MeroReport

Encouraging and supporting citizen journalism in Nepal

"हेल्लो सरकार" महिमा !

हेलो सरकार,

तपाईंको महिमा गायन गर्न हजार जिब्रा भएका अजय सुमार्गीले त सकेनन्, मैले के सकौंला, तैपनी कोशीष गरीहेरुम् । जल्ले आफ्नै देशमा उत्पन्न भएको यस्तो मौलिक र ओर्जिनल कार्यक्रमको समर्थन गर्दैन, त्यो प्रतिगमनकारी, घोर् दक्षिणपन्थी र राष्ट्रबिरोधी हो भन्ने हाम्रो ठम्याइ छ ।

हुन त हामी नेपालीहरु सहन माहीर छौं, जे भए पनि कर्म या भगवानलाई सरक्क दोष हाल्यो अनी "यस्तै रेछ, के गर्ने?" भन्यो, सह्यो । हुँदा हुँदा अब यतिसम्म भयो कि देशमा के भैराखेको छ भनेर सामान्य चासो समेत नराख्नेहरुको जमात बढ्दो छ । किनकी तिनिहरुको एउटा बनिबनाउ पुर्बानुमान् छ कि देशमा केही हुनेवाला छैन । हजारौं कर्मठ् हातहरु दिनहुँ निरासापुर्बक बिदेसिन्छन् । जाने पनि "यस्तै रेछ कर्म" भन्दै जान्छन्, जान नसकेर या नमिलेर या नचाहेर यतै बस्ने पनि "यस्तै रेछ कर्म" भन्दै बस्छन् । प्रजातान्त्रिक देशमा यती निरिह जनता संसारमा शायद कमै देशमा होलान् । तैपनी तपाईंहरुका "हेल्लो सरकार" र "जनतासँग प्रधानमन्त्री" कार्यक्रम चलेकै छन्, जहाँ बाउराम काम्रेट भुक्छन्, "म गम्भिर छु!" मलाई हाँसो लाग्छ, "मेरी बास्सै" मा दुनियाँ हसाउने धुर्मुस बाबुराम र यि बाबुराममा के फरक छ र ? हात्ती र हात्तीछाप चप्पल भनेजस्तो । एउटाले जबरजस्ती प्रधानमन्त्री बन्न खोज्याछन केही नगरि, अर्कोले जबर्जस्ती अभिनय गर्न खोज्याछन् । समानता यो हो, दुबैको दुकान गजप चलेको छ ।

देशको हरीबिजोक छ, नयाँ कुरा होइन, लेखेर समय बर्बाद गर्नै परेन । यहाँ सबै कुरा "छैन" को ट्याग सहित पाईन्छन्, "पेट्रोल छैन", "डिजेल छैन", खानेपानी छैन", "ग्याँस छैन", "सुरक्षा छैन", "बिजुली छैन", "न्याय छैन", "राहत छैन", "सुशासन छैन" के के छैन छैन । अब हुँदा हुँदा "लाज छैन", "बुद्दी छैन", "दिमाग छैन" केही पनि छैन । छ त एउटा सिङ्गो बाबुराम र उस्का सरकार छन्, अनी "हेल्लो सरकार" नामको एउटा अजीब कार्टुन । त्यहाँ फोन गरेर गुनासो गर्नी अरे । पहिला त फोन लाग्नु पर्‍यो, लागेपछी के के मात्रै गुनासो गर्नु, कती घण्टा कती दिन गुनासो गर्नु ? के के मात्रै गुनासो सुनाउनु ? मेरो कुनै दिन हेल्लो सरकारमा फोन लाग्यो भने म त्यल्लाई "सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाला" भन्ने गीत पुरै गाएर सुनाउछु । आजकाल देशमा चलेको त्यै हो । हेल्लो सरकारको उतापट्टी पर्चन्ड बस्ने भए रेखा थापालाई सम्झी सम्झी नाच्दा हुन्, बाउराम नाच्न जान्दैनन्, उन्को ब्रान्डेड "गम्भिर हुने" छदैछ । देशको ठेक्का "हेल्लो सरकार" ले लेको हो र? उल्ले चाँही रेखा थापाको गीत सुन्न नपाउने भन्ने छ ? मेरो आजका बिषय बाबुराम काम्रेट होइनन्, "हेल्लो सरकार" का साउ भएका नाताले उनी यस्मा परेका मात्र हुन् । हेल्लो सरकारले सक्छ भने हामी जस्ता सडकमा हिंड्नेलाई डर नमानी हिंड्ने बनाओस्, पैसा तिर्दा ग्याँस पाइने बनाओस्, ठुला कुरा गरेर के फाईदा र ? संबिधान संबिधानसभाले त बनाउन सकेन "हेल्लो सरकार"लाई बाल हो, के मतलब ? ठुला काम गर्न नसकेनी जनजीबन कष्टकर पार्ने "महान" काम नगरदे हुने "हेल्लो सरकार"ले । हामीलाई आफ्नो दु:ख गरेर खान दिए हुने "हेल्लो सरकार"ले । बेकारमा दुनियाँलाई आस किन देखाउनु र होइन, बरु सजिलोको लागि सरकारलाईनै "हेल्लो सरकार" भन्ने गरौं । त्यस्पछी त न्युज यस्तो हुन्थ्यो होला : "राष्ट्रपती द्वारा डेढसय सदस्यीय "हेल्लो सरकार"लाई शपथ ग्रहण!" आखिर नामै त हो क्यारे, के फरक पर्छ र ?

एउटा मन्त्री भ्रस्टाचारको आरोपमा जेल परे, सभासदहरुको त झुन्ड नै छ, अपहरण/हत्या लगायतका मुद्दा खेप्दै, तान्दै जाने हो भने गृहमन्त्री सबैभन्दा ठुला **** देखिन्छन्, प्रहरीका उच्च अधिकारीहरु जेलमा छन् । तर यस्मा "हेल्लो सरकार"ले के गर्न सक्छ र ? बिभिन्न अपराधीक घटनाका अभियुक्त या दोशीहरुलाई ससम्मान सुरक्षा दिन्छन् प्रधानमन्त्री या गृहमन्त्रीले, त्यो पनि "हेल्लो सरकार"लाई मतलबको बिषय होइन । देश आहत छ, जनता त्रसित र निरास छन्, समस्याले छोपेको छ, तैपनी "हेल्लो सरकार" चलेकै छ । वास्तवमा यो सरकारको सबै भन्दा ठुलो उपलब्धी नै "हेल्लो सरकार" हो ! म कुनै दिन पक्का फोन गर्छु "हेल्लो सरकार"लाई, र "सिम्पल सिम्पल कान्छीको" गीत पक्का सुनाउछु ! :)

                           Originally Posted at my blog : http://jawknockraazaa.blogspot.com/2012/02/blog-post_27.html

Views: 66

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by इन्द्रध्वज क्षेत्री on February 28, 2012 at 9:18pm

Very nice article, properly depicting the current situation of Nepal. Kudos Janak!!!

© 2012   Created by Equal Access.

Badges  |  Report an Issue  |  Terms of Service