ए सरकार ! कि दरबार देउ, कि तरबार...

हामीले धेरै पटक आवाज उठायौं, महिला हिंसा अन्त्य गरिनु पर्छ भनेर । हामीले एकातिरबाट आवाज उठायौं, अर्कोतिरबाट महिलामा प्रहार गरिन्छ । हामी वारी बसेर महिला हिंसा अन्त्य हुनुपर्छ भनेर आवाज उठाउछौं, पारी महिला माथि हिंसा गरिन्छ । हामी जव पारी पुग्छौं, वारी फेरि महिला माथि हिंसा गरिन्छ । न वारी हिंसा रोकियो न पारी । जस्ताको तस्तै छ हिंसा आजपनि । बिगत र वर्तमान तुलना गर्दा उस्तै देखिन्छ महिला हिंसा । तर सरकार भन्छ– महिलामाथि हुने हिंसा अन्त्यको लागि प्रयास जारी छ । कहिलेसम्म यस्तो भन्ने सरकार ?हिंसा गर्ने हिम्स्रकहरुले कानुनलाई आफू भन्दा पनि फितलो भएको महसुस गरेका छन् । उम्कनको लागि हरदम प्रयास जारी राख्छन् ।

मानिसले राम्रो कामको नक्कल भन्दा नराम्रो कामको नक्कल चाँडो गरेका छन ।न आफन्त, न पराई कोहीबाट पनि महिला सुरक्षित हुन सकेको छैन । महिलाहरुलाई सुख, शान्ति, आनन्द भन्ने त कता हो कता, एकादेशको कथा जस्तै बनेको छ । मेला, जात्रा, उत्सव, पर्व, रमाईलो, जहाँबाट पनि महिला शोषित हुनु परेको छ । मायाको मामिलामा पनि पुरुष नै अगाडी छन् । इच्छा नहुँदा नहुँदै पनि डरकै कारण भएपनि माया गर्छु भन्नु पर्ने रे ! माया गर्दिन भन्दा महिलाहरुले मर्नु पर्छ । मारिन्छ पनि । मायाको नाममा कलंक उब्जाएर पुरुष अगाडिबाट फुल दिएर पछाडिबाट छुरा रोप्छन् । महिला भएकै कारण अग्नि साछी राखेर बिवाह मन्डबबाट सिन्दुर रंगाएको भोली पल्ट नै केही पुरुष कपाल भुत्लाउन थाल्छन् । पुरुष खुलेआम जहाँ पनि जति बेला पनि जान सक्छ । तर महिलाले सोध्नु पर्छ । यदि नसोधि गइहाले पनि फर्कदा कुटाई खानुपर्छ । महिला भएकै कारण महिला र पुरुष बिचको यो असमान्तको खाडल कहिले सम्म ?

पुरुष जन्मदै हिम्स्रक भएर जन्मेका पनि होईनन् तर यो समाज, समुदाय, ब्यक्तिले, हुर्काउँदा हिम्स्रक बनाएको हो । त्यसैले पनि समुदाय परिबर्तको लागि ब्यक्ति परिबर्तन हुन आबश्यक छ । जबसम्म ब्यक्ति परिवर्तन हुन सक्दैन, तवसम्म समुदाय परिवर्तनको कल्पना नर्गदा पनि हुन्छ । सरकार ! यहाँ हिंसाको स्वरुप मात्र बदलिएको छ । अरु केही परिवर्तन आएको छैन । हिजो लछारपछार पारिन्थ्यो, कुटिन्थ्यो, आज जिउँदै जलाईन्छ । ढुङगाले कुच्याएर मारिन्छ । हिजोअस्ति घाईते हुने महिलाहरु आजभोलि मर्नु परेको छ । यसरी दिन प्रतिदिन हिंसाको स्वरुप बदलिरहेका छन् । अपराधीहरुलाई एकदुई लौरो हिर्काएर जेलमा राख्दैमा हिंसा अन्त्य हुदैन सरकार ? एउटा पिडित महिलाई समाजमा बांच्न सक्ने बाताबरण छैन । अपराधीलाई जेलमा खान, लाउन, बस्न दिइन्छ । पिडित महिलालाई कस्ले दिन्छ ? न समाजले, न समुदायले, न ब्यक्तिले, न घरपरिवारले ? कति पिडा छ महिलालाई । बास्तबिक्ता यहि हो ।

