कसले सुन्ने मैनाको दुःखेसो

सबैले सोचेका हुन्छन् । आफ्ना छोराछोरी हुर्के बढे पछि सुख शान्ति देलान र भविष्यको साहरा बन्लान भनेर । तर आफ्नै सन्तान आफ्नै लागि पिडा दिने सुल जस्तै भए पछि कसको के नै पो लाग्छ र । अहिले यस्तै भएको छ मैना श्रेष्ठलाई ।

आफ्नी छोरी भगवतीले नातामा काका गर्ने सोही ठाउँका राजु श्रेष्ठ सँग विहे गरे पछि मैनाका दुःख दिन सुरु भएका हुन् । छोरीले हाडनाता पर्ने सँग विहे गरेपछि छुटाउन भन्दै हिडेका मैनाका श्रीमान् १० वर्षदेखी बेपत्ता छन् । 

कृतिबहादुर बेपत्ता भए सँगै सुरु भएको मैनाका पिडा अझै थामिएको छैन । एक दशकदेखि बेपत्ता रहेका दोलखाको पवटी गाविस वडा नम्बर ६ का ४५ वर्षीय कृतिबहादुर श्रेष्ठका परिवार अहिले पनि चिन्तमै बाँचिरहेको छ । कृतिबहादुर बेपत्ता हुन साथ स्थानीय प्रशासनमा उजुरी दिएको भए पनि आजसम्म खुटखवर हुन नसके पछि परिवार चिन्तित बन्दै गएका हुन् ।


कृतिबहादुरका श्रीमती मैना कुमारी श्रेष्ठ भक्कानो पारेर गहभरि आँसु पार्दै भन्नु हुन्छ “गत वैशाखले दश वर्ष पूरा भएर ११ वर्ष टेकि सक्यो, श्रीमान्को मरेज्यूँदोको खबर छैन । हिन्दू धर्म अनुसार न काजक्रिया गर्न पाइयो । न त पौरख नै खान नै पाइयो । मलाई नै भाग्यले यस्तो सतायो । तल्लाघर माथ्लाघर हेर्दा छाती फुटेर आउँछ ।”

झन दशैँ तिहारजस्ता चाडपर्व आउँदा त चित्त बुझाउने ठाउँ नै रहँदैन मैनाका । आँङमा घाम छैन, समाजका अगाडि पचाएरै दश वर्ष बिते उहाँका । करिब तिन दशक पार गर्नु भएकी मैनाका तिन छोरा चार छोरी छन् । घरव्यवहार चलाउँदा श्रीमान् श्रीमती रथका दुई पाङ्ग्रा हुन् भन्ने सुनेको कुरा त्यतिबेर त के भनेको होला जस्तो लाग्ने गरेको तर अहिले आएर यथार्थमा परिणत भएको भनाई छ मैनाको । “२०६० साल वैशाख १ गते ससुरालीघर मालु गाऊँ पुगेर आउँछु भनी बिहानै गएका श्रीमान् त्यहाँ नगै नौ दिनसम्म ललितपुर जावलाखेलतिरै रहनु भएको र त्यही दिनदेखि बेपत्ता हुनु भएको भन्ने खबर सुनिन्छ ।” मैनाले गुनासो गर्नु भयो ।

मैनाकी छोरी भगवती र ज्वाइँ राजु श्रेष्ठकै करामतले बाबुलाई के गरेको हुनु पर्छ । उनीहरुलाई नै कार्वाही हुनु पर्छ भन्ने मैनाको दावी छ । एक दशक बितिसक्दा पनि आफ्नो बारेमा कसैले केही पनि सहयोग नगरेको मैनाको भनाई छ । “श्रीमान्को खोजीखबर गर्न त परै जाओस् के भो भनेर एक शब्दसम्म पनि प्रयोग भएन । एक त म गाउँकी महिला त्यसमा निरक्षर केही जान्दिन ।” मैनाले यस्तै गुनासो गर्दै आउनु भएको छ । पत्रकार, मानव अधिकारवादी, महिलाकर्मी प्रहरी प्रशाासन सबै मिलेर मेरो सुनुवाइ होस् । देशमा लोकतन्त्र गणतन्त्र आएको सार्थक होस् भन्ने मैनाको कामना छ ।

मैना दुखेसो पोख्दै भन्नु हुन्छ “जेठी छोरीको त्यो चाला, ११ वर्षकै उमेरमा बाबुको पिरले हिँडेको जेठो छोरो काठमाडौँतिर गएको छ । के मजदुरी गर्छ त्यो पनि थाहा छैन । घरमा पनि आउँदैन । पाँच सानासाना लालाबाला छन् । तिनलाई पाल्न अर्काको मजदुरी गर्नु परेको छ । चिन्ताले सताएकाले र अब उमेर ढल्दै आयो, पहिलेको जस्तो गर्न सक्दिन ।”

छोरी भगवती १३ दिने  काकासँग प्रेम गरी हिँडे पछि छुटाउन सकिन्छ कि भनेर ससुराली जान्छु भनेर घरबाट निस्किए पनि छोरी ज्वाई खोज्दै काठमाण्डौं पुगेका थिए । हाडनातामा सम्बन्ध भएकोमा त्यतिबेला कृतिबहादुर धेरै चिन्तित भएका थिए । छोरी भगवती र राजु भन्छन् “२०६० साल बैशाख ९ गते हाम्रै कोठाबाट बिहानै निस्केर जानु भएको बाबु कीर्ति बहादुर फर्केर आउनु भएन । खोज तलास त गरियो तर केही पत्ता लागेको छैन । हाम्रा पनि बाबु त्यतिकै वेदना त छ नि । आजभोलि भन्दाभन्दै हाम्रै पनि ७/८ वर्षका छोराछोरी दुई जना भइ सके । ”

घटना भएको ललितपुर भएकाले त्यहीँबाटै खोजतलास हुनु पर्ने प्रावधान छ । उजुरी त्यहीँ दर्ता गराउनु पर्छ । तैपनि छोरी ज्वाइँलाई झिकाएर खोजी गर्ने सर्तमा छोडिएको छ । दोलखा प्रहरीले । यहाँबाट थप अनुसन्धानका लागि आवश्यक पर्ने खोजतलास भने गरिएकै छ प्रहरीको भनाई छ ।

Views: 45

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Mutual Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service