MeroReport

Encouraging and supporting citizen journalism in Nepal

बाजुरा जिल्लामा गाँउकै बिद्यालयमा कम्पूटर कक्षा सञ्चालन

पूर्णबहादुर खड्का

रेडियो रामारोशन अछाम

बाजुरा जिल्ला गुदुखाति गाबिसको खापर देबस्थल माबि गुदुखाति गाबिसमा कम्पुटर कक्षा सञ्चालनमा आएको छ । नबिकरण उर्जाको आयोजनाले बिद्यालयमा १ किलो वाटको सोलार बिद्यालयलाई उपलब्ध गराएपछि बिद्यालयमा कम्पुटर कक्षा सञ्चालन भएको हो । करीब १० लाख बराबरको सोलार उपलब्ध गराएपछि बिद्यालयमा कम्पुटर कक्षा सञ्चालनमा आएको बिद्यालयले जनाएको छ । बिद्यालयले अहिले कक्षा ९ र १० मा कक्षा सञ्चालन गर्ने भएपनि बिद्यालयमा थप कम्पुटर आएमा आबश्यकता अनुसार अन्य कक्षामा समेत कक्षा सञ्चालन गर्ने शिक्षक रमेश सुनारले बताएका छन् । बिद्यालयमा कम्पुटर कक्षा सञ्चालनमा आएपछि बिद्यार्थीमा समेत हौसला बढेको छ । कक्षा ९ मा अध्ययन गर्ने छात्रा ईश्वरा कठायतले भनिन् बिद्यालयमा कम्पुटर कक्षा आउदा आफुलाई ज्यादै खु्शी लागेको बताईन, उनले भनिन् आफु बाहिर गएर कम्पुटर पढन सक्ने अबस्था थिएन तर गाँउकै बिद्यालयमा कम्पुटर शिक्षा आउदा आफुले पढन पाएको बताउछन् । आफु जस्तै गरीबि बिद्यार्थी यो शिक्षा हासिल गर्नेमा ठुलो टेवा पुगेको बताएकी छन् ।

Views: 12

Tags: news, technology

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2014   Created by Equal Access.

Badges  |  Report an Issue  |  Terms of Service