क्याम्पसको स्तरबृद्धिको लागि महायज्ञबाट २ करोड बढी दान संकलन ।।

टेकराज भण्डारी, फागुन १९
अछाम जिल्ला सदरमुकाम मंगलसैनमा रहेको अछाम बहुमुखी क्याम्पसलाई स्तरबृद्धि गर्नको लागि आयोजित महायज्ञबाट २ करोड बढी रुपैँया संकलन भएको छ । क्याम्पसमा स्नातकोत्तर तह सम्म सञ्चालन तथा प्राविधिक शिक्षालय स्थापनाका लागि आयोजित महायज्ञले यसको पूर्वाधार विकास गर्ने सरोकारवालाले बताएका छन् ।

अछाम सदरमुकाम मंगलसैनमा यहि माघ २१ गतेवाट सुरु भएको अछाम शैक्षीक एवम धार्मीक महोत्सव एवम महाँयज्ञमा नगद १ करोड ३ लाख ९३ हजार १ सय ७५, जग्गादानबाट ९७ लाख ७७ हजार ५५ तथा सुनदानबाट २५ हजार १ सय ७१ रुपैँया संकलन भएको मूल आयोजक समितिका कोषाध्यक्ष रमेश रावलले जानकारी दिनुभयो ।
सामाजिक काम गर्न निकै समस्या हुने गरेको र विभिन्न चुनौतिका बाबजुद पनि महायज्ञ सफल भएको छ । केही गर्नको लागि राज्यको मुख ताक्ने प्रवृत्ति बढीरहेको बेला स्थानीयले आफ्नै पहलमा महायज्ञ गरी राम्रो आर्थिक संकलन गर्न सफल भएका हुन् । अछामका स्थानीय विकास अधिकारी तोयनारायण सुवेदी यो काम प्रशंशनीय भएको भन्दै यसबाट सिंगो अछाम जिल्ला लाभान्वित हुने र शिक्षामा आयाम थपिने बताउनु हुन्छ ।
महायज्ञमा स्थानीयले सकेको सहयोग तथा दान गरेका छन् । ५ लाख ११ हजार सम्म दान गरेका र धेरैले तुलादान गरेका आयोजकले जनाएको छ । आयोजकका अनुसार अझै केही कलश रसिद संकलन भैसकेका छनन् भने प्रतिबद्धता अनुसार रकम उठ्न समेत बाँकी रहेको छ । सबै रकम जम्मा भैसके पछि मुद्धति खातामा जम्मा गरी त्यसबाट आएको ब्याजबाट प्राविधिक शिक्षालय तथा स्नातकोत्तर तह संचालनका लागि काम गरिने मूल आयोजक समितिका संयोजक तथा क्याम्पस संचालक समितिका अध्यक्ष पदम बोहराको भनाई छ ।
अहिले प्रतिष्पर्धाको बेला रोजगारमूलक शिक्षाको अति नै जरुरी छ । हाल अछाम जिल्लामा स्नातकोत्तर सम्म अध्ययन अध्ययापन गराउने क्याम्पस छैनन् भने सदरमुकाममा प्राविधिक विषयको समेत अध्ययन छैन । क्याम्पस यसै बर्षदेखि सुदूरपश्चिमाअञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस समेत भएको छ भने महायज्ञले संकल्प गरेअनुसार काम भए यसबाट यस क्षेत्रका विद्यार्थीलाई ठुलो राहत पुग्ने देखिन्छ ।

Views: 10

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service