Encouraging and supporting citizen journalism in Nepal
नयां वर्षको अघिल्लो साँझ
रङ्गिएको छ तिम्रो शहर
नशा र संगितको झिलिमिलीमा
मग्नमस्त यो कंकि्रट वस्तिमा
एउटा बुढो रुखझैं
उभिएको छु
उराठ उराठ भएर ।
कतै विलायो समय
उडाएर सबै रुमानी पलहरु
भोलि फेरि अर्काे दिन आउनेछ
बोकेर नयाँ परिचय
(फेर्ने पर्ने भो त्यो पुरानो क्यालेण्डर)
तर के विस्रन सकिएला ति दिनहरु
नयाँ वर्षको खुशीमा ?
ढोंगयुक्त यो सभ्य वस्तिमा
एउटा बाटो हराएको यात्री झैं
उभिएको छु
दोधार दोधार भएर ।
यो बाग्मतीको पुलबाट हेरिरहेछु
त्यो डुब्दै गरेको जुन
बगिरहेको पानि
जोडेर दुई किनारहरु
पुल जस्तै बन्न सकेन समय
यसैले नयाँ वर्षको खुशीमा
तिम्रो घर सम्म आउन सकिन
यो कर्कश ध्वनीले छोपेको वस्तिमा
पोखिएको छु
एउटा अपुरो शुभकामना गितको
शब्द शब्द भएर ।
written in 2009 Jan 1st
Comment
सुन्दर कविता । केही सामान्य सुझावहरु जस्तो उराठ उाठ भएर दोधार दोधार भएर लेख्नु भन्दा उभिइरहेछु उराठ उराठ लेख्दा अझ आकर्षक हुन्छ । एउटा वाक्य नै पूरा गरेजस्तो भयो कि भन्ने मेरो व्यक्तिगत धारणा है । सहरबाट गाउँ अर्थात् ग्र प्रेमिका लार्य सम्झिनु भएको छ नयाँ वर्षमा निकै मार्मिक ढंगले ।
Comment by Prakash Lamichhane 'बाबाजी' on December 26, 2011 at 11:29am एकचोटी पहिला पनि पढेजस्तो लाग्यो । तर एमदम मनपर्यो ।
Comment by इन्द्रध्वज क्षेत्री on December 26, 2011 at 9:34am Nice poem, relevant timing. Enjoyed reading. Keep writing Brabimji.
© 2013 Created by Equal Access.
You need to be a member of MeroReport to add comments!
Join MeroReport