MeroReport

Encouraging and supporting citizen journalism in Nepal

www.greaterhetauda.com
हेटौँडा, १५ भदौ
उत्तरी मकवानपुरको पालुङ र वज्रवाराहीमा दुई रेडियोले तीजगीत प्रतियोगिता गरेका छन् । दक्षिण एसियाको पहिलो अडियो टावरबाट विकसित भएको मकवानपुरको सामुदायिक एफएम रेडियो पालुङले हरितालिका तीजको अवसरमा तीज गीत प्रतियोगिता आयोजना गरेको हो । पान्डुकेश्वर मन्दिर परिसरमा स्थानीय राधाकृष्ण मन्दिर निर्माण समितिसँग सहकार्य गरी आयोजना गरिएको प्रतियोगितामा लक्ष्मी ढकाल(क), लक्ष्मी ढकाल(ख) र मिना ढकालको समूह प्रथम, जानुका ढकाल, अम्बिका ढकाल र लक्ष्मी ढकालको समूह द्वितीय र रन्जिता थापा र तुलसा बस्नेतको समूह तृतीय भएका थिए ।
प्रतियोगिताका विजेताहरुलाई पाण्डुकेश्वर क्षेत्र विकास समितिका अध्यक्ष जनक हमाल ठकुरी रडियो पालुङका स्टेशन म्यानेजर कुमार नेगी राधाकृष्ण मन्दिर निर्माण समितिका सचिब श्रीकृष्ण काकी र चतुर्मासा महापुराण समितिको अध्यक्ष नवराज ढकालले नगद तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।
यस्तै प्रतिध्वनि एफएमको आयोजनामा वज्रवाराहीमा तीज गीत प्रतियोगिता प्रतियोगिता २०६८ भएको छ । रेडियो प्रतिध्वनि एफएमका प्रबन्ध निर्देशक रामबहादुर बस्नेतको अध्यक्षता एवम वज्रबाराही गाविसका सचिव केदारबहादुर जोशीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा सामाजिक क्षेत्रमा कि्रयाशील भएको भन्दै चमेली वाईबालाई सम्मान समेत गरिएको छ ।
<br>

Views: 16

Tags: and, culture, news, society

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2014   Created by Equal Access.

Badges  |  Report an Issue  |  Terms of Service