 12:05pm
Comment by सरोज कार्की on April 21, 2011 at 8:19am
Comment by Bhumika Ghimire on April 21, 2011 at 12:49am interesting post. i blogged about this at Nepal Blogs and Mukunda ji has linked to my post in his comment (thanks!).
by adding historical context you have added more to discussion, not just the recent "twitter kanda". true, we should use this as an opportunity to debate and improve standrad of journalism and not focus on personal issues.
also, it is troubling to see that Kantipur has not been able to be truly professional in many occasion.
Comment by ajay raj rijal on April 20, 2011 at 10:34pm
Comment by Raju Dawadi on April 20, 2011 at 10:02pm
Comment by Mukunda Nepal on April 20, 2011 at 9:46pm सन्दर्भ गजव छ । थाहा नभएका केही केसहरू थाहा पाइयो, तर अलिक कडा भो की भन्ने लागेको हो । थप अध्ययनका लागिः
3) Debate Summary – Sneaky Journalism
4) Letter to Kantipur publication
5) An incompetent talks Twitter, Kantipur, ethics and the law
6) Taking Twitter for granted – Hello Sukrabar
9) Twitter, Silliness Policing and Kantipur
10) बाँच अनि बाँच्न देऊ #TwitterKanda
11) When journalists threaten like criminals and people start to run away in fear
12) Sneaky #Journalism (#snkyjrn ) from Kantipur- Taking #Twitter for #Granted
14) Thoughts On Ongoing Issue on Nepali Tweetosphere #TwitterKanda #Opi...
© 2012 Created by Equal Access.
You need to be a member of MeroReport to add comments!
Join MeroReport