MeroReport

Encouraging and supporting citizen journalism in Nepal

अधिकांश सरकारी कार्यालयमा उजुरी पेटिका छैनन्

सेवाग्राहीहरुले आफ्नो समस्या तथा गुनासोहरु गोप्य तथा सुरक्षित रुपमा सम्बन्धित अधिकारी समक्ष राख्नका लागि सरकारी कार्यालयहरुले उजुरी तथा सुझाव पेटिका राख्नुपर्ने हुन्छ । तर रुपन्देहीमा रहेका अधिकांश सेवाप्रदायक संघ-संस्था तथा सरकारी कार्यालयले उजुरी पेटिका राखेका छैनन् । उजुरी पेटिका राखिएका कार्यालयहरुमा समेत त्यसको उचित रेखदेख नहुँदा माकुराले जालो लगाएको छ ।

रुपन्देहीका केही सरकारी कार्यालयहरुमा राखिएका उजुरी पेटिकाहरु हराउँदै गएका छन् । यसको प्रत्यक्ष उदारण हो विद्युत प्राधिकरण बुटवल शाखा । विद्युत् प्राधिकरण जस्तो सरकारी कार्यालयमा समेत उजुरी पेटिका छैन । प्राधिकरण बुटवलका प्रमुख टंकनाथ सापकोटाले केही समय अघिसम्म रहेको र अहिले आफूलाई समेत थाहा नभएको बताए । उजुरी पेटिका भित्र कतै कर्मचारीहरुले राखेका होलान्- उनले भने । उनले उजुरी पेटिका हराएको भएपनि केही समयमै राख्ने बताए । यस्तै उजुरी पेटिका कार्यालयको बाहिरपट्टि नागरिकले देखिने ठाउँमा राखिनुपर्ने भए पनि गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयमा भने गेटभन्दा भित्र राखिएको छ । उजुरी दिन पनि असहज हुने ठाउँमा यस्ता उजुरी पेटिका राख्दा नागरिकलाई असहज हुने गरेको पाइएको छ । गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय बुटवलका लेखा अधिकृत अब्दुल गफ्फार खाँले उजुरी दिन परेमा भिर्त्रै गएर दिए हुने बताए ।
सरकारी कार्यालय सम्पूर्णमा उजुरी पेटिका राख्नुपर्ने सरकारी नियम तथा प्रावधान रहे पनि कार्यालयका कर्मचारीको लाचारीको कारण उजुरी पेटिका नराखिनु, राखिएका उजुरी पेटिका हराउँदै जानु तथा उजुरी पेटिका महिनौंसम्म पनि नखोलिनुले सरकारी काम कारबाहीप्रति सेवाग्राहीले गुनासो गर्न पाएका छैनन् ।
कामको शिलशिलामा हुने ढिलासुस्ती अनियमिता भ्रष्टाचारबारे सेवाग्राहीले गोप्यरुपमा सम्बन्धित अधिकारी समक्ष उजुरी दिन पाउन् भन्ने हेतुले सरकारले प्रत्येक सरकारी कार्यालयलाई ऊजुरी पेटिका राख्न निर्देशन दिएको छ । तर अधिकांश सरकारी कार्यलयहरुले त्यसको पालना गरेका छैनन् ।
उजुरी पेटिकाको सम्बन्धमा सरकारी कार्यालयका कर्मचारीहरु अहिले सिधै सम्बन्धित अधिकारीसमक्ष आफ्ना गुनासो राख्न पाउने भएकोले उजुरी पेटिका राख्न छोडिएको बताउँछन् ।
पुनरावेदन अदालत बुटवलका उप-रजिष्टार नारायण ज्ञवालीले सेवाग्राहीहरुको उजुरी उजुरी पेटिकामा आउन छाडेपछि ऊजुरी पेटिकाको प्रयोग नभएको बताए । आजकाल सेवाग्राहीले उजुरी पेटिकामा उजुरी नै हाल्दैनन् किन उजुरी पेटिका खोल्नुपर् यो र  उनले भने ।
ऊजुरी पेटिकाहरु दैनिक कार्यालय समयावधि सकिने समयमा खोलिनुपर्छ । तर आजकाल ती उजुरी पेटिका दैनिक त के महिनौ बितिसक्दा पनि खोलिदैँन।
ऊजुरी परोस् या नपरोस् सबै सेवामुखी संघ-संस्था तथा सरकारी कार्यालयले उजुरी पेटिका अनिवार्य राख्नुपर्छ । तर रुपन्देहीका थुप्रै संघ-संस्था तथा सरकारी कार्यालयमा उजुरी पेटिकाको व्यवस्था नै छैन । यस्तो उजुरी पेटिकाको व्यवस्था भए नभएको भन्ने कुराको अनुगमन जिल्ला प्रशासनले गर्नुपर्नेमा त्यसको अनुगमन पनि भएको पाइएको छैन । यस विषयमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण कुमार थापाले आफू भर्खरै मात्र जिल्लामा आएको र अबको केही दिनमै त्यसको अनुगमन थाल्ने बताए । सरकारी कार्यालयहरुमा उजुरी पेटिकाको व्यवस्था हुनुपर्ने सरकारको निर्देशन छ-उनले भने-उजुरी परे पनि नपरे पनि सरकारी कार्यालयहरुले उक्त निर्णयको पालना गर्नुपर्छ । रुपन्देहीका सरकारी कार्यालयहरुको बारेमा केही दिनमै अनुगमन थाल्ने र यदि उजुरी पेटिका नराखेको या नखोलेको पाइएमा के कति कारणले नराखेको वा नखोलेको भन्ने विषयमा स्पष्टीकरण लिई आवश्यक कारबाही थाल्ने उनले बताए ।

Views: 19

Tags: news, society, technology

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2014   Created by Equal Access.

Badges  |  Report an Issue  |  Terms of Service