मलेसियामा नेपाली कामदारलाई मृत्युदण्डको फैसला-नातिको जीवनरक्षा माग्दै ८३ वर्षिय धनबहादुर

नुवाकोट जिल्ला बर्सुन्चेत गाविस वडा नं १ स्थायी घर भएका हरि बहादुर घले रोजगारीका सिलसिलामा सन् २००१ मा मलेसिया गएका थिए । रोजगारी सम्झौता सकेर नेपाल फर्कने क्रममा उनी पक्राउ परेका थिए । रोजगारी सकेर घर फर्कने क्रममा पक्राउ परेका निजको झोलामा लागु औषध भेटिएको भन्दै मलेसिया सुरक्षा निकायले उनलाई पक्राउ गरेको थियो । पक्राउ पर्दा २३ वर्षका रहेका उनी अहिले ३२ वर्षका भएका छन् । छोरा पक्राउ परेको खवर सुनेपछि निरन्तर जीवन रक्षाका लागि पहल गरेका हरि बहादुर घलेका आमा बुवा यस विचमा एक वर्षको फरकमा चिन्ताले दुबैको मृत्यु भइसकेको छ । आफ्ना छोराको जीवन रक्षाका लागि भएको घरजग्गा समेत बेचेर लागिपरेका हरिका आमा बुवाले अन्तिममा छोरा कै अनुहार नदेखी संसार छाडे । अहिले ८३ वर्षिय हजुरबुवा धन बहादुर घले नातिको जीवनरक्षाका लागि सरकार र सबै सरोकारवालासँग हारगुहार गर्न लौरोको सहारामा काठमाडौं आएका छन् । 

हरिवहादुरलाई सन् २००३ मे ३० मा लागु औषध कारोबारको अभियोगमा पक्राउ गरिएको हो । यही अभियोगमा सन् २००९ को नोभेम्बर २६ मा त्यहाँको उच्च न्यायलयले मृत्यूदण्डको फैसला सुनाएकोमा अहिले सर्बोच्च अदालतले पनि २०६९ असोज ९ (२५ सेप्टेम्वर २०१२) मा त्यसैलाई सदर गरेको छ । सर्वोच्चको मृत्युदण्डको फैसला ३५ दिनभित्र कार्यान्वयन गर्ने भनिएको छ । हरि बहादुर घलेका अनुसार निजले अरु कसैको पार्सल नेपाल पुर्याउनका लागि अन्जानमा लिएर आँउदा पक्राउ परेका हुन् । पार्सल झोला कसले दियो भन्ने समेत उनलाई ज्ञान छैन । नेपालमा पुगेपछि पार्सल लिने मानिस आफैं लिन आउने भन्दै पार्सल दिएकोमा नेपाली साथीभाईको भएका कारणले उनले सो पार्सल लिएर आएकोमा उनी पक्राउ परेको रहेछन् । मलेसियाको सर्बोच्च अदालतले मृत्युदण्डको सजाय सुनाएको खबरले उनका परिवारलाई स्तब्ध पारेको छ । अन्जानमा नेपाली साथीभाईको नाताले नेपाल पुर्याउन बोकेको पार्सलका कारण उनी मृत्युदण्डको सजाय भोग्न बाध्य पारिएका छन् । 

मलेसियाको सर्बोच्च अदालतले गरेको फैसला ३५ दिनभित्र कार्यान्वयन गर्ने भनिएकाले तत्काल जीवन रक्षाका लागि राज्यको तर्फबाट कुटनीतिक पहल नभएमा जुनसुकै बेला फैसला कार्यान्वयन हुने भएकाले अविलम्व मृत्युदण्डबाट बचाउनका लागि पहल गरिदिन परिवारले नेपाल सरकार र सरोकारवालालाई अपिल गरेका छन् । “नेपालमा मृत्युदण्डको सजाय नभएको र अन्तर्राष्ट्रिय स्तरमा समेत नेपालले मृत्युदण्डको विपक्षमा उभिदै आएकोले मेरो नाति हरि बहादुर घलेलाई मृत्युदण्डबाट बचाउन पहल गरिदिनुहोस्” अधिकारकर्मीहरुसँग ८३ वर्षिय धन बहादुर घलेले आग्रह गरे । बाबुको न्यानो माया ममताको आशामा रहेकी तेह्र वर्षिय हरिवहादुरकी छोरी झरना घलेले सरकारले आफ्ना बाबुको जीवन रक्षा गर्नेमा आशा रहेको वताइन् । “मेरो नातीलाई यस्तो आपत आईलाग्दा उनकै भरोसामा गुजारा गरिरहेका हामी गरिव परिवारको अवस्था झन अप्ठेरोमा परिरहेको छ । हामी गरिव परिवारको सहारा बनेर मेरो नातिलाई मृत्युदण्डबाट बचाइदिनुहोस्” उनले दुई हात जोडेर अधिकारकर्मीसँगको अन्तरकृयामा सबैलाई अनुरोध गरे । सिंगो बैठकभर उनका दुबै हात जोडिएको जोडियै थिए ।

