MeroReport

Encouraging and supporting citizen journalism in Nepal

बाजुरा महिलाहरुले मदिरा बन्द गरे

बाजुरा, ११ चैत
बाजुरा जिल्ला मदिरा खुल्ला जिल्ला हो । तर बाजुराको डोगडी गाबिसका महिलाहरुले गाँउमा मदिराका कारण झै झगडा र महिला हिंशाका घटना बढने भएकाले मदिरा बन्द गरेका महिला अगुवा कम्पनी नेपालीले बताएकी छन् । पटक पटक गासिबमा मदिरा रोक गर्नका लागि गाबिसमा सर्वदलिय बैठेक मार्फत सबैलाई आग्रह गरेको भएतापनि पुरुषहरुले साथ नदिएपनि महिलहरुले आफ्नै पहलमा मदिरा बन्द गरेका छन.् । गाबिसमा गठित महिला अधिकार मंचको सक्रियतामा मदिरा बन्द गरीएको गाबिस लेखा साहयक नन्द रावतले बताए । महिलाहरु मदिरा सेवन गर्नेलाई १ हजार देखी ५ हजार सम्म जरीवाना तोकेका छन् । मदिराका कारणले गाबिसमा महिला हिशांका घटना र झै झगडा हुने भएकाले बाध्य भएर मदिरा बन्द गरेका महिला अधिकार मचंका अध्यक्ष सुर्जा देवी रावतले बताएकी छन् । उनले भनिन् पुरुषहरुले त मदिरा सेवन गरी तालिम बैठेक गोष्ठिमा समेत आउने गरेका थिए । अर्को तिर घरमा गएर श्रिमतिलाई कुटपिट गर्ने गरेकाले बाध्य भएर मदिरा बन्द गरेका जनाईन् । मदिरा बन्द गर्नमा गाबिसले सहयोग समेत गरेको छ ।

Views: 6

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2014   Created by Equal Access.

Badges  |  Report an Issue  |  Terms of Service