काइदाको र फाइदाको

कमलामाई नगरपालिका ७ पुलचोक नजिकै माइलीको चियापसल छ । चिया पसलमा मानिसहरु आवात जावत बाक्लै हुन्छ । अर्को रमाइलो कुरात के छ भने माइलीको चियापसलमा चियाखान आउनेहरुले जुनकुनै समसामयिक बिषयमा खुलेर छलफल बहस गर्छन् । कहिले काँहित चर्काचर्कीनै पर्छ । त्यसैले पनि माईलीको चिया पसलमा बाटो हिन्नेहरु पनि चियाखाने बाहाना आँउछन् । चियाखान आउनेहरुले के के कुरा गर्छन् सबैकुरा माइलीलाई थाहा हुन्छ ।

आजभोली माइलीको चियापसलमा स्थानीय निकायले सोवासुचारु गरेपछि के के सेवा अब कहाँबाट लिन पाईन्छ भन्ने बिषयमा कुराकानी हुदोरहेछ । अरुबेला माइलीले लामो समय सम्म एउटै बिषयमा यसरी चियापसलमा गफ गरेको सुनेकी थिइन । तर यो पटक भने एउटै बिषयमा दिनहुँजस्तै कुराकानी हुदा माइलीको ध्यानपनि त्यतैतिर केन्द्रित भएको छ ।

रेडियो सुन्ने समयनै छैन माइली संग रेडियो नसुनेपनि सबै सूचना माइलीलाई चियापसलमा आउने जानेहरुले गरेको गफबाट थाहा हुन्छ । स्थानीय निकायले सेवासुचारु गरेपछि ७ सय ४४ ओटा स्थानीयतह कायम भएको कुरा , नागरिकलाई दिने सेवालाई ब्यापक परिबर्तन गरिएको कुरा, स्थानीय निकायले सेवासुचारु गरेपछि ३७ किसिमको सेवा नगरपालिका र गाँउपालिकाको वडाबाट पाइनेकुरा अनि अब घरपरिवारको तथ्याङक ,मठमन्दिर, खालि चहुर, सामुदायिक बन ,अैलानी जग्गाको बिवरण संकलन गर्ने काम बडालेनै गर्ने र नाता प्रमाणित, नागरिकतालिन सिफारिस ,जन्मदर्ता ,बिवाह दर्ता, मिलापत्र गराउने सिफारिस पनि वडा कार्यलयले नै दिने कुरा पनि चियापसलमा भएको कुराकानी बाट थाहापाइन् । माइली आफुले जानेर सुनेको जानेर  कुरा अन्य महिलाहरुलाई पनि सुनाउछिन् । माइलीको यो आइडीया काइदाको र फाइदाको छ ।

Views: 12

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service