प्रधानद्वारा आँखा अस्पताललाई दुई करोड सहयोग

भरतपुर आँखा अस्पताललाई नारायणगढका व्यवसायी तथा समाजसेवी महेन्द्रलाल प्रधानले दुई करोड एक लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ । अस्पतालको सुविधा थप्ने र आँखा सम्बन्धी दक्ष जनशक्ति तयार गर्ने अध्ययन संस्था स्थापना गर्ने योजना सार्वजनिक भएपछि सो सहयोग दिन प्रधान तयार हुनुभएको हो ।

नेपाल नेत्रज्योति संघ चितवन शाखाले सो अस्पताल सञ्चालन गरेको छ । प्रधान संघको संस्थापक तथा वर्तमान कार्यसमितिका सल्लाहकार हुनुहुन्छ  । आँखा अस्पतालको नयाँ योजनाका लागि छ करोड रुपैयाँ लाग्ने अनुमान छ ।  

‘एकै व्यक्तिले दुई करोड रुपैयाँभन्दा बढी सहयोग गरेपछि त हामी निकै उत्साहित भएका छौं’, नेपाल नेत्रज्योति संघ चितवन शाखाका सभापति चिजकुमार मास्केले प्रतिक्रिया दिनुभयो । प्रधानको सहयोगले आफ्नो योजना पूरा हुन निकै सहज हुने मास्केले बताउनुभयो ।  

प्रधानले दुई करोड रुपैयाँभन्दा बढी सहयोग गरेका कारण आँखा अस्पतालले सञ्चालन गर्ने अध्ययन केन्द्रको नाम उनका बुबाआमाको नाममा राख्ने मास्केको भनाइ छ । ‘अस्पतालको नाम भरतपुर आँखा अस्पताल नै रहन्छ । इन्स्टिच्युटको नाम भने महेन्द्रलालजीको माता पिताको नाम हिरालाल सन्तुमाया प्रधान आई इन्स्टिच्युट राख्ने प्रस्ताव गरेका छौं’ उहाँले भन्नुभयो ।  

चार बिघा जग्गामा फैलिएको सो आँखा अस्पतालको उद्घाटन विसं २०४४ सालको चैत्रमा तत्कालीन राजा–रानी श्री ५ वीरेन्द्र र श्री ५ ऐश्वर्याबाट भएको थियो । नेपाल नेत्रज्योति संघले पाकिस्तानी संस्था बीसीसीआई फाउण्डेशनको सहयोगमा सो अस्पताल बनाएको थियो । सुरूमा यो अस्पताल ३६ शøयाको थियो । अहिले ४० पुगेको छ ।   

सो अस्पतालले हाल दैनिक पाँच सय जनाभन्दा बढी व्यक्तिलाई आँखा उपचारको सेवा दिने गरेको अस्प्तालले जानकारी दिएको छ । ‘पाँच वर्षभित्र हामीले यसलाई एक सय शøयाको बनाउने छौं । आँखा उपचारका लागि आवश्यक पर्ने दक्ष जनशक्ति निर्माण गर्ने इन्स्टिच्युट चलाउने छौं । आँखाको जे जति उपचार हो त्यो यहीँबाट उपलब्ध हुनेछ, बाहिर जान पर्दैन’ मास्केले भन्नुभयो ।  

पाँच वर्षपछि अस्पतालबाट मोतियाविन्दुको अत्याधुनिक प्रविधिबाट शल्यक्रिया गर्ने, जलविन्दु रोगको विशेषज्ञ सेवा उपलब्ध गराउने, रेटिना, बालबालिकाको आँखा उपचारजस्ता सबैखाले रोगको विशेषज्ञ सेवा उपलब्ध हुने मास्केले जानकारी दिनुभयो । यसका साथै नेत्र विशेषज्ञ र नेत्र सहायकको अध्ययन पनि त्यहीँ हुनेछ ।  

छ करोड रुपैयाँ खर्च गरेर पाँच वर्षभित्र सम्पन्न हुने यो कामका लागि नेत्रज्योति संघले दुई करोड १० लाख रुपैयाँ दिने र अरु रकम विभिन्न संघसंस्था र व्यक्तिहरुबाट जुटाउने योजना थियो । ‘हामीले कुरा राख्नासाथ दुई करोड रुपैयाँ जुटेको छ । अब जोडतोडका साथ काम सुरू हुन्छ’ नेत्रज्योति संघका सभापति मास्केले उत्साहित हुँदै भन्नुभयो ।   

www.echitwanpost.net  

www.nbihani.blogspot.com

Views: 41

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Mutual Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service