परिवार र आफन्तजनले अन्जानका कारण समस्यामा परेका हरि वहादुरलाई बचाउन प्रधानमन्त्री, सम्वन्धित मन्त्रालय, अधिकारकर्मी र सरोकारवालाहरुलाई अनुरोध गरेका छन् ।  नेपाल सरकारले मृत्युदण्ड नदिनका लागि विशेष कुटनितिक पहल गरी मलेसियाका राजालाई पत्राचार गरेमा हरिवहादुर बच्न सक्ने अधिकारकर्मी चरण प्रसाईको सुझाव रहेको छ । तर तत्काल पत्राचार नभएमा मृत्युदण्ड कार्यान्वयन हुन सक्ने भएकाले जतिसक्यो चाँडो प्रकृया थाल्न अधिकारकर्मीहरुको माग रहेको छ । नेपाल सरकार आफ्ना नागरिकलाई मृत्युदण्डबाट बचाउन संवेदनशिल भएर लागेमा उनी मृत्युदण्डबाट बच्न सक्दछन् ।

सबैले प्रभावकारी रुपमा नेपाल सरकारलाई दवाव दिएर समयमा नै मलेसियाका राजालाई पत्राचार गराउन सकेमा हरिबहादुर मृत्युदण्डबाट बचाउन सकिन्छ ।

News link related to Hari Bahadur case

http://www.myrepublica.com/portal/index.php?action=news_details&...

http://www.nepalnews.com/home/index.php/news/19/21674-nepali-worker...
www.ekantipur.com/2012/09/25/top-story/nepali-migrant-worker-gets-d...
http://www.newsnepalonline.com/news/main-news/4755-nepali-migrant-w...
http://www.i4u.com/2012/09/malaysia/malaysian-death-sentences-sc-ghale
http://www.kantipuronline.com/the-kathmandu-post/2012/09/25/top-sto...

Views: 136

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Bishnu B. Khatri on October 13, 2012 at 10:08pm
Give your voice to save Hari Bahadur Ghale's life.

http://www.youtube.com/watch?v=ibICFvx0VwI

Please visit this Youtube link to watch appeal from family members of Hari Bahadur Ghale

Comment by Bishnu B. Khatri on October 13, 2012 at 9:57am
http://www.kantipuronline.com/nep/2069/6/27/full-story/356049.html

 

क्वालालम्पुर, आश्विन २७ - वैदेशिक रोजगारीका क्रममा मलेसिया आउूदा बसुन्चेत- १, नुवाकोटका हरिबहादुर घले मनभरि उज्ज्वल भविष्यको सपना बोकेर आएका थिए । तीन वर्षे करार पूरा गरी स्वदेश फर्कने तयारीमा रहेका उनको सपना त्यतिखेर चकनाचुर भयो, जतिखेर लागूऔषधसहित पक्राउ परे ।

गत २००३ मे ३० मा पक्राउ परेका घले २००९ को नोभेम्बर २६ मा नसोचेको मृत्युदण्डको फैसला भयो । यस्तो होला भनेर न उनले सोचेका थिए न त परिवारले नै । आफूमाथिको सजायउपर उनी पुनरावेदन अदालत पुगे । त्यहाँ पनि संघीय अदालतकै फैसलालाई सदर गरिदिएपछि उनको बाँच्ने आशा क्षीण बन्दै गयो । त्यसपछि उनी सर्वोर्च्च अदालत पुगे । त्यहाँसम्म पुग्दा आफ्नो 'जीवनरक्षा' हुने आशा पलाएको थियो । तर त्यहाँ पनि अघिल्लो अदालतले गरेको मृत्युदण्डकै फैसला सदर भएपछि अहिले धेरै निराशा र थोरै आशाबीच पुनर्जीवनको भिख मागिरहेका छन् र भनिरहेका छन्, 'मलाई बचाउनुहोस् ।'

