एकिकृत नागरिक वडा पत्रले सेवाग्राहीलाई सजिलो

जिल्ला स्थित सरकारी कार्यालयहरुमा सेवा लिनको जादा सम्वन्धित सेवा लिनको लागि के कस्ता कागजात आवश्यक पर्छ ? सेवा लिने प्रक्रिया कस्तो हो ? कार्यालयको कुन कोठा वा स्थानमा आफुले चाहे जस्तो सेवा सुविधा पाइन्छ ? भन्ने जस्ता प्रश्नहरु सेवाग्राहीहरुको मनमा आउने गर्छ । अनि सेवा प्राप्तिका क्रममा जाँदा सेवाग्राही अलमलमा पर्ने वा कोही सहयोगी आवश्यक पर्ने गर्छ । सेवाग्राही सेवा लिनु अघि ढुक्क सँग सेवाप्रदायक निकायका अधिकारी सँग आफ्नो कुरा वा समस्या राख्न नसक्ने हुन्छ ।

यस्तै समस्यालाई विचार गर्दै हुराडेक नेपाल दोलखाले जिल्ला प्रशासन कार्यालय दोलखा लगायतसँग समन्व गरी दोलखा जिल्लाको एकिकृत नागरिक वडा पत्रको पुस्तक प्रकाशन गरी विभिन्न निकाय लगायत केही सर्वसारधण नागरिकलाई वितरण गरेको छ । जसले गर्दा सर्वसाधण सेवाग्राही नागरिक वडा पत्र हेरेर कुन कार्यालयबाट कस्तो सेवा पाइने रहेछ भने सजिलै थाहा पाउन सक्ने भएकाले कार्यालयमा सेवा लिन जाँदा थप सास्ती भोग्नु पर्ने भएको छ । सर्वसाधरण नागरिकले घर, पषल, चौतारीमा बसेर नागरिक वडा पत्र हेरी कुन कार्यालयबाट के कस्तो सेवा सुविधा पाइन्छ भनेर थाहा पाउन थालेका छन् । कार्यालयमा जादा के कस्ता कागजात लैजाने भनेर पनि उनीहरुलाई जानकारी हुन थालेको छ । यो सानो प्रयासबाट कम्तिमा पनि सेवा प्रवाहमा सहजता आउने र समयको पनि बचत हुने गरेको सेवाग्राही नागरिकको भनाई छ ।

शेरबहादुर भुजेल

दोलखा,

Views: 15

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Prakash Lamichhane on June 1, 2017 at 12:14pm

राम्रो प्रयास । शेर बहादुरजी, जवाफदेहिता बारे आफूले देखे भोगेका कुराहरु यसैगरी ब्लग मार्फत लेखिरहनुहोला । धन्यवाद । 

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service