सोमबहादुरलाई सहयोग

 www.greaterhetauda.com

हेटौँडा, १५ भदौ

बिरामी परेर अशक्त रहनु भएका गायक सोमबहादुर लामालाई आर्थिक सहयोग भएको छ । आलु र तामा छेपारोलाई जामा बोलका लोगीतका गायक सोमबहादुर घलानको स्वास्थ्योपचारमा सहयोग पुर् याउने उद्देश्यले जिल्लाका दुई साहित्यिक संस्थाले संयुक्तरुपमा आर्थिक सहयोग गरेका हुन् । तरङ्ग साँस्कृतिक परिषद् र साहित्य संगम मकवानपुरले १३ हजार पाँचसय रुपियाँ हेटौंडा ४ कर्रा स्थित घलान निवासमा घलानलाई दिइएको जनाएको छ । गायक लामालाई सहयोग गर्नेहरुमा मकवानपुर जिल्लामा साहित्य र संगीत क्षेत्रका व्यक्तिहरु आरसी रिजाल, श्यामकुमार बाँनिया, निमेष निखिल, प्रमेन्द्र महर्जन, गौरब केसी, तुलुकबहादुर लामा, पूर्णविक्रम अधिकारी, लालबहादुर पौडेल, सुर्यमणी सुवेदी, एसके निधन, पद्मराज लामिछाने, उज्वल शर्मा, रामचन्द्र भण्डारी, इन्द्र नेपाल, केशव तौजले र आशाकाजी श्रेष्ठ रहनुभएको छ । गायक घलानलाई भेट्नको लागि नेपाल पत्रकार महासंघका अध्यक्ष भानुभक्त आचार्य, सदस्य मनोज ढोडारी समेत पुग्नुभएको थियो । यसअघि पनि गायक घलानलाई भेट्न जिल्लाका अग्रज तथा कि्रयाशिल साचारकर्मी तथा शुभचिन्तकहरु पुगिसकेका छन् । उच्च रक्तचापले ग्रसित ६९ वर्षीय घलानको स्वास्थ्य स्थितिमा केही सुधार आएको छ ।

Views: 20

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2016   Created by Equal Access.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service