MeroReport

Encouraging and supporting citizen journalism in Nepal

सामाजिक सञ्जाल, केटाकेटी, आदीमानव र किशोर नेपाल

फागून २७, २०६८ शनिबारको ढल्कदो रात, आफै ट्वीट गर्नु एउटा मज्जा अर्काका ट्वीट पढेर आनन्द लिनु झनै मज्जा । यत्तिकैमा एउटा भनाईले झस्कायो “नेपालमा सामाजिक सञ्जालका प्रयोगकर्ता कि त बच्चै छन् कि आदीमानव? कस्तो दुर्भाग्य, उनीहरु आफ्नो परिचय पनि लुकाउछन् ।” यो भनाई अरु कसैको नभई धेरैले चिनेका पत्रकार तथा लेखक किशोर नेपालको टाइमलाईनबाट आयो । म मात्र हैन अरु पनि झस्किएका रछन् नेपालको टाइमलाइनबाट आएको अभिव्यक्ति पढेर । तत्कालै धेरैले त्यसमा प्रतिकृया दिए मैले पनि दिए । बिषयले रोकिने छाँट नलिएपनि यसको पक्षमा पनि स्वरहरु थपिन थाले । यो क्रम निरन्तर चलिरह्यो र आइतबारसम्म पनि जारी नै छ ।

स्वतन्त्र अभिव्यक्ति हरेक नागरिकले राख्न पाउनुपर्छ । झन सामाजिक सञ्जालले गर्दा स्वतन्त्र अभिव्यक्तिका लागि परम्परागत मिडियाको ढोका ढक्ढक्याउने दिन सकिएको छ । आफुलाई लागेको कुरा बोल्नका लागि सम्पादकको स्विकृती कुरिरहनुपर्दैन । तर नेपालको पत्रकारितामा परिचित र धेरैले बरिष्ठ भनेको सफल सञ्चारकर्मी नै सामाजिक सञ्जालको लोकप्रीयताप्रति किन खनिए? किन निष्कृष्ट शब्दका साथ उनले प्रयोगकर्तालाई बच्चा र आदीमयुगका मानव जो भेष लुकाउन चाहान्छन् भन्ने आशयले आफ्नो धारणा पोखे? उनको यो भनाईसँग व्यक्तिको चरित्रसँग जोडिएर पनि वादविवाद किन भयो? सामाजिक सञ्जाल तथा न्यु मिडियाको विकासमा रुची राख्ने र यसलाई समाज परिवर्तनका लागि उपयोग गर्न अभिप्रायले यसमा आवद्धहरुले एकपटक सोच्ने बेला आएको छ । गालि गलौजपुर्ण अभिव्यक्तिको पछाडिको कारण खोज्नुपर्छ जस्तो लाग्छ । किशोर नेपालले आइतबार पनि ट्वीट गर्दै भनेका छन् “सामाजिक सञ्जाल÷न्यु मिडियालाई सामाजिक परिवर्तनमा प्रयोग गर्न सकिएन तर आफ्ना बकम्फुसे गफ दिन मात्र उपयोग गर्ने हो भने एकदिन सबैका लागि यस्तो व्यवहार प्रत्युपादक हुनसक्छ ।” नेपालको यो भनाईमा पुर्ण सहमत हुन नसकेपनि यसको आसयबाट होसियार हुनुपर्छ ।

नेपालमा सामाजिक सञ्जाल÷मिडियाको बारेमा सधै उठ्ने एउटा प्रश्न हो यसका प्रयोगकर्ताहरु आँलाकाँचा ठिटाहरु हुन् जसले मनोरञ्जनका लागि मात्र सामाजिक सञ्जालको प्रयोग गर्छन्? कति छन उपभोक्ता? को हुन् उनीहरु? यकिन संख्या अहिलेपनि अनुमानका आधारमा भन्नेहरु धेरैछन् । अनि सामाजिक सञ्जालको कुरा गर्दा सबभन्दा पहिले फेसबुक आउँछ । विश्वमा ट्वीटर लोकप्रीय भएपनि हामीकहाँ ट्वीटर प्रयोगकर्ताहरु भर्खर बढ्दैछन् । कतिलाई अहिलेपनि थाहा छैन ट्वीटर के हो भलै फेसबुकमा हाम्रो अग्रजपुस्ता पनि जमिसकेको छ । अन्य लोकप्रीय सामाजिक सञ्जाल÷मिडिया जस्तै ब्लग, युट्युव, लिंक्डइन, फोटो सेयरीङ साइट लगायत थुप्रैछन् सामाजिक सञ्जाल जसको बारेमा कमै ज्ञाता छन् भने तीनलाई प्रयोग गर्नेहरु पनि धेरै छैनन् नेपालमा । त्यसैले सामाजिक सञ्जालको लोकप्रीयतासँग यसको प्रयोगको बारेमा जनचेतना बढाउन बिभिन्न संस्था तथा व्यक्ति लागिरहेकाछन् । जुन सह्रानीय छ ।

