के सही के गलत? - प्रश्नहरुमा रुमल्लीएका थप प्रश्नहरु

म हिजोआज बिभिन्न प्रश्नहरुले घेरिएको छु । कहिलेकाँही मलाई आफ्नो भविष्यलाई नै प्रभावित पार्नेगरी अनपेक्षित प्रश्नहरुले घोच्छन् । कहिले परिवारका सदस्य तथा साथीभाईहरु प्रश्नहरुको झोला बोकेर मसँग आउँछन् । उनीहरुले सोध्ने कुनैकुनै प्रश्नले मलाई नराम्ररी चिथोर्छ । तर सबै प्रश्न नराम्रामात्र हुन्नन् । कुनैकुनै प्रश्नले भने मलाई आफ्नो लक्षमा पुग्ने बाटो खन्नलाई मजबुत बन्ने प्रेरणा पनि दिन्छन् ।

धेरैतीरबाट अनगिन्ती प्रश्न सुनेपछी, अनौठा अनौठा व्यवहार देखे भोगेपछी हिजोआज लाग्न थालेको छ साच्चिकै के सहि हो?  र के गलत हो ? सही र गलत कसले निर्धारण गर्छ? मनमा मडारिने यि केही प्रश्नको उत्तर कोसँग हुन्छ होला ?  थाहा छैन । अनेकौ घटना दिन प्रतिदिन हामीले भोग्दै अथवा सामना गर्दै आइरहेका हुन्छौ । तर ती घटनाहरुमा को पात्र सहि थियो र को गलत थियो भने न मसँग उत्तर छ न त कसैले मलाई उत्तर दिनसक्छ । यस्तो लाग्छ हामी सबैसँग प्रश्न छन् तर प्रश्नको सही र चित्तबुझ्दो उत्तर छैनन् ।

मलाई सताईरहने एउटा घटना सुनाउँदैछु । म एकहप्ता अघि दांग जिल्लाको तुलसीपुर गएकी थिएँ । दांग जानेबेलामा म अत्यन्तै उत्साहित थिएँ । म त्यहाँ मेरो साथीलाई भेट्न जाँदै थिएँ । हामी तीनहप्तापछी भेट्दै थियौ । तर मलाई तीन महिनापछी भेट हुदैछ जस्तो लागिरहेको थियो । मनमा उत्साह थियो । उ मेरी मिल्ने साथी थिई । त्यसैले मेरो मन नेपालगञ्जमा हुँदा पनि दांग पुगीसकेको हुन्थ्यो । छोटो बाटो पनि लामो लागिरहेको थियो ।

 दांगमा हाम्रो भेटपछी रमाईलो शुरु भैसकेको थियो । शनिबारको दिन साथीभाईको मस्ती । हामी दुबैजना सिनेमा मन पराउछौ । बजारमा बाहुबली २ को चर्चामात्र थियो । मैले त यस अघि नै बाहुबली २ हेरिसकेको थिएँ । तर साथीका लागि म त्यो दिन समेत गरेर तेश्रो पटक बाहुबली २ हेर्न तयार थिएँ । सिनेमा थियो पनि राम्रो ।

सबभन्दा रमाईलो त त्यतिबेला भयो की जब हामी बिष्णु सिनेमा हलमा छिर्यौ । हल हो की गोदाम छुट्याउन मुस्किल भयो । किनभने मैले यसअघि नेपालगञ्जमा धेरै सिनेमा सानदार हल र पर्दामा हेरेकी थिएँ । नेपालगञ्जमा QFX द्वारा सञ्चालित हल थियो । तर तुल्सीपुरको हल पुरानै प्रविधी र सजावटमा थियो । तर साथीसँगको भेटघाट बिशेष हुनलाई त्यस्ता कुराले महत्व राख्दा रहेछन् । हामी बिन्दास शैलीमा बाहुबली २ सिनेमामा डुब्यौ । तर बेलाबेला पर्दामा केही नदेखिँदा र नबुझिने बेलामा म साथीलाई सिनेमाको त्यो भाग बुझाउँथे जुन पर्दाकै कारणले बुझिदैनथ्यो । रपनि रमाईलोसँगै हाम्रो हाँसोको ग्राफ उकासिदो क्रममा थियो । तर मलाई हामीभन्दा पछाडिबाट भैरहेका गतिबिधीले बेलाबेला झस्काईरहेको थियो । पछँडिबाट कसैले मेरो सिट हल्लाईरहेको थियो । सिनेमा चलिरहेकै बेला हल्ला भैरहेको थियो । हल्लासँग केही अपाच्य हुनेगरी व्यवहार पनि भैरहेको थियो ।

हाम्रो सिटको वरिपरि कोहि थिएनन । तर हाम्रो सिटको पछाडी भने केटाहरुको समूह थियो । केटाहरुले जे गरिरहेका थिए त्यसले मलाई असहज बनाईरहेको थियो ।

‘हेर्न मलाई यहाँ त पानी पो पर्यो,’ । हलभित्र ध्यानपुर्वक सिनेमा हेरिरहेका बेला मेरो मुखबाट निस्केको कुराले साथी अचम्ममा परि । उसले भनि, ‘कहाँ बाट?’

मैले भने- ‘पछाडीबस्ने एउटा केटाले हात धोयो ।’

हामीले केही प्रतिकृया जनाएनौ उल्टो हाँस्यौमात्र ।

हाम्रो ध्यान फेरी बाहुबली २ मा नै केन्द्रित भयो ।  

बाहिर हाँसे पनि मेरो मन भने एकतमासले बेचैन थियो ।

फेरी एक छिनपछि मैले भने, ‘आज म यो हाल बाट बाहिर निस्कँदा त रातै हुन्छु होला ।’

साथीले सोधि ‘किन ?’

