Encouraging and supporting citizen journalism in Nepal
मान्छे स्वभावैले स्वतन्त्र प्रेमी प्राणी । अति व्यस्त यो जीवनमा कहिले काहिँ यो दैनिकीबाट छुटकारा पाएर कतै घुम्ने मौका पाइयो भने ठुलै उपलब्धी हासिल गरियो जस्तै भान हुन्छ । मेरो व्यक्तिगत विचारको कुरा गर्ने हो भने मलाई पनि नयाँ ठाउँमा घुम्ने, नयाँ भेषभुषा भएका तथा परम्परा र संस्कृति अंगालेका जीवनशैली बुझ्न तथा विभिन्न ठाँउमा प्रकृतिको यथास्थिति बुझ्न खुब रुची जाग्छ, त्यसैले यसो बेलाबखत मौका मिलिहाल्यो भने उक्त मौकामा चौका हान्नको लागि सकेसम्म भरपुर प्रयास गर्दछु ।
यस्तै प्रसंगमा मैले पछिल्लो पटक गरेको १ रात बसोबास सहितको काठमाडौं सौराहाको यात्राबारे स्मरण गर्न चाहन्छु । यो यात्रा कार्यलयसँग नै सम्बन्धित छ । कर्मचारीहरूलाई प्रोत्साहन गर्न तथा एक अर्कामा समन्वय एवं भाइचारामा वृद्धि गर्न हरेक बर्षमा हाम्रो कार्यालयको एउटा विभागले आफ्नो विभाग अन्र्तगतका कर्मचारीहरूलाई समेटी पिकनिक तथा घुमघाम कार्यक्रमको आयोजना गर्दछ । यसैगरी हाम्रो घुम्ने तथा रमाउने स्थानको छनोटमा यसपल्ट चितवनको सौराहा परेको थियो ।
भाद्र महिनाको ९ गते शुक्रबार गएर भोलिपल्ट दिउँसो फर्कने कार्यक्रम रहेको थियो । गर्मी महिना नै भए पनि काठमाडौंमा विहान र बेलुका बखत चिसो सिरसिर हावा चल्ने गर्दछ ।
विहान ६ बजे गाडि चडिसक्ने योजना बमोजिम हामी करिब साढे ५ बजे कलंकीमा पुगिसकेका थियौं । कोहि निजी साधन लिएर जानेहरू आफ्नै सुरमा जाने तरखरमा थिए यद्यपि हाम्रो कार्यक्रमको योजना बमोजिम करिब १२ बजे भित्र सौराहा पुगिसक्नुपर्ने थियो ।
करिब १५।१६ जना रहेको हाम्रो समूहको लागि एउटा माइक्रोबस रिजर्भ गरिएको थियो । हाम्रो समुहमा म र अर्को एक दिदी (सुलोचना) थियौं । सबै जना उस्तै–उस्तै रमाइलो गर्नुपर्ने र लागभग सबैजना उस्तै वर्गका भएकाले गर्दा हाम्रो घुमघाम कार्यक्रम रमाइलो हुने विश्वास थियो । सबैजना आइसकेपछि करिब ६ बजेतिर माइक्रोबसमा चढेर हामी चितवनको सौराहातिर लाग्यौं ।
प्राकृतिक मनोरम दृश्यले धनि हाम्रो देश डाँडाकाडा पहाडहरू हरियाली एवं मनोरम सुन्दर दृश्यले भरिपूर्ण छ । त्यस्ता दृश्यहरूको अवलोकन गर्दै ठाउँ ठाउँमा फोटो खिच्दै रमाइलो गर्दै हाम्रो गन्तव्य चितवनको सौराहातिर अगाडि बढिरहृयौं ।
काठमाडौं जुनसुकै मौसमको लागि एकदम ठीक लाग्छ मेरो अनुभवमा । यहाँको जस्तो मिलेको हावापानी नेपालकै सायद अन्य जिल्लाहरूमा छैन । काठमाडौंको मौसममा जीवन काटेका हामीहरूलाई नारायणघाटमा एकछिन ओर्लदा निकै गर्मीको महसुस गरियो । जतिखेर पनि आइसक्रिम खानुपर्ने । पानी पनि फ्रिजमा राखेको खानुपर्ने, तै पनि गर्मी हुन छाडेको होइन । एकैछिन रोकेपछि उक्त माइक्रोबसले हामीलाई सौराह चोकसम्म पुर्याइदियो । उक्त चोकबाट चाँही हामी आफ्नै किसिमले हाम्रो होटेलसम्म पुग्नुपर्ने थियो ।
त्यहाँ स्थानीय सवारी साधनको रूपमा टाँगा, गाढा, रिक्सा आदि चलाईंदो रहेछ्, ती मध्ये टाँगा सबैभन्दा बढी चल्दोरहेछ । करिब ७।८ जनासम्म बोक्न सक्ने गरी अगाडि र पछाडि फर्किएर बस्नेगरी छानो राखी बनाएको सिटको तल दुई छेउमा दुईवटा पाग्रा र उक्त बस्ने साधनलाई अगाडि एउटा घोडाले तान्दो रहेछ । जसलाई एउटा टागाँ चालकले चलाउँदो रहेछ । त्यो टन्टलापुर घाम अनि त्यति धेरै मान्छेहरू बसेको साधनलाई तान्नुपर्ने विवशता त्यो घोडालाई देखेर माया लाग्यो । उसको ढाड छाम्दा तातोले हाम्रो हात पोल्यो । फेरि मलाई मात्र माया लागेर के गर्नु उसको काम नै त्यही हो । हामीहरू २ वटा टाँगा प्रयोग गरेर लाग्यौं, सौराहा भित्रको होटेलतिर ।