निराशा बढे पनि उनमा आशाचाहिू मरिहालेको छैन । ९ वर्ष जेलयात्रासूगै उनी परिवार सम्भिmरहेका छन् । उनकी एकमात्र छोरी अहिले १३ वर्षकी भइसकेकी छन् । उनी जेल परेपछि श्रीमतीले दोस्रो विवाह गरिसकेकी छन् ।

नयाँ जीवनको भिख मागिरहेका उनी कानुनको नजरमा दोषी भए पनि नेपालीको छोरो भएको नाताले नजिक छन्् । सर्वोच्च अदालतको फैसला सुन्न पुगेको क्षण उनी ज्यादै निराश/दुखित देखिन्थे । फैसला सुन्न पुगेका दूतावासका एक कर्मचारी भन्छन्, 'त्यो दिनमा जस्तो मैले उनलाई यसअघि देखेको थिइनू, उनी निकै दुःखी देखिन्थे ।'

दूतावासका अनुसार घलेलाई माफी दिन आग्रह गर्दै प्रधानमन्त्री भट्टराईले गएको साता पठाएको पत्र दूतावासमार्फत मलेसियाली प्रधानमन्त्री नाजिवलाई बुझाइसकिएको छ । घलेका वकिलको सल्लाहअनुसार प्रधानमन्त्रीको पत्रसहित घलेको बायोग्राफी पनि बुझाउने तरखरमा छ, यहाँस्थित दूतावास ।

एक अनलाइन पत्रिका 'फ्रि मलेसिया टुडे डटकम' का अनुसार सन् १९६० देखि २०१२ फेब्रुअरीसम्म गरी विभिन्न मुद्दामा ८ सय ६० जना मलेसियामा मृत्युदण्डको सजाय पर्खिरहेका छन् । तीमध्ये ४ सय ७९ जना घलेकै जस्तो लागूऔषधसम्बन्धी मुद्दाका छन् । यसअघि घलेकै जस्तो मुद्दामा मृत्युदण्ड सजाय सुनाइएका तीन फिलिपिनो महिलाले माफी पाएका थिए । त्यसैले आशा बाँकी छ, घलेले पनि माफी पाएमा पुनर्जीवन पाउन सक्छन् । उनले पुनर्जीवन पाएमा उनकै पीरले दिवंगत आमाको आत्माले पनि शान्ति पाउनेछ ।

प्रकाशित मिति: २०६९ आश्विन २७ १२:४८

Comment by Bishnu B. Khatri on October 7, 2012 at 10:24pm

http://kantipuronline.com/nep/2069/6/21/full-story/355753.html

काठमाडौं , आश्विन २१ - लागूपदार्थ तस्करी अभियोगमा मलेसियामा मृत्युदण्ड सजाय पाएका नुवाकोटका हरिबहादुर घलेको जीवनरक्षा गरिदिन नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री बाबुराम भट्टराईले पत्र पठाएका छन् ।

मलेसियाली समकक्षी मोहम्मद नाजी अब्दुल रजकलाई पत्र लेख्दै घलेलाई मृत्युदण्ड सजायबाट मुक्त गरिदिन भट्टराईले आग्रह गरेका हुन् । परराष्ट्र मन्त्रालयमार्फत शुक्रबार क्वालालम्पुरस्थित नेपाली दूतावासमा उक्त पत्र पठाइएको हो । दूतावासले सोमबार त्यहाँको प्रधानमन्त्री कार्यालयमा पत्र बुझाउनेछ ।

३२ वर्षीय घले लागूपर्दाथ बेचबिखन आरोपमा क्वालालम्पुरमा सन् २००३ को मे ३० मा पक्राउ परेर लगातार थुनामा थिए । उनलाई यही असोज १० मा मलेसियाको सर्वोच्च अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो । अब प्रधानमन्त्रीको तहमा मृत्युदण्ड मिनाहाको आग्रह गर्नुबाहेक अरू उपाय नभएकाले परराष्ट्रले यस्तो पत्र पठाएको हो । नुवाकोट, वसुन्चेत-१ निवासी घलेको परिवारमा ८३ वर्षीय हजुरबा धनबहादुर र १३ वर्षीया छोरी झरना घले रहेका छन् ।

Comment by Bishnu B. Khatri on October 7, 2012 at 9:55pm
Comment by Bishnu B. Khatri on October 7, 2012 at 9:50pm

Prime Minister Baburam Bhattarai has written letter to Malaysian counterpart Datuk Seri Najib Tun Razak requesting clemency to Nepali migrant worker Hari Bahadur Ghale, who has received death sentence in Malaysia.

