एक इन्च जमीन बाँझो रहँदा मन दुख्ने किसान

"अलिकती जमीन पनि बाँझो राख्न हुदैन, जमिनको महत्व नबुझेकाले मात्र यस्तो गर्दछन । मलाई अलिकती जमीन बाँझो राख्दा पनि मन दुख्छ" भन्छन लिलाराम शर्मा ।  

दुइ कटठा जग्गामा बिभिन्न जातका उनले घाँसहरु  लगाएका छन, बारेमास हरियो घास गाइ भैसीलाई खुवाएर पशुपालन ब्यवसाय गर्नु उनको अर्को बिषेशता हो । लिलाराम शर्मा गुल्मीको मेलपोखरी गाबिसमा जन्मेका हुन। अहिले उनी निकै लगनशील ,मेहेनिती अगुवा कृषकका रुपमा समेत परिचित हुदै आएका छन । उनको धरमा जाने जोकोहीलाई पनि एक गिलास दुध वा दही खुवाएर नै पठाउने गर्दछन ।  

घर नजिकै रहेको दुइ कटठा जग्गामा रहेको उनको घाँस तथा फलफुल बारीले बातावरण स्वच्छ पार्नुका सार्थै बेला-बेला बिभिन्न जिल्लाबाट आउने किसानहरुको मन नै आकर्षण गरिदिन्छ ।   

उनको बारीमा केरा, मेवा, कागती, कटहर, बेलाउती रहेका छन । उता घाँसको कुरा गर्ने हो भने किमु, इपिलइपिल ,स्टाइले, जौ, भिमल जस्ता बोटबिरुवा रहेका छन। यही घाँसको भरमा नै गाइ भैसी पालेको बताउँदछन ।  

कोहलपुर ४ मसुरीखेतका अर्का किसान लिलाधर बाग्लेले भने अहि फरक तरिकाले गाइ भैसी पालेका छन। उनले पनि ३ कटठा जग्गामा घास खेती गरेका छन र उनले पराललाई ३० मिनेट पानीमा भिजाएर अनि मात्र आरा मेसिनमा काटेर हरियो घासमा मिलाएर भैसीलाई खुवाउने गर्दछन । यसरी तयार गरिएको घासलाई उनले भुस मोलेर दैनिक २÷२ डालेका दरले ३ चोटी खुवाउने गरेको बताउदछन। उनको ब्यवस्थित गोठ समेत रहेको छ भने दैनिक १३ लिटर दुध समेत बेच्ने गर्दछन  ।  

उनको बारीमा उन्नत जातका घाँसहरु मात्र पाइन्छ । उनले बर्षमा १ चोटी ३० हजार सम्मको नेपियर जातको घाँस समेत बेच्ने गरेको बताउदछन ।   

निकै मेहेनिती बाग्ले उमेरको हिसाबले ५५ बर्ष पुगिसकेका छन तर उनको काम गराइको जोसलाई हेर्न हो भने १९ ÷२० बर्षको ठिटोले गर्ने काम जस्तै गर्दछन । गाइ भैसी बिरामी हुदा घरकै जडिबुटि खुवाउनु उनको अर्को बिषेशता हो ।

Views: 43

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Mutual Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service