२० बर्षपछि डाक्टर पाएको अछामको कमलबजार स्वास्थ्य केन्द्र डेढ महिनादेखि डाक्टरविहीन !

२० बर्षपछि डाक्टर पाएको कमलबजार प्राथमिक स्वास्थ्य केन्द्र १ बर्षपछि नै फेरी डाक्टर बिहिन भएको छ । ढेड महिना अघि सरकारले बिना विकल्प कार्यरत डाक्टर नवीनचन्द्र भट्टलाई सरुवा गरेपछि केन्द्र डाक्टर बिहिन भएको छ भने बिरामी सेवाबाट बञ्चित भएका छन् । अछामको कमलबजार प्राथमिक स्वास्थ्य केन्द्र १ महिनादेखि चिकित्सक बिहिन भएको छ । २०५२ सालमा स्थापना भएर एक बर्ष अघि मात्रै नियमिति चिकित्सक पाएको प्राथमिक स्वास्थ्य केन्द्र फेरी चिकित्सक बिहिन भएको हो । 

२०७२ साल माघ ८ गते डाक्टर नवीनचन्द्र भट्ट आएपछि केन्द्रमा विभिन्न समस्या भएका बिरामीले निकै राहत पाएका थिए । उनै डाक्टर नवीनचन्द्र भट्ट पुष महिनामा सरुवा भएर गएपछि अहिले स्थानीय निकै समस्यामा परेका छन् ।
डाक्टर भएपछि केन्द्रमा अन्तरंग बहिरंगका साथै पोष्टमार्टम, एचआईभी बिरामीका लागि औषधि, एक्सरे, गर्भवती महिलाका लागि भिडियो एक्सरे, सामान्य अप्रेशन, प्लाष्टर, बन्ध्याकरण लगायतका सेवा पाईरहेका स्थानीय अहिले यी सेवाबाट बञ्चित भएका केन्द्रका निमित्त प्रमुख टंक भण्डारी बताउछन् । यी सेवा लिन आउने बिरामी जिल्ला सदरमुकाम मंगलसैन, बयालपाटा, नेपालगञ्ज लगायतका ठाउँमा जान बाध्य भएका छन् । महंगो भाडा तिरेर बिरामीलाई बाहिर लिन बाध्य हुनुपरेको कमलबजार नगरपालिकाका सूचना अधिकृत भीम खतिवडाले बताउनु भयो ।
प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरको पदपूर्ति भएपछि जिल्लाको क्षेत्र नम्बर २ का २ दर्जन बढी गाविसका स्थानीयले सहज स्वास्थ्य सेवा लिईरहेका थिए । दुर्गम क्षेत्रमा बिशेषज्ञ डाक्टर नै नआउने, आएपनि केही हप्ता वा महिनामै सरुवा, काज वा अध्ययन बिदामा जाने गरेको अवस्थामा तत्कालिन डाक्टर भट्ट एक बर्ष बसेर सेवा दिएपछि स्थानीय निकै खुसी थिए ।


स्थानीय अगुवा ओमप्रकाश बिष्ट डाक्टर भएपछि स्थानीयले सेवा पाउँदा खुसी हुनुहुन्थ्यो । उहाँ लगायत त्यस क्षेत्रका स्थानीयको खुसी लामो समयसम्म रहन सकेन । प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरबाट सेवा पाउन थालेपछि बिरामीको संख्यामा समेत बृद्धि भैरहेको थियो । दैनिक १ सय देखि १ सय ५० सम्म बिरामी आउने गरेका थिए । हाल प्राथमिक स्वास्थ्य केन्द्रमा १३ जनाको दरबन्दी रहेको छ । तर डाक्टर सहति ५ जनाको पद अझैँ रिक्त छ । यसबाट पनि भनेजस्तो सेवा दिन नसकिएको बताईएको छ ।
साधन श्रोतको अभावले जानेको सीपको पूर्ण प्रयोग गर्न नसकेको स्वास्थ्यकर्मीको भनाई छ । जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख डाक्टर शरदचन्द्र बराल अहिले डाक्टर सरुवा भएर जानुभएको र अब केही हप्ताभित्रै नयाँ डाक्टर आउने बताउनु हुन्छ । अहिले आफु पनि काठमाण्डौ गएको र विभागमा गएर आफै कुरा गरी डाक्टरको लागि पहल गर्ने उहाँले बताउनु भयो ।

Views: 22

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service