रेडक्रस सोसाईटी जनालीवण्डाली उपशाखाको अध्यक्षमा भण्डारी निर्वाचित ।।


टेकराज भण्डारी, अछाम चैत्र ६
नेपाल रेडक्रस सोसाईटी उपशाखा जनालीवण्डालीको सभापतिमा राजेश्वर भण्डारी निर्वाचित हुनुभएको छ । उपशाखाको अधिवेशनबाट भण्डारीको सभापतित्वमा १० सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । सहमति हुन नसकेपछि मतदानबाट छनौट भएको कार्यसमितिमा निर्वाचित सभापति भण्डारीले आफ्ना प्रतिष्पर्धि लालबहादुर बिष्टलाई १८ मत अन्तरले पछि पार्दै बिजयी हुनुभएको हो । भण्डारीले कुल खसेको ५५ मतमध्ये ३६ तथा बिष्टले १८ मत प्राप्त गर्नुभएको थियो ।

यस्तै सदस्यहरुमा नरपति भण्डारी, शान्ति शाही, नन्दाराम भण्डारी, कालुसिंह विक, टेकराज भण्डारी, तोरणप्रसाद भण्डारी, भावना विक र बेदराज भण्डारी निर्वाचित हुनुभएको छ । यस्तै निर्वमान अध्यक्ष भूमिराज जैशी पदेन सदस्य चयन हुनुभएको छ भने एक जना सदस्य कार्यसमितिको बैठकले मनोनित गर्ने नवनिर्वाचत अध्यक्ष राजेश्वर भण्डारीले बताउनु भयो । निर्वाचित कार्यसमितिका पदाधिकारीलाई मतदान अधिकृत तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका उपसभापति उदयराज जैसीले प्रमाणपत्र वितरण गर्दै सपथ खुवाउनु भएको थियो । मतदान अधिकृत जैसीले रेडक्रसको मानवीय भावना र सिद्धान्तलाई सबैले आत्मसाथ गर्दै अघि बढ्न सुझाव दिनुभयो ।

सो अवसरमा पूर्व सभाषद भैरे कामी, पूर्व गाविस अध्यक्ष प्रभुनाथ भण्डारी, नमबहादुर शाही, उपशाखा जनालीवण्डालीका संस्थापक सभापति मनिराज भण्डारी, उपशाखाको भवनका लागि जग्गा दान गर्नुभएका जग्गा दाता गजे जैसी लगायतको सहभागिता रहेको थियो ।

Views: 20

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service