नव गायक पवन भण्डारीकोे पहिलो डेउडा गीत मेरी मैनाको म्युजिक भिडियो सार्वजनिक ।।

टेकराज भण्डारी, अछाम बैशाख ३१


ए मेरी मैना हात पुग्दैन हगौसे नाई ए मैना फुल भन्दो पैरी ले
ए मेरी मैना दिनु सम्म धोका दियो ए मैना यै माया बैरीले

ए मेरी मैना मैकी सोत्तर हुन्या हो कि ए मैना खोली गाया जाल
ए मेरी मैना रिटाउन घुमाउन लागी ए मैना बैरी माया जाल

नब पवन भण्डारीकोे पहिलो डेउडा गित मेरी मैनाको म्युजिक भिडियो सार्वजनिक भएको छ । सुुदुुर पश्चिममा गाईने डेउडा गितमा लय शब्द तथा स्वर उनकै रहेको छ भने स्वरमा तमन्ना रेग्मी भण्डारी साथ दिएकी छन् ।
सुदुरश्चिमको कला संस्कतीलाई उजागर गरिएको उक्त गित को निर्देशन बिरेन्द्र सिहले गर्नु भएको छ भने भिडियोमा बिनोद बिसी, नविना बुढा र दिपक रिमालको अभिनय रहेको छ । कुसुम रेकर्डिङ स्टुडियो अत्तरियाबाट रेर्कड भएको माया प्रेममा आधारित उक्त गितलाई करिष्मा मल्टीमिडियाले बजारमा ल्याएको छ । गितमा सुदुरपश्चिमको कला सस्कृतीलाई हेर्न सकिन्छ ।
सानै उमेर देखि गायन क्षेत्रमा रुची राख्ने गायक अछाम जिल्ला मंगलसैन नगरपालीका वार्ड नं ६ तेसिंगेमा जन्मनु भएका भण्डारी सञ्चारकर्मी समेत हनु् । आफ्नो धेरै पहिला देखि नै यो क्षेत्रमा लाग्ने सोच भएपनी बिभिन्न कारण बस आफु ढिलै भए पनि यो क्षेत्रमा लागेको उनको भनाई छ ।
साथै उनले आफ्नो यो पहिलो गित बजारमा ल्याए पनि अरु लोक तथा दोहोरी गितहरु बजारमा आउने तयारी रहेकोे बताए ।

गीतको म्युजिक भिडियो तलको लिंकमार्फत सुन्न हेर्न सकिन्छ !

http://https://www.youtube.com/watch?v=cLStOEJ3tj0&t=49s

Views: 88

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service