हेटौंडा
व्यवसायिक तथा सिप विकास तालिम केन्द्र मकवानपुरले अर्थिक बर्ष २०६७÷६८ मा नारायणी अञ्चलका १ हजार ३ सय ४० जना युवाहरुलाई तालिम प्रदान गरेको छ । केन्द्रले जनरल मेकानिक्स, विद्युत जडान, केश श्रृगार लगायत अन्य तालिम सञ्चालनबाट १ हजार ३ सय ४० जना युवाहरुलाई तालिम प्रदान गरेको हो । केन्द्रले आफु र अन्य संघसंस्थाहरुबाट माग भई आएको खण्डमा तालिम सञ्चालन गदै आईरहेको छ । मकवानपुर बारा पर्सा र चितवनका युवाहरुलाई स्वरोजगार मुखी बनाउने उद्देश्यले युवाहरुलाई तालिम प्रदान गदैं आई रहेको केन्द्रका प्रमुख युवराज गुरुङले बताए । यस्तैं, केन्द्रले मकवानपुरका ८ सय ६६ जना युवाहरुलाई तालिम प्रदान गरेको छ । केन्द्रको दिईएको तालिमबाट मकवानपुरका १९ जना दलित, ४ सय ८१ आदिबासी जनजाति, र अन्य ४ सय ६५ लाभान्वित भएको गुरुङले बताए ।
You need to be a member of MeroReport to add comments!
Join MeroReport