बैद्यको बन्द : फोटो फिचर

संविधानसभाको निर्वाचनको मुखमा आएर नेकपा-माओवादी सहितको ३३ दलीय मोर्चाले आव्हान गरेको आम हड्ताल सहितको बन्दको पहिलो दिन दिउसोसम्मको अवस्था हेर्दा बन्दको प्रभाव केही मात्रामा भएपनि त्यस्तो ठुलो अप्रिय घटना भने हुन पाएको छैन । बन्दका बारेमा पक्ष-विपक्ष बिचको जुहारी सुन्दा र सडकमा बिहानैदेखि सेनाको गस्ती समेत हेर्दा बन्दका क्रममा केही हुन्छ कि भन्ने डर आम नागरिकमा भने थियो  नै । सोही बन्दका क्रममा थापाथलीदेखि पुल्चोक आकाशेपुलसम्म आईपुग्दा देखिएका केही फोटोहरु यहाँ राखिएको छ । 

सुरक्षा ब्यवस्था : 

थापाथली पुलछेउमा उभिएका म्यादी प्रहरीहरु

कुपण्डोलमा सेना, प्रहरी र म्यादी प्रहरीको संयुक्त टोली

सेनाको गस्ती भ्यान पुल्चोकमा । 

उच्च अधिकारीहरुको सुरक्षार्थ स्कर्टिङ सहितको सुरक्षा ब्यवस्था । 

बन्दमा चहलपहल : 

आम-हडताल सहितको भन्द भनिएपनि अघिपछिको बन्द भन्दा उल्लेख्य मात्रामा सवारी साधनहरु सडकमा गुडेका छन् । स्थान: पुल्चोक ।

बन्दको भद्र अवज्ञा गर्दै हिँडेका सवारी साधनहरु । स्थान : कुपण्डोल ।

सुरक्षाकर्मीको सहायतामा संचालित साझा यातायात । स्थान : कुपण्डोल ।

प्रत्यक्ष प्रभावित: काम गरि खानेहरु

तरकारी ब्यवसायी । स्थान : कुपण्डोल हाईट । 

पुल्चोकमा ममफली बेच्ने यी महिला र पुरुष कुरा गर्दैथिए : 'जसका लागि भन्दै बन्द गर्छन, सबैभन्दा पहिला उनैको गास खोस्छन् ।'

पसल सबै बन्द भएपछि रिक्सा डोर्‍याउँदै घर फर्किन लागेका एक मजदुर । स्थान: पुल्चोक ।

बन्द अर्थात साईकल डे

पुल्चोकको आकाशे पुलमुनि साईकल हुँईकाउँदै एक युवा ।

साईकल यात्रामा रमाउने यो बिदेशी जोडीलाई भने बन्द रमाईलो नै लागिरहेको छ । स्थान : पुल्चोक ।

खुल्ला सडकमा साईकल सिक्ने तयारीमा छिन यी किशोरी । स्थान : पुल्चोक ।

अफिस पुग्नेहरुलाई साईकलले नै केही राहत दिएको छ । स्थान: पुल्चोक । 

पैदलयात्रुको सास्ती

बच्चा लिएर निस्केका एक जोडी र खुल्ला सडकमा 'स्कूटी' हूँईकाउँदै एक बालक ।

एक त बन्द, त्यसमाथि फोनको तनाव ! स्थान : पुल्चोक ।

बन्दको एक निकटतम साथी: फोन, स्थान : पुल्चोक ।

हेलो... हेलो, म बाटोमा । स्थान : पुल्चोक ।

अँझै गर्मी हट्या छैन ! स्थान: पुल्चोक । 

'अर्को साझा आउने बेला भएन अँझै !' सवारी साधन कुर्दै यात्रु । स्थान : पुल्चोक ।

Views: 357

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Mutual Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service