MeroReport

Encouraging and supporting citizen journalism in Nepal

रुकुमको झुला गाबिसमा झाडापखाला

रुकुमको झुला गाबिसको दलित बस्तिमा फैलिएको झाडापखालाका कारण उक्त गाविसका सबै विद्यालयहरु बन्द गरिएका छन । विद्यालयमा पनि विद्यार्थीहरु बिरामी हुन थाले पछि विद्यालय अनिशितकालका लागि बन्द गरिएको निम्न माद्यायामिक विद्यालय झुलाका शिक्षक मनवहादुर मल्लले जानकारी दिनुभयो । एक साता अघि गाबिसका वडा न ९ र ८ मा फैलिएको झाडापखालाबाट एउटै परिवारका तीन जना बिरामी परेका थिए । उनीहरुको अझै पनि जिल्ला अस्पतालमा उपचार भैरहेको छ । बिरामीहरुमा पातलो दिशा गर्ने, वान्ता गर्ने लगाएतका लक्ष्यणहरु देखा परेका छन् । गाउँमा उपचार हुन नसकेपछि बिरामीहरुलाई जिल्ला अस्पताल सल्लेमा थप उपचारको लागि ल्याइएको छ । जिल्ला अस्पताल रुकुमले अहिले दैनिक २० जना झाडापखालाले बिरामीहरु उपचारको लागि आएको जनाएको छ । गत बर्ष फैलिएको झाडापखालाका कारण रुकुममा ५६ जनाको ज्यान गएको थियो भने ५ हजार बढि प्रभावित भएका थिए । प्रकोप फैलिएपछि अस्पतालहरुमा औषधिहरुको अभाव भएको स्थानियबासिहरुले गुनासो गरेका छन् ।

Views: 5

Tags: News, health

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2014   Created by Equal Access.

Badges  |  Report an Issue  |  Terms of Service