टागाँभित्र बसेपछि त घोडाको सुस्तगतिमा चल्दा सरर हावामा दायाँ बायाँ अगाडि तिरको दृश्य हेर्दै जाँदा कम रोचक भएको थिएन अलि पर पुगेपछि अलि रमणीय स्थलमा टागाँलाई रोकी सबैले आ–आफ्नो इच्छा अनुसार फोटो खिचियो । टागाँ चलाएको जस्तो गरेर घोडा चढेर फोटो खिच्दा खुब रमाइलो भएको थियो त्यतिखेर । त्यसपछि फेरि टागाँमा बसी होटेलतर्फ लाग्यौं । होटेलमा पुग्दा हाम्रो मुख्य सर तथा अन्य शाखाका कर्मचारीहरू पुगिसकेका रहेछन् । अनि सरले सबैलाई आधा घण्टामा फ्रेस भएर बिहानको खानाको लागि आउनु भनेर निर्देशन दिनुभयो ।
त्यसपछि हरेक दुईजनाको लागि एउटा रुम थियो सुलोचन दिदी र मेरो लागि स्पेशल रूमको व्यवस्था गरिएको थियो । हामी हाम्रो रूममा गयौं । बाफरे कति गर्मी रूममा सुरुमा एकछिन बसेर दुवैले नुवायौं ।
ओहो, त्यहाँ त नुहाउँदा पनि तातोपानीले नुहाए जस्तो अनुभव भयो मलाई । नुहाएर बाहिर निस्कन पाएको छैन एकछिनमा नै पसिनाले निथ्रुक्क भइयो । अनि हामी सबैले खाना लिएर जङ्गल सफारीको लागि तयार भयौं । दुईवटा गाडि रिर्जभ गरी चितवन राष्ट्रिय निकुञ्जको जंगल सफारीतर्फ लागियो । वाहा, चारैतिर हरियाली बनजङ्गल बीचमा सानो रोड, यसरी बीच जङ्गलबाट हिंड्दा विभिन्न जंगली जनावर देखिदो रहेछ । धेरैजसो हामीले त्यहाँ मृग देख्यौं । चराचुरुङगी र बादरहरू त प्रायः ठाउँ–ठाउँमा देखिन्थे । बीस हजारी तालमा पुगेपछि गाडि रोकियो । अनि हामी ओर्लिएर पैदल सफारी गर्यौ । वाह, बीस हजारी ताल अगाडि गएर त्यो दृश्य हेर्दा साँच्चै नै मन एकदमै आनन्द हुन्थ्यो । घना जंगलको बीचमा यो ताल अतिनै सुन्दर, रहेछ । यो तालको एउटा छेउको कुनापट्टी एउटा गैडा बसेको देखियो हल्ला गर्नु नहुने हुनाले विस्तारै सबै जनाले गैडा हेर्यौ अनि फोटो पनि खिच्यौं ।

Comment
Comment by Gayatri Bhatta on February 21, 2012 at 10:58am Thank you so much Indradhoj jee :)
Comment by इन्द्रध्वज क्षेत्री on February 21, 2012 at 10:51am Nicely written and also supported by good pictures. Keep writing.
Comment by Gayatri Bhatta on February 17, 2012 at 1:01pm Thank you very much :) :)
Comment by Devi sapkota on February 17, 2012 at 12:48pm Nice.....
Comment by JawKnockRaazaa on February 17, 2012 at 12:29pm Nicely written! :)) LIked!
Comment by Gayatri Bhatta on February 17, 2012 at 11:33am Thank you for your coment, I'll try to write more better in future :)
Comment by Prakash Lamichhane 'बाबाजी' on February 17, 2012 at 10:16am सुरुवात राम्रो छ । यो तपाइको कृति पढ्न पाएको मेरो पहिलो अनुभव भएकाले लेखकिय कलामा समिक्षा गर्न सकिन । तर आउँदा दिनहरुमा पनि पढ्न पाउने अपेक्षा गर्छु ।
Comment by Gayatri Bhatta on February 17, 2012 at 10:09am Thankyou Binaya jee for your coment this is my first attempt to write so I'll do more better ahead.. thankx again :)
Comment by Binaya Guragain on February 16, 2012 at 11:38pm Well, लेख राम्रो छ । तर शैलीलाई अझ रोचक बनाउन सकिन्थ्यो । अनि शिर्षक र भित्री बर्णनको तालमेल अलिक मिलेन । म भएको भए शिर्षक सायद काठमाण्डौदेखि सौराहासम्म राख्थे होला । र पनि धेरै जानकारीमुलक छ लेख । प्रयास जारी गर्नुहोला ।
Comment by Gayatri Bhatta on February 16, 2012 at 4:26pm How is this????? :D
© 2013 Created by Equal Access.
You need to be a member of MeroReport to add comments!
Join MeroReport