The letter was forwarded to Malaysia through the Ministry of  Foreign Affairs on Friday.

According to the former Nepali ambassador to Malaysia Dr. Rishi Adhikari, Ghale may get pardon or restricted to life imprisonment if the court reviews the order.

The Malaysian Supreme Court had issued death sentence against him two  weeks ago. He was was arrested in possession of narcotic drug in 2003 and had been in prison since then. Ghale, the permanent resident of Basunchet-1, Nuwakot had gone in Malaysia in 2001.

He was arrested by Malaysian police from his room at a hotel in Kuala Lumpur on May 30, 2003 while returning to Nepal after working there for three years.

Earlier, National Human Rights Commission (NHRC), different human rights organisations, and right activists, Ghale's 83 years old grandfather Dhan Bahadur Ghale, 13 years old daughter Jharana Ghale and his relatives had requested the PM to take necessary step to save his life. Nepalnews.com

Comment by Bishnu B. Khatri on October 3, 2012 at 9:01am

Relatives of Ghale urge PM to save him from getting death penalty in Malaysia

Human Rights activists and relatives of a Nepali migrant worker Hari Bahadur Ghale, who has received death sentence in Malaysia, met with Prime Minister Baburam Bhattarai requesting him to save Ghale's life.

Ghale's relatives including 83 years old grandfather Dhan Bahadur Ghale, 13 years old daughter Jharana Ghale, human rights activist Charan Prasain, Director of Amnesty International Nepal Rameshwor Nepal, executive director of Youth Action Nepal Bishnu Bahadur Khatri, former Nepali ambassador to Malaysia Rishi Adhikari requested the PM to take initiation to save his life through the court's order as soon as possible.

In response, PM Bhattarai told them that he would take initiation to save his life as it was the major responsibility of the state to save its citizen.

He also assured that he would take initiation to save him through the diplomatic channel.

The Malaysian Supreme Court had issued death sentence to last week. He was was arrested in possession of narcotic drug in 2003 and had been in prison since then. Ghale, the permanent resident of Basunchet-1, Nuwakot had gone in Malaysia in 2001.

He was arrested by Malaysian police from his room at a hotel in Kuala Lumpur on May 30, 2003 while returning to Nepal after working there for three years.

Another Nepali national, Sajan Gurung, who was arrested along with Ghale, had died in Malaysia while undergoing treatment two years ago.

According to official of the Nepali embassy in Malaysia, Ghale was eligible for a pardon from death penalty from the Malaysian head of state if the initiation taken by similar rank from Nepali side.

Meanwhile, National Human Rights Commission (NHRC), different human rights organisations have already requested the government to take necessary steps to save his life. nepalnews.com

 

http://www.nepalnews.com/archive/2012/oct/oct02/news17.php

Comment by Bishnu B. Khatri on September 30, 2012 at 9:30pm

Comment by Bishnu B. Khatri on September 30, 2012 at 9:29pm

मलेसियामा मृत्युदण्डको सजाय सुनाईएका नेपाली प्रवासी कामदार हरि बहादुर घलेको मृत्युदण्ड रोक्न नेपालका करिव चालिसजना मानवअधिकारकर्मीहरुले संयुक्त रुपमा नेपाल सरकारलाई अविलम्व कुटनितिक पहल गर्न अपिल गरेका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगले यस अगाडी नै असोज ११ गते नेपाल सरकारलाई माफी वा मृत्युदण्डलाई कारावासमा बदल्न कुटनीतिक पहल गर्नका लागि पहल गर्न परराष्ट्र मन्त्रालयलाई जानकारी सहित अनुरोध गरिसकेको छ ।

परिवार, आफन्तजन र अभियानकर्मीहरु प्रधानमन्त्रीसँग भेटेर मृत्युदण्ड रोक्न पहल गर्न अनुरोध गर्नका लागि प्रयाशरत छन् । प्रधानमन्त्रीको समय मिल्न सकेको छैन । आशा गरौ चाडै प्रधानमन्त्रीसँग भेटघाट हुनेछ र प्रधानमन्त्रीले मलेसियामा मृत्युदण्डको सजाय सुनाईएका नेपाली प्रवासी कामदार हरि बहादुर घलेको मृत्युदण्ड रोक्न तत्काल पहल गर्नेछन् ।

© 2017   Created by Equal Access for the Civil Society: Mutual Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service