इन्टरनेटको लोकप्रीयतासँग स्मार्टफोन प्रयोगकर्ताहरुको संख्या दिनानुदिन बढ्दैछ नेपालमा । ५० प्रतिशत जनताको हाराहारीमा पुग्न आँटेको फोन सुबिधाले इन्टरनेटलाई पनि गाउँगाउँ पुर्याउदैछ । युवा जमात इमेल चलाउदैनन् तर फेसबुकका लागि इन्टरनेट चलाउँछन् ।  त्यो पनि दुरदराजका गाउँमा । धनकुटाको एउटा कार्यक्रममा भेटिएका २५ जना युवाहरु धेरै फेसबुकमा थिए मोवाइल फोनमार्फत । फेसबुकमा लगभग नियमित उनीहरुमध्ये धेरैले इमेलको पासवर्ड चाहीँ भुलेका थिए । भन्नुको मतलव इमेलभन्दा पनि बढी सामाजिक मिडिया प्रयोग गर्ने र त्यसको उपयोगिता देख्ने युवाहरुको जमात उल्लेख्य छ । इन्टरनेटले युवाजमातलाई हरेक क्षण आकर्षण गरिरहेको छ । सामाजिक सञ्जालले लोकप्रीयता हासिल गर्ने क्रम बढेसँग यसको व्यवस्थापन र सही उपयोगको बहस उठिरहेका बेला किशोर नेपालजस्तो दिग्गज पत्रकार जो आफुपनि सामाजिक सञ्जाल ट्वीटरमा अपडेटेडजस्ता देखिन्थे उनको अभिव्यक्ति आदीमानवजस्ता र केटाकेटीले नियन्त्रणमा लिएका सामाजिक सञ्जाल भन्नुले एकपटक सामाजिक सञ्जाल अभियन्ताहरुलाई झस्काएको छ, सोच्न बाध्य बनाएको छ यदी समस्या छ भने सुधार आवश्यक छ ।

यही सेरोफेरोमा लामो भुमिका लेख्दै म अब यो बाँकी छलफलमा यहाँहरुलाई निम्ता गर्छु? के नेपालले भनेको स्थितीमै छौ हामी? यदी हो भने सुधारका लागि उपायहरु के के हुन्?

For further debate on the same topic follow the link http://meroreport.net/profiles/blogs/6365517:BlogPost:68220 

Views: 244

Tags: Facebook, Kishor Nepal, Nepal, Social Media, Twitter

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Lenin Banjade on March 13, 2012 at 10:56am

विश्व क्रान्तिका नायक अब फगत कुनै राजनेताका प्याउटे विशेषण होइनन्, सामाजिक सञ्जाल र यसमा अभ्यस्त युवा पुस्ताले त्यसको बिँडो उठाइसकेका छन् । बुझ्न नसक्नेहरू आफैं पतन हुन्छन्, इतिहासले यो तथ्य बारम्बार प्रमाणित गरिसकेको छ ।

Comment by Aakar Anil on March 12, 2012 at 4:06pm

Surprised to see such words from a well known journalist. I don't know what they think about themselves and socialmedia/newmedia. 

Those who cannot embrace new technology and new tradition will escape from here. Thus, I'm not worrying about the people who are using Social Media, but I'm worrying about those, who don't try to understand Social Media & it's effectiveness. Hope someday, they'll understand. :)

Comment by इन्द्रध्वज क्षेत्री on March 12, 2012 at 3:35pm

 परम्परागत रुपमा भनिने सार्वजनिक वृत्त (Public Sphere) को दायरालाई  सामाजिक मिडियाले एकदमै फराकिलो बनाइदिएका छन् । केही नेता र स्वनामधन्य आफैंलाई वरिष्ठ पगरी गुथाउने पत्रकारहरुको ठेक्काजस्तै रहेको सार्वजनिक वृत्तमा सामाजिक मिडियामार्फत नयाँ पुस्ता र नसोचेको समुदायले समेत पहुँच पाएको छ । यसले गर्दा परम्परागत मिडियामा हालीमुहाली गरेकाहरुले यो परिस्थितिलाई नपचाएको हुनुपर्दछ । अन्य मुद्दामा युवाहरुसित नजिक रहेका र युवाका भावनालाई बुझ्ने मानिएका किशोर नेपालको सामाजिक मिडियाप्रतिको यो पुर्वाग्रह पनि यस्तै बुझाईको प्रतिविम्व हो भन्ने मलाई लाग्दछ ।

यति भन्दै गर्दा सामाजिक मिडिया प्रयोग गर्ने हामीहरुले पनि बढी जिम्मेवारीवोधका साथ उपयोग गरेर यस्ता आलोचनालाई निरर्थक बनाउनुपर्दछ र नेपालमा सामाजिक मिडियाको प्रयोग त्यो दिशामा उन्मुख छ भन्नेमा म ढुक्क छु ।

Comment by Pagal Basti on March 12, 2012 at 1:49pm

धन्यबाद बिनय सर। सबैलाइ बुझ्न सजिलोका लागी किशोर नेपालका ट्विट प्रमाण स्वरुप यहाँ छन्। https://twitter.com/#!/kishorenepal

© 2014   Created by Equal Access.

Badges  |  Report an Issue  |  Terms of Service