मैले भने- ‘पछाडी एउटा केटाले गुड़का / कमलापसंद / श्याम्बार खाएर थुक्कि र छ .’

फेरी हामीले आफ्नो ध्यान सिनेमातीर मोड्यौ ।

केटाहरुमध्ये एउटा केटाको व्यवहार तेतिमा रोकिएन । फेरि एक छिन् पछि त्यो केटाले कुल्ला गरेर मेरो अगाडी नै थुक्यो . किन कि हाम्रो अगाडी कोहि पनि बसेको थिएन र सिट खाली नै थियो . त्यो पानीको छिट्टा मलाई पर्यो र मैले साथीलाई फेरि सुनाए की  त्यस्तो भयो । साथीलाई खुबै रिस उठेछ । उ पछाडि फर्की र कराई ‘के तिमि आफ्नो घरको बाथरुममा बसेको छौ ? यहाँ तिमीले जे गरिरहेछौ त्यसले हामीलाई असहज भैरहेको छ । तिमीले कुल्ला गरेर थुकेको पानीको छिट्टा हामीलाई परिरहेको छ ।

मैले देखे त्यो केटाले थोरै पनि लज्जित महशुस गरेन । उल्टो भन्यो ‘अ बसेको छु के गर्छेस .’

फेरि साथीले भनिन – ‘तिम्रो सिनेमा हल हो यो?’

केटाको उत्तर उस्तै आयो – ‘हो मेरो हाल हो .’

अचम्म तेतिबेला लाग्यो यति हुँदा पनि त्यहाँ हलमा भएका कोही केही बोलेनन् । हामीलाई के भयो भनेर कसैले सोधेनन् । मानौ की ती केटाहरुलाई सार्वजनिक स्थलमा यो सब गर्ने छुट छ । हामी केटीहरुले उनीहरु जे गर्छन् सहनु पर्छ बोल्नु हुन्न । मलाई सिनेमामा ध्यान जानै सकेन । मनमा अनेकथरी प्रश्न वा बिचार मडारिन थाले । कतिबेला सिनेमा सकिएला झै भईरह्यो । आफु निरीह र कमजोर भएको महशुस समेत भयो ।

मलाई कमजोर बनाउने कारण थियो हामी दुबैजना नेपालगञ्जका थियौ । तुल्सीपुर हाम्रो ठाउँ थिएन । त्यहाँ हामीले बोलेको कुरा सुन्ने कोही थिएन । जब कुरा सुनिदैन भने बोलेर केही हुन्न उल्टो हामी नै दोषी देखिन्छौ । यस्तैयस्तै सोचाईले त्यो दिन त्यसपछीको समय सोचेजस्तो रमाईलो हुन सकेन ।

उता केटाको व्यवहार अलिकति पनि सुध्रिएन । त्यो केटाले फेरि पनि थुक्यो । पानी खाएर बोतल फल्यो ।उ संगैका साथीहरुले उसलाई केहि  सम्झाएनन .

अर्को दिन मैले यो घटना मैले नजिक ठानेका अरुहरुलाई पनि सुनाए । तर अचम्म के भयो भने उनीहरुले पनि  एकै आसयको उत्तर दिए की म र मेरी साथीलाई राम्री देखेर होला केटाहरु उत्साहित भएका रे । तर कुरा त्यस्तो थिएन । अध्याँरो हलमा ती केटाहरुले हामीलाई त्यसरी हेरेका थिएनन् की हामी राम्री थियौ । उनीहरु हामी पछाडि थिएँ । अनुरहार देख्ने कुरै थिएन । सिनेमा हलमा केटाहरुको व्यवहार । त्यही व्यवहारको बारेमा चिनेजानेकाहरुको अचम्मको प्रतिकृया ।

त्यसयता म निकै नै सोचमग्न छु । मेरो मनमा यस्ता प्रश्नहरुको लहर दौडिरहेको छ ।

  • त्यो केटाले बारम्बार बदमासी गरिरहँदा मैले किन केही बोलिन 'मैले किन केहि भन्न सकेन त्यो केटालाई ?
  • के म साच्चिकै डराएको थिएँ ?
  • के मैले पछि केही समस्या आउला की भनेर सबै कुरा सहेरै बसेको हो त ?
  • मैले बिरोध गर्न नसके पनि , के मैले मेरो साथीले गरिरहेको बिरोध रोक्नु उचित हुन्थ्यो?
  • अरुले यो  घटना सुनेर दिएको प्रतिक्रिया सहि हो त?
  • के साच्चिकै केटि भएर जन्म लिए पछि यि सबै कुरा को सामना चुपचाप सहनु ठिक हो?
  • के हामी केटि भएकै कारणले गर्दा केटाहरुको नजरमा हाम्रो इज्जत र सम्मान छैन?
  • के सबै घटनाहरुलाई हासेरै उडाउनु सहि हो त ?

 

के सहि, के गलत ? सब कुरा कागजका पानामा र भाषणमा मात्र सिमित छन् । अरु सबै त भन्ने कुरा न हुन् । यहाँ कर्ही पनि सहि छैन साथै केही पनि गलत छैन । लाग्छ यो चक्रर यसरि नै चलि रहन्छ । सहनेले सहिरहनुपर्छ । भोग्नेले पिडा लुकाउनु पर्छ । उदण्ड र छाडा हर्कत गर्नेहरु सधैभरी त्यसै गरिरहन्छन् । 

 

Views: 58

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service