Encouraging and supporting citizen journalism in Nepal
निङ्गलासैनी वहुउद्धेश्य सहकारी संस्थाको आयोजनामा विभिन्न वहुउद्धेशिय सहकारी संस्थाहरुविच अन्तरसम्वन्ध विकास विषय एक दिने अन्तरक्रिया कार्यक्रमम आज कंचनपुरमा सम्पन्न भएको छ । आज सम्पन्न अन्र्तक्रिया कार्यक्रममा उद्धेश्यमाथी प्रकास पार्दै सहकारी विचको अन्र्तसम्वन्ध बिकासले सहकार्यका मध्यमवाट यस जिल्लाका सहकारी प्रशिक्षण केन्द्र स्थापना, सहकार्य सचेतना सम्वन्धि सुचना समाग्री निर्माण, प्रकासन तथा प्रसारण गर्ने, अध्ययन अवलोकन भम्रण, सफटवेयर लागु गर्ने, औपचारी सहकारी शिक्षा दिने व्यवस्थाका लागी पहल, सहकारी वैकका लागी पहल कदमी, सहकारी वजार वा हाट वजार संचालन, लगु घरेलु उद्यम विकास गर्न सकिने कुरा औल्याउनु भएको थियो । राष्ट्रिय सकारी निती र द्धिर्गकालीन सहकारी विकास योजना नहुनु, सहकारी ऐन र नियममा समय सापेक्ष संसोधन हुन नसक्नु, सहकारी क्षेत्रका लागी आवश्यक पर्ने अनुदान र कर सम्वन्धि व्यवस्थाहरु सहकारी मैत्री नहुनु, सहकारी प्रशिक्षण र तालीम निति नहुनु, सरकार र सहकारी साझेदारी कार्यक्रममा समस्या, सहकारी जनचेतना सम्वन्धि सुचना समाग्री निर्माण प्रकास र प्रराण न्युनहुन, औपचारीक सहकारी शिक्षा दिने व्यवस्था नहुनु, सहकारी बैकको कं्रचनपुर जिल्लामा स्थापना नहुनु लगायतका विषयमा अन्र्तक्रिया केन्द्रीत रहेको निङ्गलाशैनी सहकारी संस्थाका सचिव तथा कार्यक्रम संचालक दिपक प्रसाद जोशीले वताउनु भयो । कार्यक्रममा वहुउद्धिश्य सहकारी मध्ये उदय वहुउद्धिश्य सहकारी संस्थाका गणेश वहादुर चन्द, महामाया सहकारी संस्थाका दामोदर प्रसाद भट्ट, सुर्यदय वहुउद्धिश्य सहकारी संस्थाका विष्णुदत्त भट्ट, सहयात्री वहुउद्धिश्य सहकारीका गणेश ऐर, दलितका रतन पार्कि, पंचदेवका हरि सिंह रावल, महाकालीका विर वहादुर महरा लगायतका वक्ताहरुले सहकारी विचको अन्तरसम्वधवाट संयुक्तरुपमा व्यवसायीक तथा उद्धमशिलताको विकास गर्न अपरिहार्य रहेको र सहकारीहरु विचको अन्र्तसम्वध विकासलाई वडाउनु पर्नेमा जोड दिएका थिय ।
© 2013 Created by Equal Access.
You need to be a member of MeroReport to add comments!
Join MeroReport