हाम्रो समाज कहालि लाग्दो छ । सरकार ! साँच्चै कति दिन सम्म रहला महिला माथि हुने हिंसा ? भन, के साँच्चै अन्त्य होला त महिला माथि हुने हिंसा ? भएको कानुन किन कार्यान्वयन भएन ? किन चुपचाप बस्छ सरकार ? महिला माथि हुने हिंसा अन्त्यको लागि प्रयास मात्र जारि राख्ने सरकार ! देश दिन प्रतिदिन दुर्घटनाको दलदलमा फसिरहेको छ । सरकार मौन बसिरहेको अवस्था छ । देश उपलब्धि बिहिन भएको छ । हिजो र आजमा के फरक छ ? सरकार फेरियो, बिचार फेरिएन । तै पनि भाषण गर्छन, आमुल परिबर्तन आयो देशमा ।

तिमी पुराना मान्छेको सोच पनि पुरानै भयो । तसर्थ सरकार ! नयॉ युवाहरुलाई देउ जिम्मेवारी, ब्यस्त बनाइ देउ । ती युवाहरु जसले नयाँ परिकल्पना गर्दै नया नेपालको खाका बनाउन तिमीलाई नै मद्धत गर्ने छन् । युवाहरु बढि फुर्सदमा छन् । त्यसैले पनि हत्या, हिंसा, बलात्कार, लुटपाट बढी भयो । सरकार ! अब तिमीहरुको बसेर खाने पालो । देश बाङ्गोटिङ्गो भयो । सायद आँखाको कमजोरी पनि होला । चस्माको पावर नपुगेको पनि हुन सक्छ । अब पालो युवाको, एक पटक जिम्मेबारी दिएर त हेर्नुस् ? सरकार !

सुरक्षा तिमीलाई नै गर्नु पर्छ । कसैले तिमीमाथि हातै हाल्यो भने पनि तिमीसंग कुस्ति खेल्ने तागत छैन । ति युवाहरुमा त जोस छ, जाँगर छ, उत्साह छ । आई लाग्दा जाई लाग्ने हिम्मत छ । सुरक्षा तिमीलाई नै चाहिएको छ । आफुमात्रै सुरक्षित बन्छौ र भन्छौ– सुरक्षा ब्यबस्था कडा पारिएको छ । के सुरक्षा तिमीलाई मात्रै चाहिन्छ ? कहाँ सुरक्षा ब्यबस्था कडा पारियो ? कुन मानिसले सुरक्षाको महसुस गर्न पाए ? यदि सुरक्षा ब्यबस्था कडा पारिएको भए तिमी बस्ने सहर मै किन अपराधिक क्रियाकलाप बढी हुन्छ ? तिमीले सोचेका छौ ?

महिला माथि भएको हिसा अन्त्यको लागी प्रयास जारी राख्दा राख्दै फुर्सद नपाएको हो या हिसा पिडित महिलालाई कसरी ब्यबस्थापन गर्न भनेर सोच्दा सोच्दै ब्यस्त भएर हो । भन सरकार ! यदी त्यसो हो भने त्यसको जिम्मेवारी हामी महिलाहरु आफै लिन्छौ । तर एउटा कुरा, हामीलाई त्यतिन्जेल सम्म बस्नको लागि दरबार देउ । यदि त्यो पनि सक्दैनौ भने हामी आफ्नो सुरक्षा आफै गर्छौ, तरबार देउ । तिमी सरकार ढुक्कले कानुन कार्यन्वयमा जोड देउ । त्यसपछि त हामी आफै दरबार खालि गरिदिन्छौ र तरबार बुझाउन तिम्रो अगाडि आउँछौ । ढुक्क होउ, हामी गलत काम कहिल्यै गर्ने छैैनौ ।

Views: 30

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Mutual Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service