MeroReport

Encouraging and supporting citizen journalism in Nepal

किसानहरुले ताला खोले

www.greaterhetadua.com
ग्रेटरहेटौँडा संवाददाता 
हेटौँडा, ९ भदौ
राष्ट्रिय बीउ बिजन कम्पनी लिमिटेड हेटौँडामा लगाइएको तालाबन्दी खुलेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आज भएको किसानहरु र कम्पनीबीचको छलफलपछि तालाबन्दी खुलेको हो । किसानहरुले गहुँको बीउको मूल्यवृद्धिको माग गर्दै तालाबन्दी गरेपछि कम्पनीले पाँचदिनभित्र माग पूरा गर्ने या गहुँ फिर्ता गर्ने समय मागेको किसानहरुले बताएका छन् । किसानहरुले अघिल्लो वर्ष प्रति क्वन्टिल दुई हजार १ सय ६३ रुपियाँ पाएकोमा यसवर्ष २ हजार १८ रुपियाँमात्र दिने भनेपछि आन्दोलित भएका हुन् । बारा, पर्सा, मकवानपुर र चितवनका २ सय २५ किसानबाट कम्पनीले २ हजार ५६ मेटि्रक टन गहुँ लिएको छ । पाँचदिनभित्र निष्कर्षमा पुग्ने समय माग भएकाले ताल खोलिएको किसान ज्ञानेन्द्र बर्ताैलाले बताउनु भयो ।

Views: 10

Tags: and, culture, news, society

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2014   Created by Equal Access.

Badges  |  Report an Issue  |  Terms of Service