लेकाली जंगलमा भेटीने भालु यति बेला गाँउ बस्तीमा आतंक मच्याउन थालेको छ । गाँउमा मकै र कोदो पाक्न थाले पछि लेकाली जंगलमा बस्दै आएको भालु गाँउमा आतंक मच्याउन थालेको हो ।

भालुको आतंक यतिबेला जिल्लाका दहकोट, मनाकोट, जुगाडा, कुल्देवमाण्डौ, बुढीगंगा, डोगडी काँडा, बाह्रबिस , गुदुखाति गाविसमा बढेको छ । गाँउमा पाक्न थालेका कोदो र मकैबाली खानलाई भालु राती राती गाँउमा आउने गरेको स्थानीय बासीले बताएका छन् । राति राती गाँउ नजिकैको जंगलबाट बथान सहित जंगली भालु बारीमा पस्ने गरेका छन् ।

भालुले बारीमा केहि नरहने गरी मकै बाली नोक्सानी गरेपछि किसानहरु मर्कामा परेका छन् । भालुले दहकोटको तल्दुगन मल्दुगन र बुढिगंगाको मना लगायतका गाँउमा मकै बाली बढी क्षति पु¥याएको स्थानियले बताएका छन् । भालु रात रात मकै बारीमा आउन थालेपछि जनजीवन त्रसित बनेको छ । उनिहरुले बेलुका झिस्मीसे मै ढोका थुनेर घर भित्र बस्ने गरेका छन् ।

भालु गाँउमा पसेपछि मकैको भन्दा बढी चिन्ता मान्छेलाई केहि गर्छकी भन्ने लागेको स्थानीय बासीले बताएका छन् । उनिहरुले भालुको आतंक नियन्त्रणका लागि स्थानीय प्रशासनलाई आग्रह गरेका छन् ।

Views: 19

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Mutual Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service